शासकहरुको साझा चरित्र “फुटाऊ र राज गर” – जनक शाह

२०७५ माघ २८ गते, सोमबार

नेपालमा लामो र छोटो अवधि चलेका शासन व्यवस्थाको चरित्रको चर्चा गर्नुपर्दा चाहे त्यो राणाशासन, चाहे पञ्चायती शासन, चाहे वहुदलीय शासन चाहे अहिलेको वहालवाला लोकतान्त्रिक गणतन्त्र होस् यी सबै खाले शासन सत्ताका शासकहरुले चरित्रमा फेरवदल कहिल्यै आएन । त्यो साझा चरित्र हो “फुटाऊ र राज गर” । त्यो हिजोका शासकहरुमा कायम छ । संसदवादी राजनीतिक पार्टीहरु अनेका जुका, उडुस, जुम्रा, उपिया लामखुट्टे परजीवि हुन ती परजीविभन्दा एकरति फरक छैन एमाले, का“ग्रेस आके, फोरम, राजपा, नया“शक्ति पार्टी, राप्रवा अािद हेर्दा ठूला साना र मझौंला देखिन्छ यिनको आकार र रुप फरक छ तर यी सबको चरित्र एउटै छ । जुका र सुलसुले π त्यसैगरी लामखुट्टे र झिंगा एउटै आकारका छन त ? छैनन् नी π तर यी दुवैको एउटै चरित्र र जिवहरुको रगत चुस्ने । त्यसो भए हामी जुकाले धेरै रगत खान्छ भनेर सुलसुले, जुम्रा वा उडुसलाई साथ दिन सक्छौ त ?
सक्दैनौ । दलाल पू“जीवाद व्यवस्थाले मुट्ठीभर दलाल वर्जकोमात्र हितगर्ने हु“दा आम श्रमजिवी जनता र मध्यम वर्गको हित गर्ने अर्को वैकल्पिक शासनसत्ताको आवश्यकता महसुस हुन गयो । यही आवश्यकतालाई परिपूर्ति गर्ने नेकपाले वैज्ञानिक समाजवाद सत्ताको प्रस्ताव अगाडी सारेको छ हामी धनी र गरिब नागरिक हौं धनी नागरिक आङ्खनो खुट्टामा उभिन सक्छ तर आम श्रमिक नागरिक स्वास्थ्यको अभाव टार्न सकेका छैनन् । जति श्रम गरे पनि गा“स,बास र कपास शिक्षा स्वास्थ्यको अभाव टार्न सेका छैनन । तर अभिभावकको जिम्मेवारी सम्हालेका दलाल र शासनहरुले कहिल्यै श्रमिकवर्गहरुलाई हेर्ने चेष्टा गरेका छैनन् ।
र संसदीय दलालहरुलाई र धनी वर्गलाई उपचार खर्चका नाममा लाख मात्र होइन करोडौं बाड्ने गर्छन् । तर, सिटामोल किन्न नसक्ने जनतालाई हेर्दैनन् । यिनले अभिभावकको जिम्मेवारी लिएपछि हेर्नुपर्ने धनी वर्गलाई हो कि गरिब वर्गलाई ? तर हेर्नुपर्नेलाई हेर्दैनन् नगर्नुपर्नेलाई गर्छन् । धन हुनेलाई धनै थाप्छन गरिबलाई छिःछि र दुरदुर गर्छन् किन की यो गरिब र श्रमिक जनताको राज्य सत्ता नै होइन ।
नेपाल कम्युनिष्ट पार्टीले एकीकृत जनक्रान्तिको माध्यबाट सम्पूर्ण शोषण उत्पीडन उपेक्षित वर्गालाई साथमा लिइ देशभक्त प्रगतिशिल प्रभुत्व वर्ग, मजदुर, किसान, सुकुम्वासी, श्रमजिवी एवम् मध्यमवर्गको साथ र समर्थनमा गाउ“ सहरलाई संयोजन गर्दै पार्टी जनमुक्ति सेना जनसत्ता र संयुक्त मोर्चा निर्माण तथा सुदृढीकरण गर्दै शितयुद्ध सशस्त्र युद्धको फ्युजन र एकीकृत जनक्रान्तिको रफ्तारबाट संसदीय पू“जीवादी व्यवस्थाको ह्वंस र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाको बिकल्प छैन ।
( कुनै जिवनहिन जडसुत्र होइन न त परिपूर्ण, बनिबनाउ र अनुलङ्घनीय सिद्धान्त बरु कार्यमा जीवन मार्गदर्शक हो जसले आश्चर्यजनक रुपमा सामाजिक जीवनको अवस्थामा आकस्मिक परिवर्तन प्रतिबिम्वन गर्छ )
– लेखक: ने क पा निकट युवा संगठनका केन्द्रीय सदस्य हुन्

प्रतिक्रियाहरु

[anycomment]