कार्यदिशाको वहस र हाम्रो कार्यभार – विनोद दाहाल
नयाँ जनवादी क्रान्ति कि एकीकृत जनक्रान्ति ? कि, समाजवादी क्रान्ति ? अहिले यो बिषय बहसमा छ । देशमा पुँजी निर्माणको अवस्था के छ ? र, देशमा कुन र कस्तो वर्गको राज्यसत्ता छ ? यही आधारमा सर्वहारा वर्गले क्रान्तिको कार्यदिशा तय गर्ने गर्दछ । सर्वहारा वर्गले नीति कार्यक्रम र योजना अघि सारेर आफ्नो बिचार तथा राजनीतिलाई अघि सार्ने गर्दछ । यही आधारमा रणनीति तथा कार्यनीति अघि सार्ने गर्दछ । त्यही नै जनक्रान्तिको कार्यदिशा हुने गर्दछ । यसको राष्ट्रिय र अन्तराष्ट्रिय आयाम हुने गर्दछ ।
हामी अहिले नेपालको माओवादी आन्दोलनको पुर्नगठनसँग सम्बन्धित छौं । निश्चित रुपमा फेरि पनि जनक्रान्तिको कार्यभार पुरा गर्नको लागि नीति, योजना र कार्यक्रम आवश्यक छ । १० वर्षको जनयुद्धको प्रयोगपछि हाम्रो कार्यदिशा थप विकास गर्नु आवश्यक छ । कार्यदिशाबिना क्रान्ति सम्भव हुँदैन, त्यसमा पनि सहि कार्यदिशाको आवश्यकता पर्दछ । क्रान्ति सफल हुनको लागि तयार पारेको कार्यदिशा कुन हो र त्यो सहि हो कि हैन भन्ने बिषयमा कम्युनिस्ट आन्दोलनमा भयङ्कर बहस हुने गरेको छ । अहिले नेपालमा रहेका कम्युनिस्ट पार्टीहरुले गर्न खोजेको क्रान्ति के के छन्् र ती सहि वा गलत के छन्् ? यस बिषयमा प्रकाश पार्नु अहिलेको ज्वलन्त आवश्यकता हो ।
सामन्ती, दलाल र नोकरशाहाको नेतृत्वमा रहेको प्रतिक्रियावादी राज्यसत्ता भएको मुलुकमा नयाँ जनवादी क्रान्तिको चरण पार गरेर मात्र समाजवाद निर्माण हुने नीति माओको नेतृत्वमा चीनले प्रयोग गरेर पुष्टि गरेका थिए । यो नै नयाँ जनवादी क्रान्तिको कार्यदिशा हो । यसरि तेश्रो विश्वका मुलुकहरुले त्यही नीतिमा दृढ रहेर देशलाई स्वाधिन बनाउन सक्ने, जनवादी राज्यव्यवस्था लागु गर्न सक्ने र जनतालाई नेतृत्व गर्दै सबै खालका समस्याहरुबाट मुक्त गर्न सकिने कार्यदिशाको विकास भयो । यही नीतिको माध्यमबाट विश्व साम्राज्यवाद ढल्ने र विश्वव्यापी रुपमा नै समाजवादले विजय पाउने नयाँ जनवादी क्रान्तिको मूल नीति बन्यो । अहिलेको विश्व यही नीतिको चरणमा छ । कम्युनिस्टले यसलाई माक्र्सवादको तेश्रो चरण अर्थात मालेमावादी युगको चरण भन्ने गरेका छन्् ।
कमरेड पुष्पलालले नयाँ जनवादी क्रान्तिको नीति र कार्यक्रमअघि सारेको सबैसामु बिधितै छ । सामन्ती, दलाल र नौकरशाही प्रतिक्रियावादी राज्यसत्ताको चरित्र भएको देशमा क्रान्तिको कार्यदिशा यही नै हुने घोषणा भएको थियो । प्रतिक्रियावादी राज्यमा नेतृत्व कसको नेतृत्वमा छ भन्ने कुराले क्रान्तिको कार्यनीतिक पक्षलाई आकर्षण गर्दछ । प्रतिक्रियावादी राज्यसत्ताको नेतृत्व सामन्तवाद र मुख्यतः राजाले गरेको स्थितिमा सर्वहारा वर्गको नेतृत्वमा राष्ट्रिय पुँजीपति वर्गसमेतलाई सामन्त, दलाल र नौकरशाही वर्गसँग छुट्याएर एक्ल्याउने कार्यनीति अघि सारिएको थियो । अहिले पनि राज्यको चरित्र उही नै छ तर नेतृत्वमा फेरबदल आएको छ । अहिले दलाल प्रतिक्रियावादी राज्यसत्ताको नेतृत्व दलाल पुँजीवादले गरेको छ र सामन्त तथा नौकरशाही वर्गसमेतको राज्य सत्ता छ । अवश्य पनि अहिले राज्यको चरित्रमा केही फेरबदल आएको छ । सामन्तवादी चरित्रहरु पृष्टभागमा धकेलिएका छन्, नौकरशाही चरित्र जस्ताको तस्तै छ भने दलाल पुँजीवादले सबै क्षेत्रमा अग्रता लिएको छ । यसले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हरेक क्षेत्रमा मात्रात्मक सन्तुलनमा फेरबदल ल्याएको छ । राष्ट्रियताको पक्ष खस्किएको अवस्था छ, आर्थिक क्षेत्र डामाडोल र अस्तव्यस्त हुन पुगेको छ अर्थात पुरैजसो परनिर्भरतामा पुगेको छ र सांस्कृतिक क्षेत्रमा विश्रृखलता बढेको छ । यो हुँदाहुँदै पनि क्रान्तिको कार्यदिशा बदलिएको छैन । अहिले पनि नयाँ जनवादी क्रान्तिको चरण पुरा नगरी समाजवादमा पुग्न सकिने कुनै आधार छैन । अहिले पनि क्रान्तिको न्युनतम् कार्यक्रम नयाँ जनवाद नै हो, यही नै सहि कार्यदिशा हो ।
सर्वहारा वर्गको नेतृत्वमा पुँजी निर्माण गर्ने चरण नयाँ जनवादी चरण हो । दलाल, नोकरशाही तथा सामन्ती वर्गको राज्यमा पुँजी निर्माण भएको हुँदैन । जति पनि पुँजी हुन्छ त्यो साम्राज्यवादी तथा विस्तारवादीको नियन्त्रण रहेको हुन्छ । पुँजीको चलायमान चरित्रको विकासले गर्दा सर्वहारा वर्गले वर्गसंघर्षमार्फत् राज्यको नेतृत्व पाए पनि पुँजी प्राप्त गर्न सक्दैन । पुँजीबिना नै समाजवाद सम्भव हुँदैन । अहिलेको समयमा जसले एकैसाथ समाजवादमा जाने क्रान्तिको कुरा गर्छन् कि त ती अज्ञानी हुन् कि त अवशरवादी हुन् । वर्गसंघर्षले निर्णायक मोड नलिएको यो समयमा आम रुपमा जनतालाई यीनै अज्ञानी तथा अवशरवादी भीडले अल्मल्याएका हुन्छन्् । अहिले यहाँ यही भएको छ । समाजवादको मीठो नारामा अवशरवादीले जनतालाई अलमल्याउँदै संसदमा पु¥याउने गरेका छन्् । सचेत सर्वहारा वर्गका जनप्रतिनिधिले अवशरवादीको यो चाललाई बेलैमा परास्त गर्नसक्नु पर्दछ ।
विज्ञान–प्रबिधि र आमसञ्चारमा भएको विकासले फड्को मारेको जुन अवस्थाको व्याख्या गरिंदै छ र नयाँ जनवादी क्रान्तिको चरणको पार भएको जुन घोषणा गरिएका छन्् । तिनीहरुले आजसम्म सर्वहारा तथा शोषितपिडित श्रमजीवि जनताको मुक्त गरेको उदाहरण अझै बन्न सकेको छैन । अहिले हुँदै गरेको विकासलाई भँडुवा विकास हो भनेर बुझ्नु जरुरी छ । भँडुवा विकासले वर्गीय असन्तुलन र पुँजीपति वर्गको केन्द्रीकरण गरिरहेको हुन्छ । सर्वहारा वर्गलाई टुटाउने, फुटाउने र बिकेन्द्रित गर्ने नीति साम्राज्यवादले अघि सारेको छ । त्यसलाई उत्तरआधुनिकतावादमा संकेन्द्रित गरिएको अवस्था छ । यसले उत्तर साम्राज्यवादी युगको घोषणा गरको छ र अर्को पाटोबाट उत्तरमाक्र्सवादको वकालत गरिरहेको छ । नयाँजनवादी क्रान्तिबाट सर्वहारा तथा श्रमजिवी जनतालाई बिमुख गराउने ठुल्ठूला षड्यन्त्र र तानावाना बुनिरहेको छ । क्रान्तिको कार्यदिशा तय गर्दा यो बिषयलाई बिशेष ध्यान दिएर अघि बढ्नुपर्छ ।
बरु अहिले विश्व साम्राज्यवाद आतङ्कित छ भने नयाँ जनवादी क्रान्तिसँगै छ । नयाँ जनवादी क्रान्तिसँग विजय पाउने नीतिगत रुपमा अहिलेसम्म कुनै हतियार साम्राज्यवादले प्राप्त गरेको छैन । अहिले माओवादीले मात्र नयाँ जनवादी कार्यदिशामा हिंड्ने नीति लिएका छन्् । कम्युनिस्टहरुले जनयुद्धको बाटोबाट अघि बढ्नु नै सहि हुन्छ । कम्युनिस्टहरुलाई जनयद्धबाट बिमुख गराउने वर्गवैरि र अवशरवादी नै हुन्छन्् । सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद, एकाधिकारी पुँजीवाद, दलाल तथा नौकरशाही पुँजीवादले नीतिगत रुपमा नयाँ जनवादलाई अहिलेसम्म पराजय गर्न सकेको छैन । र, जनयुद्धमा हिंड्नुबाहेक अर्को बिकल्प प्रतिक्रियावादी वर्गले दिएको पनि छैन । विश्व प्रतिक्रियावादी सत्ताले अहिले पनि आफ्नो लुटको स्वर्ग ध्वंश पार्ने तागत नयाँ जनवादी क्रान्तिमा नै छ भन्ने साम्राज्वादले प्रतिनीति अघि सारेको छ र जनयुद्धको बिरुद्ध छलछाम र षड्यन्त्रबाहेक अर्को कुनै नीति देखिएको छैन । त्यसैले अहिले पनि भन्न सकिन्छ कि जनक्रान्तिको सहि कार्यदिशा नयाँ जनवादी क्रान्ति नै हो ।
हामी सबैले भोगेको १० वर्षको महान् जनयुद्धले प्रतिक्रियावादी राज्यसत्ता ध्वंश गरेर नयाँ जनवादी राज्यव्यवस्था स्थापना गरौं भन्ने मुल नारा अघि सारेको थियो । ४० बुँदे मागमा आधारित भएर यो नारा अघि सारिएको थियो । ती माग बोकेको यो नारा प्रतिक्रियावादी राज्यले सुन्नै चाहेन, बरु राज्यसत्ताको दुरुपयोग गर्दै पुँजीवादी अधिनायकवाद लाद्यो र दमन शुरु ग¥यो । सहि अर्थमा यो नै वर्ग संघर्ष हो, बिपरित वर्गहरु संझौतामा आउनै सकेनन् । यो नयाँ जनवादी क्रान्ति नै जनक्रान्तिको सहि कार्यदिशा हो । सहि बैचारिक तथा राजनीतिक कार्यदिशाले सर्वहारा वर्गको बिरोधि वर्गलाई अप्ठ्यारोमा पार्छ, संझौता गर्दा पनि सकिने नगर्दा पनि सकिने स्थितिमा पु¥याउछ र आफ्नो वर्गलाई सत्तसिन गराउछ । वर्ग दुस्मनसँग संझौतामा पुग्न सकिने नीति अघिसार्ने कार्य अवशरवादीले गर्दछन्, जस्तो गोलमेच सम्मेलन । यो नीति सर्वहारा वर्गबाहेक अन्यले गर्ने गरेका बिद्रोहहरुमा विश्वभरि प्रयोगमा आइरहेको नीति हो । यसलाई के न नयाँ र मौलिक झैं गरि तत्कालिन माओवादीका नेतृत्व तहबाट नै अघि सारियो । नयाँ जनवादी क्रान्तिमा यही बिन्दुबाट संङ्कट आएको देखिन्छ । नयाँ जनवादी क्रान्तिको कार्यदिशा यही बिन्दुबाट भत्किन शुरु गरेको थियो । तिनै अवशरवादी नेतृत्वले पार्टीमा नेतृत्व हत्याइरहन सफल भएकै कारण त्यसपछि सहि बैचारिक तथा राजनीतिक कार्यदिशाले नयाँ जनवादी क्रान्तिले सहि दिशा लिन सकेन र दक्षिणपन्थी ओरालो लाग्दै गयो । अहिले नयाँ जनवादी क्रान्ति रक्षात्मक स्थितिमा पुग्नुको मुला कारण यही नै हो ।
संसारभरका सर्वहारा, श्रमजिवी र मुक्तिकामी जनताले वर्ग संघर्षमार्फत् साम्यवाद आउन सक्ने घोषणासँगै नयाँ युगको शुरुवात भएको छ । माक्र्स र एङ्गेल्सले सन् १८४८ मा कम्युनिस्ट घोषणपत्र मार्फत यो युगको घोषणा गरेका थिए । यही नै माक्र्सवादको आधार हो । यही आधारमा जनताले वर्गीय मुक्ति, श्रमको सत्ता र मुक्त एवम् स्वाधिन जनता हुन पाउने आशा गरेका छन्् । र, सर्वहारा वर्गले त्यसको नेतृत्व लिन पाएको छ । करिब पौने २ सय वर्षको यो अबधिमा यो मुक्ति संघर्षले संसारभर नै ठूलो उथलपुथल ल्याएको छ । यो बिचारले प्रयोगात्मक बिधिद्वारा आफूलाई पनि विकसित गर्दै लगेको छ । हामी अहिले यो विकासको तेश्रो चरणमा छौं । हामी अहिले तेश्रो विश्वका देशहरुमा नयाँ जनवाद स्थापना गर्दै समाजवादी विश्व निर्माण गरि पुँजीवाद तथा साम्राज्यवादी देशहरुका सत्तासमेत ढालेर समाजवादी विश्वलाई समृद्ध बनाउन सकिने युगमा छौं । तेश्रो विश्वका देशहरुले मुक्ति र स्वाधिनता खोज्नासाथ आउने संकटबाट पुँजीवाद तथा साम्राज्यवादी देशहरुका सत्ता टिक्न सक्ने छैनन् । यो तेश्रो चरणमा रहेको मालेमावादले नयाँ जनवादी क्रान्तिमार्फत विश्वभर वैज्ञानिक समाजवाद स्थापना हुने घोषणा गरेको छ ।
अहिले माओका योगदानलाई सर्वभौम मान्ने कि चीनीयाँ जनक्रान्तिको सन्दर्भमा मात्र लिने भन्ने महान वहस भयो । बिभिन्न देशका क्रान्तिकारी पार्टीहरुले गठन गरिएको (रिम) मार्फत माओवादको रुपमा संश्लेषण गर्नपुगे । त्यसपछि पेरुमा गोञ्जालोको नेतृत्वमा जनयुद्ध भयो । राज्यसत्ताबाहेक अरु भ्रम हो र सेना नभएको जनतासँग आफ्नो भन्ने केही हुँदैन आदि प्रस्थापनामार्फत् वर्गसंघर्षलाई जनयुद्धको रुपमा संश्लेषण गरिएको छ । सामन्ती, दलाल र नोकरशाही प्रतिक्रियावादी राज्यमा जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर नयाँ जनवादी राज्यव्यवस्था स्थापना गरेर देशलाई स्वाधिन बनाई श्रमजिवी जनताको मुक्त समाजको आधार खडा हुने र साम्राज्यवादको आधार भत्किने घोषणा गरिएको छ । त्यसैले नयाँ जनवादी क्रान्ति नै सर्वहारा, श्रमजिवी र मुक्तिकामी जनताको मुक्तिको निबिकल्प आधार हो भन्न सकिन्छ ।
अहिलेको हाम्रो कार्यभार भनेको सहि कार्यदिशामा आधारित कम्युनिस्ट पार्टी निर्माण गर्नु हो । विद्यमान अवस्थामा रहेका कुनै पनि कम्युनिस्ट पार्टीले नयाँ जनवादी क्रान्तिको कार्यभारलाई पुरा गर्न सक्दैनन् । कुनै पनि कम्युनिस्ट पार्टीले लेनिनवादी सदस्यता वितरण, संगठनात्मक पद्दति र माओवादी दर्शनलाई आत्मसात गरेका छैनन् । क्रान्ति सम्पन्न गर्न, टिकाउन र विकासको अर्को चरणमा पु¥याउन उपरोक्त बिचार र राजनीति, सदस्यता र संगठनात्मक पद्दति आवश्यक हुन्छ । विद्यमान अवस्थाका कम्युनिस्ट पार्टीहरुका नेतृत्व नै कम्युनिस्ट सदस्यताको लागि अयोग्य देखिएका छन्् । घटना बिशेषले नेतृत्वमा पुग्ने र नीजि स्वार्थ पुरा गर्नेबाहेक यी नेतृत्वबाट कुनै परिणाम आउने छैन । अहिलेसम्मको परिणाम पनि यही नै हो । त्यसैले नयाँ जनवादी क्रान्तिको कार्यदिशाबाहेक अन्यत्रबाट सर्वहारा श्रमजिवी जनतालाई बिमुख पार्नु भ्रमसिवाय केही हुने छैन भन्न सकिन्छ