संस्कृतिक बिचलन समृद्धिको स्थायी बन्ध्याकरण – संसार सेन पृथक
हरेक बिकास उन्मुख रास्ट्रको स्वतन्त्र दृष्टिकोण नहुदासम्म शान्ति बिकास र समृद्धिको परिकल्पना गर्नु अत्यन्तै मुर्खता हुन्छ – महात्मा गान्धी
बेलायत साम्राज्यको विरुद्धमा गान्धीले यति मात्र भनेर सिङ्गो भारतलार्ई एकताबद्ध बनाएर स्वतन्त्र भारत आन्दोलन सफल पार्नुभएको इतिहास नजिकै छ दुर्भाग्य हाम्रोजस्तो स्वतन्त्र राष्ट्र जहाँ झन्डै साडे एकसय बर्षदेखि राजनीति अस्थिरता र गरिबीको चरम पीडा खेपिरहेको छ राजनीति स्थिरता स्थायी शान्ति र बिकासको लागि ठूलठूला संघर्स क्रान्ति युद्धको भीमकाय छिचोल्दै यो अबस्थामा आएको छ । बर्तमान यो परिप्रेक्षमा दक्षिण एशियाली मुलुकमा एउटा कम्युनिस्ट सरकार त्यो पनि दुई तिहाइ बहुमत भनियो, जसले दुई भिन्न दृष्टिकोण राख्ने बामपन्थीहरुको एकता र चुनावी घोषणापत्रमा जनताको वास्तविक समस्यालार्ई उजागर गरेर एमाले र माकेलाई सत्तामा पठाएको दिनदेखि राष्ट्र समृद्धि समाजवाद शान्तिको दिशामा अगाडि बढ्ने कोरा डाइनामिक सपनाहरू बाँडियो । ब्याप्त भ्रष्टाचार नियन्त्रण घुसखोर, तस्करलगायतको समस्या हल गर्ने कुरा स्पष्टताका साथ चुनावी प्रचारप्रसारमा बाँडियो ।
कम्युनिस्ट सिद्धान्त र वर्तमान सरकार
उत्पीडित बर्ग, जाति, समुदाय, मजदुर, किसान, मध्यम किसान, राष्ट्रिय उद्योग, कलकारखाना र राष्ट्रिय श्रोत साधनको उपयोग नगरी मनोगत दलाल पुँजीको आयात र प्रयोगलार्ई प्राथमिकता दिने कम्युनिस्ट पार्टी हुनै सक्तैन । त्यसैको सिकार वर्तमान कथित नेकपाको सरकार सिकार भएको छ । वर्तमान सरकारले ल्याउने हरेक योजना अन्तर्राष्ट्रिय एनजिओको आन्तरिक दबाबमा आएको कसैलार्ई पनि अनविज्ञता छैन । वर्तमान चरम संकट, आर्थिक मन्दी, ब्याप्त भ्रष्टाचार, कालोबजारी यी सबै पश्चिमा साम्राज्यवादको गुरुयोजनामा संचालित तथा निर्मित संविधाननै प्रमुख दोषी देखिन्छ । दुई तिहाइको फुस्रो आडम्बरी र बेलाबखत अभिब्यक्त हुने कुस्तीबाजी बिभ्रमले नेकपाको सरकार ७५५ जनसमुदायबाट तिरस्कृत हुन थालेको छ । बिकास समृद्धि र समाज कल्याणका हरेक समस्याको थोरै ब्याज मनमोहन अधिकारीको नौ महिने कार्यकालको भजनी डाइजिन थियोे । त्यो पनि वर्तमान सरकारले आफ्नो ब्यापारी बजार बन्द गराएको छ । अबको कार्यदिशा सम्भाब्य द्वन्द्वको समाधान र राजनीति स्थायित्वको प्रखर चुनौती हो । बोलेर प्रतिबेदन पत्रमा लेखेर समृद्धि हुने कुरा होइन । स्थानीय स्तरदेखि केन्द्रिय स्तरमा भएको ब्यापारीकरण भ्रष्टाचार नातावाद र परिबारवादी चिन्तन र सोचाइबाट माथि उठ्न सक्ने हुनुपर्छ अनि मात्र राष्ट्र समृद्धि र बिकासको बाटोमा हिँड्न् सक्ने सम्भावना रहन्छ । वर्तमान सरकारले कम्युनिस्ट सिद्धान्त माक्र्सवादी आर्थिक उत्पादन प्रणाली बैज्ञानिक समाज संचालनको परिपाटीको इतिहासमै बिश्वब्यापी बदनाम र धज्जी उडाउने काम भएको छ ।
वास्तविक समृद्धिको सम्भावना र सरकार
हाम्रोजस्तो अर्धसामन्ती तथा अर्धउपनिवेश मुलुकमा स्वतन्त्र र बैज्ञानिक सरकार निर्माण हुन नसक्नु अत्यन्तै दुर्भाग्यपूर्ण समस्या हो । २०४६ सालदेखि पछाडि फर्केर अध्ययन गर्ने हो भने टुक्रे सामन्ती उत्पादन प्रणालीलार्ई बैज्ञानिक तथा आधुनिक उत्पादन प्रणालीअनुसार अगाडि नबढाउनुनै त्यो समयदेखि हालसम्मका सरकार र सासकको परिणाम मुखुण्डो स्पष्टताका साथ देखिएको छ । प्रत्येक दिन हजारौंको संख्यामा देशको श्रमशक्ति बिदेश पलायन हुने समस्या यथावत छ । देशमा लाखौं बिघा उर्वर जमिन बाँझो छ उत्पादन गरेका नेपाली उपभोग्य बस्तुले बजार भाउ पाउन सकेको छैन । दुखदर पक्ष त के छ भने छिमेकी भारतबाट करोडौंको मूल्यमा दैनिक उपभोग्य बस्तुहरु भित्र्याउने भारतीय ब्यापारीबाट सरकारले कमिसन खाने अनि नेपाली किसान उद्योग ब्यापारीहरुको नेपालमा उत्पादित बस्तुभाउलाई बजारमा म्याद सकिँदासम्म थन्क्याएर इच्छाशक्तिमा निराशा पैदा गराउने काम सरकारले गरेको छ । यसलाई न्यूनीकरण र निरुत्साहित गरेर झन्डै ७० लाख बिदेसियका युवायुवतीहरुलाई स्वदेशमा उत्पादन मुलुक रोजगारी दिनसक्ने हो भने नेपाल एउटा स्वाभिमान र समृद्ध राष्ट्रको नामले चिनिन सक्छ । यतिबेला हाम्रा राजनीति दलहरूले भन्ने गरेका सिङ्गापुर सुइजरल्यान्ड उन्मुख समृद्धि नभएर ब्यबहारिक पक्षलाई केलाउने हो भने ताइबान बनाउनेतर्फ उन्मुख देखिन्छन् । उत्पादनका साधन उत्पदक शक्ति राष्ट्रिय पुँजी र श्रमलार्ई आधुनिक तथा बैज्ञानिक नगरी समृद्धिको कल्पना गर्नु बालुवा पेलेर तेलको आश गर्नु मात्र हुनेछ । कुनै पनि राजनीति दलले आफ्नो राजनीति सिद्धान्त राष्ट्रिय स्वाधीनता र आत्मनिर्भर आर्थिक उत्पादनको सिद्धान्त अनुसार आम श्रमजीवि मजदुर किसान र प्राकृतिक श्रोत साधनलार्ई केन्द्रमा नराखी अन्तर्राष्ट्रिय राजनीतिको प्रभाव र आफ्नो पेशेवर पार्टी कार्यकर्तालार्ई ध्यानमा राखेर बनाइएको प्रतिबेदनले शान्ति समृद्धि होइन । राजनीति अस्थिरता र थप बेरोजगारी उत्पादन बढेर आउँछ । जुन बाटोमा वर्तमान सरकारले आफ्नो चुनावी घोषणा पत्रको धज्जी उडाउने काम गरेको छ ।
के हो धर्मनिरपेक्षता र कस्तो हुन्छ सरकार ?
पहिलोकुरा धर्मनिरपेक्षता शब्दको उत्पत्ति त्यसको प्रयोग कहाँबाट भएको हो ? भन्नेमा स्पष्ट बुझ्न जरुरी हुन्छ फ्रान्सेली राज्य क्रान्तिपछि यस्को सेकुरालिजम शब्दमा उत्पदन भएको पाइन्छ । यसको शाब्दिक अर्थ राज्य र धर्म अलगअलग भन्ने मात्रै नभएर समाज र धर्मको सम्बन्ध अलग भन्ने बुझाउँछ । पश्चिमी मुलुकमा यस्लाई सेकुरालिजम राज्य समाज र धर्मको रिलेजन अलगअलग भन्ने जबर्जस्त स्थापित गराइएको छ । इसाई सोसाइटी अनुसार २००८ भन्दा अगाडि पुरुषहरूको इसाइ कम्युनिटी र महिलाहरूको इसाइ कम्युनिटी भनेर पारिबारिक इलेजन र सामाजिक रिलेजनअनुसार चर्च निर्माण र प्राथाना गर्ने गराउने पाइन्छ २०१५ पछि जर्मनीमा महिला–पुरुष इसाइ कम्युनिटी भनेर सामाजिक तथा परिवारिक रिलेजनमा समेतलार्ई अनैतिकता तिर अथ्र्याउन कोरियाली फादरमोनको सिद्धान्त प्रतिस्पर्धा गराउन लागिएको छ । यो हेर्दा इसाई समुदाय तथा नैतिकबान आस्तिक तथा नास्तिक दुबै समुदायका लागि धर्मनिरपेक्षता बेकुफ सिद्धाान्त हो भन्ने देखिन्छ । खासगरी धर्मनिरक्षेताको शब्दको परिमार्जन गरेर धर्म स्वतन्त्र राष्ट्र राख्दा सबै समुदायको मनोभावना समेटिएको हुन्छ धर्मनिरक्षेता “सेकुरालिजम“ को प्रयोगले प्रोटेक इसाई इस्लाम हिन्दु बौद्ध किरात सबैको सामाजिक तथा परिवारिक रिलेजनमा नैतिकताबिहीन बनाउँदै सभ्य सभ्यताको स्खलन गराउनेछ ।
खासगरी युरोपेली तथा अमेरिकी मुलुकहरूले धार्मिक साम्राज्य फैलाउन इसाई अतिक्रमण गर्न सम्बन्धित राष्ट्रको सभ्यता नस्ट गर्ने सिद्धान्त अपनाउन लागेको देखिन्छ । आफ्नो भूराजनीति स्वार्थसिद्ध गर्न यो अबस्थामा नेपालमा पहिलोपटक हिन्दु तथा बौद्ध सभ्यताको निस्तेज गराउन खोजिरहेको देखिन्छन् । सोहीअनुसार भर्खरै भएको एसिया प्यासिफिक पिस फेड्रेसनले नेपाल सरकारलार्ई नैतिकपतन मात्रै गराएको छैन । नेपाली सभ्यतामाथि ठाडो प्रहार गराएको छ । कम्युनिस्ट सिद्धान्त तथा माक्र्सवादी चिन्तन माथि युरोपेली साम्राज्यवादको चलखेल बढ्दो देखिन्छ । किनकि पश्चिम् राष्ट्रहरुलाई कम्युनिस्ट सिद्धान्त च्युत गराउनु छ । वर्तमान केही चाटुकरहरुलाई प्रयोगमा ल्याएर आफ्नो खेलोफड्को गर्ने ठाउँ फराकिलो बनाउनेतर्फ थियोे । जसको बैशाखी नेपाल सरकार बनेको देखिन्छ । वर्तमान सत्तासीन नेकपा र उसको सरकार बैचारिक तथा संस्कृतिक रूपमा गम्भीर बिचलित देखिन्छ । जस्तो प्रतिफल नेपालमा दुईवटा गम्भीर अति देखिन्छन् । एउटा राजतन्त्रको पुनरावृत्ति अर्को धर्मसापेक्ष राष्ट्र हेर्दा सजिलो देखिए पनि सामाजिक रूपमा उत्पादित इमोसनल चिन्तनको ब्यबस्थापन गर्न वर्तमान सरकार राजनीति पार्टीहरु असफल देखिन्छन् । वर्तमान सरकारको संस्कृतिक बिचलनको कारण नेपाल राजनीति अस्थिरता मात्र नभई समृद्धि बिकास शान्ति समाजवादको थाइ बन्ध्याकरण भएको छ । राजनीति तथा सामाजिक अस्थिरता बढेर जानुको मुख्य कारण सरकारले सामाजिक तथा धार्मिक रूपमा युरोपेली सोसाइटीको तालुक बनेको प्रमाणित गरेको छ । धार्मिक स्वतन्त्र राष्ट्रमा सम्बन्धित देशको प्रमुख जान पाउँछ । तर, धर्मनिरक्षेता जस्तो मुलुकमा कुनै पनि धर्मको पार्टी प्यालेजम जानु भनेको अर्को समुदाय तथा धर्मको उपेक्षा र सम्बन्धित धर्मको चेला वा गुरु संरक्षक तथा प्रचारक भन्ने बुझाउँछ ।