नेपोलियन बोनापार्टको जीवनी पढ्दा

२०७७ मंसिर २१ गते, आईतवार

ओमप्रकाश पुन

प्रारम्भ

ओमप्रकाश खरेलद्वारा सम्पादित ‘महान् योद्धा नेपोलियनको जीवन’ नामक पुस्तक आज पढिसकेँ । किताब पढ्नुभन्दा पहिलो नेपोलियनका बारेमा सामान्य जानकारी त थियो । तर, किताब पढेपछि उनको जीवनको धेरै पाटा पक्षका बारेमा जान्ने मौका मिल्यो । वास्तवमा नेपोलियन एक युरोपका शक्तिशाली सम्राट थिए भन्ने मात्रै थाहा पाएकालाई के लाग्छ होला भन्ने उनी परम्परागत राजपरिवारमा जन्मिएका र बालककालदेखि नै युवराजको रुपमा लालनपालन भएका र तालिम प्राप्त गरेका होलान् । तर, सत्य त्यस्तो होइन । एउटा सानो टापु कोर्सिकामा सामान्य परिवारमा जन्मिएका नेपोलियन आफ्नो मेहनत, लगनशीलता र संघर्ष नै सम्राट भएका हुन् । उनको बाल्यकाल अन्य नागरिकका छोराछोरीसरह नै बितेको थियो । नेपोलियन जुन बेला आर्मी स्कुलमा पढ्थे, त्यसबेला त्यस स्कुलमा फ्रान्सका कुलिन र उच्च घरानाका छोराछोरी मात्रै पढ्थे र पैसाकै कारण नेपोलियनलाई खुब हेप्थे । त्यसका बारेमा उनले आफ्नो बुबालाई लेखेको पत्रमा उल्लेख गरेका थिए कि– विद्यालयका मूर्ख छात्रहरु निर्धनताको कारण मेरो खिल्ली उडाउँछन्  तर, उनीहरुसित धनबाहेक मेरोभन्दा बढी केही पनि छैन ।”

नेपोलियनको क्रियाकलापलाई देखेर एकजना शिक्षकले उनका बारेमा भनेका थिए, “यो केटो ग्रेनाइटले बनेको छ । तर, यसभित्र एउटा ज्वालामुखी छ ।” नेपोलियन आफ्नो जीवनमा सधैँ भन्ने गर्थे, “असम्भव भन्ने शब्द मूर्खहरुको शब्दकोषमा मात्र हुन्छ ।” नेपोलियनको जन्म सन् १७६९ अगस्त १५ मो कोर्सिकाको अजासियो भन्ने ठाउँमा भएको थियो । उनी आमा लेटिजिया रोमालिनो र बुबा कार्लो बोनापार्टका दोस्रो पुत्र थिए । उनी जन्मिएको ठीक १५ महिना पहिले कोर्सिका टापु तत्कालीन गिनो गणतन्त्रबाट फ्रान्सको मातहतमा ल्याइएको थियो । नेपोलियनले मातृभूमि कोर्सिकाको बारेमा भनेका छन्, “म त्यसबेला जन्मेको थिएँ, जब मेरो देश मृत्युशैयामा थियो । तीस हजार फ्रान्सेली हाम्रो समुद्र तटमा आएर जबर्जस्ती स्वतन्त्रताको सिंहासनलाई उसको समुद्रमा डुबाइरहेका थिए । यस प्रकारको घृणित रुप मेरो बाला आँखाले देखेको छु ।” सन् १७६२ मा रुसोले लेखेका थिए कि “मेरो विचारमा एक दिन यो सानो द्विप कोर्सिकाले सम्पूर्ण युरोपलाई आश्चर्यचकित पार्ने छ ।” वास्तवमा रुसोको यो अनुमानलाई नेपोलियनले साकार पारेर देखाइदिए । लगनशीलता र मेहनतकै कारण कोर्सिकाको सामान्य गरिब परिवारका नेपोलियनले सन् १७७९ मा फ्रान्सेली गभर्नर मर्विपुकोएसपताले शाही छात्रवृत्ति पाएर र ब्रिटेनको चम्पाग्नेमा सैनिक विद्यालयमा भर्ना हुने अवसर पाए । त्यस विद्यालयमा उच्च घरानाका छोराहरुलाई सैन्यबल पढाउने शिक्षा दिइन्थ्यो । नेपालमा राणाकालको दरबार हाइस्कुलजस्तै त्यहाँ पनि त्यस विद्यालयमा प्रवेशको निम्ति दुई शताब्दी पहिलेको उच्च घरानाको प्रमाणपत्र चाहिन्थ्यो । विद्यार्थीको मनोनय युद्धमन्त्रीले गर्ने चलन थियो । यस्तो विद्यालयमा नेपोलियनले दश वर्षको उमेरमा भर्ना हुने अवसर पाएर १५ वर्षको उमेरसम्म युद्ध शिक्षा लिई १६ वर्षको उमेरमा शाही सैनिक अख्तियारीमा काम पाए । सामान्य गरिब परिवारको भएकाले त्यहाँ उनले निकै अपमान सहनुप¥यो । जसले गर्दा नेपोलियनलाई विद्रोही र संघर्षशील बनाउनुको साथै मानव सफलताका चार पक्ष– मेहनत, संघर्ष, आत्मविश्वास र भविष्यप्रतिको आशावादी बनाउने काम ग¥यो । उनले एक पटक आफ्नो मेहनतको बारेमा आमालाई चिठ्ठीमा लेखेका थिए, “कामभन्दा अतिरिक्त यहाँ मेरो अरु साथी छैनन् । म बेलुका दश बजे सुत्छु र बिहान चार बजे उठ्छु । म दिनमा एक पल्ट मात्र ठीक एक बजे खान्छु ।” प्रोफेसर हल्याण्ड रोजको भनाइमा, “नेपोलियन स्कुलमा हुँदा धेरै नै विद्रोही स्वभावका थिए तर पनि उनको दिमागचाहिँ तम्कारिक थियो । उनको दिमाग एउटा यन्त्र जस्तै थियो, जसले विभिन्न सामग्रीहरु पिसेर धूलो बनाउँछ । समयअनुसार सही र गलत छुट्याउने उनको प्रखर दिमाग थियो तथापि प्रतिकूल वातावरण र गरिबीले उनलाई सधैँ समस्या खडा गरिरहन्थ्यो ।’ यो भनाइ र नेपोलियको जीवनले हरेक मानिसलाई के शिक्षा दिएको छ भने मानिसको वास्तविक सफलता, समस्या र संघर्षले नै प्राप्त हुन्छ ।

२. नेपोलियनको उदय र फ्रान्सेली राज्यक्रान्ति

अठारौँ शताब्दीमा भएको फ्रान्सको राज्यक्रान्ति र त्यसपछिको अस्तव्यस्तताले नै नेपोलियन बोनापार्टको उदय गरायो । सन् १७८९ मा फ्रान्समा भीषण क्रान्तिको विस्फोट हुनु पूर्व त्यहाँ अत्याचारी शासन व्यवस्था स्वेच्छाचारी राजतन्त्र थियो । त्यतिबेला फ्रान्सेली समाज कुलिनवर्ग, पादरी वर्ग र साधारण वर्ग गरी तीन वर्गमा विभाजित थियो । यी तीन वर्गको चरित्र र अवस्था निम्नबमोजिमको थियो ।

क) कुलिन वर्ग ः राज्यको सर्वोच्च पदमा राजपरिवारपछि यही वर्गको हालिमुहाली थियो । भूमि, चर्च र सेनामा यही वर्गको प्रभाव थियो । किसानहरु यो वर्गका अर्धदासजस्ता थिए । यो वर्ग करबाट छूट थियो । जनताको करमा मोजमस्ती गथ्र्यो । किसानले जुनेली रातमा मात्रै आफ्नो खेतमा काम गर्नुपथ्र्यो र दिनभरि सामन्तको खेतबारीमा काम गर्नुपथ्र्यो । शिकारको लागि सामन्तले जङ्गल पस्थे र जङ्गली जनावरले जनताको खेती खाँदा धपाउन पाइँदैनथ्यो । उल्टै सामन्तहरु शिकार खेल्दा घोडा चढेर किसानका खेतीबाली नष्ट पार्थे र विरोध गरेमा राजाको आदेशले किसानलाई मृत्युदण्ड दिइन्थ्यो । शासन व्यवस्थामा कुलिन, सामन्त, पादरी र राजाका कृपापात्रहरु हुन्थे । यिनीहरुको स्वेच्छाचारी कानुन जनतामा लादिन्थ्यो । कुलिनवर्गलाई फ्रान्समा दोस्रो स्टेन भनिन्थ्यो र यिनीहरुलाई जनताद्वारा मेरा मालिक ९ःथ न्ययम० र अन्नदाता ९थ्यगच न्चबअभ० भन्न लगाइथ्यो । किसानले खेत बेच्दासमेत पाँच भागको एक भाग जमिन्दारलाई बुझाउनुपथ्र्यो । कुलिनका सन्तान कुलिन नै हुन्थे र जनताको सम्पत्तिमा मोजमस्ती गर्थे । त्यतिबेलाको तथ्यांकमा फ्रान्समा ८० हजार कुलिन परिवार थिए । उनीहरुको परिवारमा पनि स्वयम् विभेद थियो, जस्तो कि बाबुको मृत्युपछि सम्पत्तिलाई तीन भाग गरिन्थ्यो र त्यसको दुई भाग जेठो छोराले पाउँथ्यो भने बाँकी अंश अरु छोराले बाँड्नुपथ्र्यो । विशेष अधिकार प्राप्त यी वर्गको स्टेट जनरलमा सन् १७८९ मे ४ मा राजप्रसादमा सुरु भएको थियोमा प्रतिनिधित्व २८५ जनाको थियो । जसलाई क्भअयलम क्तबतभ भनिन्थ्यो ।

ख) चर्चाका पादरी वर्ग ः कुलिन वर्गजस्तै पादरी वर्ग पनि फ्रान्समा विशेषाधिकार वर्ग थियो । पादरी वर्ग पनि दुई श्रेणीमा विभाजित थिए । प्रथम श्रेणीमा आर्कविसप, विसप, कार्डिनल र चर्चाका उच्च पादरी पर्थे । दोस्रो श्रेणीमा साधारण पादरी पर्थे । प्रथम श्रेणीको पादरीमा कुलिन वर्गको वर्चश्व थियो । यिनीहरुले लखौँ रकम चर्चबाट कमाउँथे र राजश्री जीवनयापन बिताउँथे । यो वर्ग करबाट उन्मुक्त थियो र आफ्नो छुट्टै सरकार थियो । धर्मको कुनै मतलब थिएन । यो वर्गलाई मात्र किसानबाट कर उठाएर मोजमस्ती मात्रै गर्थे । त्यतिबेला चर्चले फ्रान्सेली उब्जाउ, जमिनको पाँच भागको एक भाग ओगटेको थियो । सरकारमा पनि यसकै प्रभुत्व थियो । पादरीहरु राजावादी थिए र कतै–कतै राजाको भजन गाउने स्कुलहरु खोलेका थिए । जनताबाट उठाएको चर्को कर शाही खानदान कुलिन र चर्चाको मोजमस्तीमा प्रयोग हुन्थे । दोस्रोथरिका पादरीहरु भने सीमित तलबमा काम गर्थे र धार्मिक कार्य गर्थे । यिनीहरुको जीवन अलि कष्टकर र अनुशासित थियो । भिलुको जस्तो जीवन भएकाले यिनीहरु जनतासँग पनि जोडिन्थे र कुलित पादरीको विरोध गर्थे । जसले गर्दा फ्रान्सेली राज्यक्रान्तिमा यिनले जनतालाई सहयोग गरेका थिए ।

फ्रान्सेली राज्यक्रान्ति पूर्व युरोपमा क्रिश्चियन धर्म भनेको केवल जनतालाई शोषण र दमन गर्ने माध्यम मात्रै थियो । त्यतिबेला उत्तरी युरोपमा प्रोटेस्टेन्ट र दक्षिणी युरोपमा रोमन क्याथालेलिकको वर्चश्व थियो । चर्चका पादरीहरु अनैतिक, भ्रष्ट र व्यभिचारी थिए । चर्चहरु जनतालाई शोषण र दमन गर्ने अखडा बनेका थिए । राजनीतिज्ञ र वैज्ञानिक तथा लेखक, आलोचकहरुलाई फाँसीको सजाय सुनाउँथे । जनताबाट उठेको कर भोगबिलासमा खर्च गर्थे । चर्चको उच्च पदमा कुलिन वंशको व्यक्ति नियुक्त हुने चलन थियो । फ्रान्समा पादरी वर्ग प्रथम स्टेट ९ँष्चकत क्तबतभ० को सदस्यमा गनिन्थ्यो । यिनीहरुको आफ्नै संगठन, न्यायालय र आर्थिक स्रोत थियो । राज्य यिनीहरुकै नियन्त्रणमा परिचालित हुन्थ्यो । स्टेट जनरलमा पादरी वर्गको प्रतिनिधित्व ३०८ सदस्यीय थियो ।

ग) साधारण जनता वा तेस्रो वर्ग ः फ्रान्समा यो वर्गमा मध्यम वर्गीय जनता, किसानहरु र श्रमिक, मजदुरहरु पर्दथे । मध्यमवर्गमा व्यापारी, वकिल, लेखक, दार्शनिक, साहित्यकार, शिक्षक, डाक्टर, इन्जिनियर र न्यूनवैतनिक कर्मचारी पर्दथे । यो वर्ग सचेत र जागरुक थियो । अर्को साधारण वर्गमा किसान, शिल्पकार, कालिगढ र मजदुर पर्थे । यो दुई साधारण र मध्यमवर्ग फ्रान्समा विशेषाधिकारविहीन थियो । यसमा मध्यम वर्ग केही धनी र शैक्षिक चेतनामा अगाडि भएकाले ‘हामी कुलिनभन्दा श्रेष्ठ छौँ’ भन्ने भावना थियो । कुलिन र पादरी वर्गको अत्याचारी र स्वेच्छाचारी शासनको विरोधी थियो यो वर्ग । फ्रान्समा सर्वसाधारण वर्गको संख्या नै सर्वाधिक थियो । यसले आफ्नो आयको ८५ प्रतिशत कर तिर्नुपथ्र्यो राज्यलाई । सन् १७८९ को स्टेट जनरलमा यो वर्गको उपस्थिति तेस्रो स्टेट ९त्जष्चम क्तबतभ० को रुपमा ६२१ जनाको थियो । त्यो समयको भेदभावपूर्ण शासन व्यवस्थालाई जरैदेखि उखेलेर फाल्न चाहने, भोल्तेयर, रुसो, मन्थटेस्क्यु, दिदेरो, हेल भिरास र हलबक जस्ता दार्शनिक एवं विचारकहरुको पनि त्यसमा उपस्थिति थियो । जसले गर्दा फ्रान्सको राज्यक्रान्ति सफल बनायो ।

घ) फ्रान्सको राजतन्त्र र राज्यक्रान्ति ः अठारौँ शताब्दीमा फ्रान्समा राज्यक्रान्ति हुनुभन्दा पहिलो युरोपमा सम्पूर्ण राजनीति कुलिनवर्गको हातमा थियो । सारा युरोपभरि निरङ्कुश राजतन्त्र थियो । राज्यको सम्पूर्ण पद र कानुनहरु कुलिनहरुकै हातमा थियो । तिनीहरुलाई जनताको कुनै मतलब हुँदैनथ्यो र जनतालाई करको भारी बोकाएर आपूm भोगबिलासमा लिप्त हुन्थे । जनतालाई शासन प्रणाली सहभागी हुने कुनै अधिकार थिए र शासनको विरोध गर्नेलाई धर्मको नाममा जथाभावी दण्ड गरिन्थ्यो । शासकहरुको स्वार्थमा राज्य–राज्यका बीच युद्ध भइरहन्थ्यो र धार्मिक युद्ध पनि हुन्थ्यो । यहीबीचमा फ्रान्समा सन् १६४३ मा लुई तेह्रौंको मृत्युपछि सम्राट लुई चौधौँ फ्रान्सको राजसिंहासनमा बसे । उनको पालामा मन्त्री कार्निनल मेजरिनको योग्यताका कारण लुई चौधौंको पालामा फ्रान्सको सीमा विस्तार हुनुका साथै फ्रान्स युरोपको सभ्यता र संस्कृतिको केन्द्रबिन्दु बन्न पुग्यो । लुई चौधौँ निकै अत्याचारी र निरङ्कुश शासक थिए र यिनले म नै राज्य हुँ, क्ष् बm तजभ क्तबतभ मान्थे । त्यतिबेला युरोपमा फ्रान्स राजनीति र सैन्य शक्तिमा बलियो भएकाले लुई चौधौँलाई महान् सम्राट– न्चबलम ःयलबचअज भन्ने गरिन्थ्यो । उनको मृत्युपछि सन् १७५६ को सात वर्षे युरोप युद्धमा फ्रान्सले नराम्रो हार खायो । लुई सोह्रौँको पालामा झन् फ्रान्सको अवस्था बिग्रँदै गयो र स्वेच्छाचारी शासनले सीमा नाघ्यो । लुई सोह्रौँ आपूmलाई भगवान् सम्झन्थे र आफ्नो बोली नै अन्तिम बताउँथे । उनका बुबा लुई पन्ध्रौँ झन् आपूm मरेपछि यो संसार नै सर्वनाश होस् भन्ने गर्थे । राज्यको सम्पत्ति राजा, रानी र दरबारिया कुलिनहरुले भोगविलासमा स्वाहा पार्थे । कतिसम्म भने भर्साइल दरबारमा लुई सोह्रौँका १६०० नोकर र रानी मेरी एन्टोनिएटका ५०० दासीहरु थिए । जनतामा राज्य, राजा, राजपरिवार, कुलिन र पादरीवर्गप्रति तीव्र घृणा भाव थियो । विलासी रानी मेरी एन्टोनिएर अष्ट्रियाको राजघरानाको थिइन् र जनताहरु उनलाई अष्ट्रियाली आइमाई भनेर घृणा गर्थे । विलासिता र एैयाशीमा बसेकी उनीले जब भोकभोकै मर्न लागेका जनता दरबारको ढोकामा पुगेर रानी एन्टोनिएट सामु ‘महारानी हामीलाई खान एउटा ब्रेड पनि छैन’ भनेर हात पसार्थे तब उनले ‘ब्रेड छैन भने तिमीहरु किन केक खाँदैनौँ त ? भनेर प्रतिप्रश्न गर्थिन् । खाना, नाना र अधिकार माग्ने जनतालाई जथाभावी दमन, गिरफ्तार र हत्या गरिन्थ्यो ।

यहीबीचमा फ्रान्समा मन्टेस्क्यु, रुसो, भोल्तेयर, पिदेरोजस्ता विद्वान् दार्शनिक र विचारकहरु अगाडि आए । जनताका नेताहरुमा बेली, भोनियर, गमेरानो आदिजस्ताहरु फिल्डमा उत्रिए । सन् १७८९ मा राजा लुई सोह्रौँले तेस्रो वर्गका ६२१ जनप्रतिनिधिलाई बेवास्ता गरी कुलिन र पादरी वर्गका प्रतिनिधिलाई बोलाएर नयाँकरहरु लगाउने घोषणाको विरुद्धमा ६२१ ले विद्रोह गरी “जबसम्म नयाँ संविधानको रुप तयार हुँदैन, तबसम्म आ–आफ्नो घर कोही पनि फर्कने छैनौँ” भनेर टेनिसनकोलमा गएर सपथ खाए । जसलाई इतिहासमा ‘टेनिसकोर्ट ओथे इबतज या तजभ त्भललष्क ऋयगचत भनेर चिनिन्छ । त्यसपछ सत्ता झन् विदेशी शक्तिको बलमा दमनमा उत्रिएपछि १४ जुलाई १७८९ मा सशस्त्र विद्रोह भयो र दरबारलगायत सबै अड्डाहरु कब्जा गरियो । सन् १७९१ मा नयाँ संविधान जारी भयो । सन् १७९२ सेम्टेम्बर २० मा राष्ट्रिय परिषद्को निर्वाचन भयो । त्यसमा जिरोन्दिष्ट २००, जेकोविन १०० र स्वतन्त्र ४८२ गरी जम्मा ७८२ को परिषद् बन्यो । २१ सेक्टेम्बर १७९२ मा राजतन्त्रको पतन भयो । मृत्युको डरले पेरिस छोडेर भेटेनसतिर भाग्न लागेका लुई सोह्रौँलाई पक्राउ गरेर २१ जनवरी १७९३ मा आइतरबारको दिन जिलोटिनमा टाउको राखेर काटियो । त्यसपछि भारदारसहित ३ अक्टोबर १६९३ मा रानी एन्टोनिएटलाई पनि मृत्युदण्ड दिइयो । चर्च र पादरीको सत्ता पनि समाप्त पारियो । यो कुराको शिक्षा नेपालका दलाल, स्वेच्छाचारी शासकहरुले पनि लिन जरुरी छ ।

यसरी राजतन्त्रलाई समुल नष्ट पारे तापनि त्यहाँको राजनीतिसँग सुव्यवस्थित हुन सकेन । सही विचारको अभावमा अस्तव्यस्तता बढेर यो । २६ अक्टोबर १७९५ मा नेशनल कन्भेन्सनमा रहेको राज्यको अधिकार पाँच सदस्य रहेको डाइरेक्टरीलाई दिइयो । जसका पहिला सदस्यहरु कानौट, लेटोनियर, लारेमिरेल, रियुबेल र पाउल बारास थिए । त्यसपछि पनि धेरै उतारचढाव र घातप्रतिघात तलिरह्यो । सन् १७८९ बाट सुरु भएको फ्रोन्सेली क्रान्ति सन् १७९९ मा महान् नेपोलियन बोनापार्टले सत्ता नसम्हाल्दासम्म चलिरह्यो । फ्रान्समा राजतन्त्रको समाप्तिपछिको अवस्थालाई सम्हालेर लैजाने कुशल राजनेताको अभाव रह्यो । यसमा विभिन्न घातप्रतिघात पनि भए । अग्रगामी र पश्चगामी विचारहरु पनि पलाए । यहीबीचमा कुशल लडाकु, सैन्य रणवीरकार र धार्मिक सामन्तवादको विरोधी नेपोलियन बोनापार्टको उदय भयो र फ्रान्स पनि युरोपको शक्तिशाली राष्ट्र बन्यो ।

३.नेपोलियनको सम्राट यात्रा र पतन

सामान्य सैनिक जबसबाट सेवा प्रारम्भ गरेका नेपोलियनले आफ्नो सैन्य कुशलता र उच्च महत्वकांक्षाका कारण छिटो बढुवा हुँदा र ठूलाठूला अवसर पाउने गर्दै अघि बढे । लुई सोह्रौँको हत्यापछि सन् १७९३ देखि १७९५ का बीचको राज्य विस्तारको लडाइँमा वास्तविक सहभागिता र सामथ्र्य देखाउने मौका पाए । सन् १७९ मा इटलीको कमाण्डर जनरल बार्थेलेभी स्केररले एक गोप्य पत्रमा लेखेका नेपोलियनको बारेमा, “यो अफिसर विशेषतः गोला, बारुद विभागको जनरल हो, जहाँ उसले खास ज्ञान राख्छ । तर, उसमा धेरै महत्वकांक्षा छ र आपूm अगाडि बढ्नेतिर ध्यान दिइरहेको हुन्छ ।” नेपोलियन सन् १७९६ मा भयानक युद्धमा पनि सफल भए । लोम्बार्डिको विजय पनि त्यसै वर्ष भयो । सन् १७३७ मा रिभोली र भेनेसियाको विजय अभियान सम्पन्न भयो । सन् १७९८ देखि १७९९ सम्मको इजिप्टतर्फको अभियान पनि कुशलतापूर्वक सम्पन्न भयो । त्यतिबेला प्लेग रोगको महामारी पनि चलेको थियो । तर, त्यसमा पनि उनी यो कुरामा दृढ प्रतिज्ञा राख्थे कि प्लेग भन्ने रोग कायरहरुलाई मात्रै लाग्छ, बहादुरलाई यसले छुनै सक्दैन । इजिप्टको सैन्य अभियानबाट फर्किएपछि फ्रान्समा नेपोलियनलाई जनताले भव्य स्वागत गरे । यसबारेमा उनलेभ नेका छन्, “प्रत्येक व्यक्ति मेरो प्रतीक्षामा थिएजस्तो छ । यदि म केही समय अगाडि भएको भए छिटो हुने थियो र पछि आएको भए पनि ढिला तर म एकदमै ठीक समयमा आएको छु ।” यदि सफलतापछि नेपोलियन ११ नोभेम्बर १७९९ मा फ्रान्सका काउन्सुलर नियुक्त भएर राजमहलमा बस्न थाले । राज्यको सर्वोच्च पद कन्सुलर–राज्य सल्लाहकार पाएपछि पनि नेपोलियनले मरेको अभियान जारी राखे । सैन्य शक्ति निकै बढाए । सन् १८०० को क्रिसमसको दिन टाइम बम प्रयोग गरेर आपूmलाई मार्ने प्रयास गरेको आरोपमा राजावादी जेकोवियनलाई देश निकाला गरे । युरोपमा आपूmले जित्न नसकेको शक्ति ब्रिटेनसँग २५ मार्च १८०२ मा ट्रिट्र अफ एभियन्स’ गरे । त्यसपछि उनको प्रतिष्ठा फ्रान्समा झन् बढ्यो र फलस्वरुप सन् १८०२ मा उनी आजीवन कन्सुलरको रुपमा निर्वाचित भए । त्यसपछि पनि उनका विरुद्ध भित्री र बाहिरी षड्यन्त्र हुन थालेपछि सन् १८०३ मे १८ का दिन उनले आफैँलाई फ्रान्सको सम्राटको घोषणा गरी आफ्नो नाम नेपोलियन प्रथम राखे । सम्राट घोषणा भएको सात महिनापछि नोट्रेडम डे पेरिस भन्ने प्रमुख चर्चमा पोपको उपस्थितिमा राज्याभिषेक भयो । राज्यभिषेकमा आपूm धार्मिक नभएर नास्तिक भएकोले पोपको हातबाट नभई आफ्नो टाउकोमा आफैँले मुकुट लगाए । उनी सम्राट घोषित भएपछि केही महत्वपूर्ण भनाइ राखे, जसमा केही यस्ता थिए, “मैले फ्रान्सको राजमुकुट भुइँमा लडेको पाएँ र यसलाई मैले तरबारको चुच्चोले उठाएँ ।” जबसम्म सम्पूर्ण महाद्वीप एउटा सम्राटको अधीनमा हुन्न तबसम्म युरोपमा शान्ति हुन्न ।” “मेरो युद्धले मलाई अमर तुल्याउँदैन तर मेरो सिभिल कोडले मलाई अमर बनाउने छ ।” आदि, हुन पनि नेपोलियनको न्यायप्रणाली युरोपमा अहिले पनि केही हदसम्म कायमै छ ।

नेपोलियन फ्रान्सको सम्राट भए पनि उनीले फ्रान्सलाई विस्तार गर्ने अभियानलाई निरन्तरता मात्रै दिएनन्, युद्धको प्रत्येक नेतृत्व गरिरहे । सन् १८०५ को उल्म र अस्टर्लिजको युद्ध । सन् १८०६ को जेना अभियान । सन् १८०६ देखि १८०७ को पोल्याण्ड र पूर्वीप्रसियाको युद्ध । सन् १८०७ देखि १८०८ सम्मको साम्राज्य विस्तारको उच्चतम लडाइँ । सन् १८०९ को डेन्युव उपत्यकाको दोस्रो युद्ध र सन् १८१० देखि १८१२ बीचको भित्री तथा बाहिरी दोहोरो युद्ध लड्नु परेको थियो । यी युद्धहरुमा खासमा घातप्रतिघातका बीच ब्रिटेन र रुससँगको लडाइँमा धक्का खानु परेको थियो । कतिपय पराजित राज्यले समेत पुनः युद्ध लडेर हैरान पारेका थिए ।

नेपोलियनको पतनको सुरुवात सन् १८१३ देखि भयो । उनीमा चढेको विजयोन्मादका कारण यसपछिका युद्धहरुमा उनको लगातार हार हुँदै गयो । अन्तर्राष्ट्रिय सन्तुलन पनि कायम गर्न सकेनन् । सन् १८१३ को सुरुमै अष्ट्रिया, रसिया र प्रसियाको संयुक्त फौजसँग लड्नुपर्ने भयो । सन् १८१४ को अभियानमा असफलता पाएपछि संयुक्त सुरक्षाफौजले ११ अप्रिलमा फोन्टेनसिलउको सन्धि गरेर नेपोलियनका अधिकार खोसियो । त्यति मात्रै नभएर संयुक्त सुरक्षाफौजले लुई सोह्रौँका जीवित भाइ लुई अठारौँलाई फ्रान्सको राजा घोषणा ग¥यो । यसरी १२ अप्रिल १८१४ मा गद्दीच्युत गरिएका सम्राट नेपोलियनलाई पोन्टेनास्लिउको सन्धिअनुसार शाही उपाधि कायमै राखी एक लाख १२ हजार जनसंख्या भएको सानो टठापु इल्बामा निर्वाचित गरियो । त्यहाँ उनीले केही समय बसेर सुधारका काम पनि गरे तर सन्धिअनुसार नेपोलियनलाई वार्षिक २० लाख फ्र्याङक दिने र उनको परिवारलाई पनि निवृत्तिभरण गर्ने कुरा पनि लागू नभएपछि कष्टकर जीवन जिउनु प¥यो । त्यसमा पनि उनकी रानी मारिया लुइसा र तीन वर्षे छोरा रोमको राजालाई पनि अष्ट्रियन भोडले भेट गर्न रोक लगाएको निकै पीडा थियो । यहीबीचमा फ्रान्समा पनि बुर्बोन शासन अलोकप्रिय हुँदै गएको थियो र नेपोलियनको पक्षमा समर्थन बढ्दै गएको थियो । यही मौका छोपेर नेपोलियन सन् १८१५ फेब्रुअरी २६ का दिन केही विश्वासिला जनरलहरुसहित फ्रान्स प्रवेश गरे । फ्रान्स प्रवेश गर्दा नेपोलियनले आफ्ना समर्थक सेना र अन्य विपक्षको बीचमा घोषणा गरेका थिए कि “राष्ट्रिय रङसहितको बाज अंकित झण्डा नोट्रेडम टावरदेखि पेरिसका हरेक टावरमा फहराउनेछ ।” यो कुरा सत्य सावित भयो र २० मार्चमा नेपोलियनले पेरिसको टुलेरिस दरबार कब्जा गरे जहाँबाट अघिल्लो रात विदेशीको शक्तिमा सत्तासीन भएका राजा लुई अठारौँ भागेर बेल्जियम गएका थिए । नेपोलियनले पुनः फ्रान्समा कब्जा जमाएपछि अष्ट्रिया, ब्रिथेन, रसिया र प्रसियाले ‘नेपोलियनलाई विश्वको तनावकर्ता घोषणा गरेर हरेकले एक लाख ५० हजार सैनिकसहित उनीविरुद्ध युद्ध गर्ने तयारी गरे । लडाइँ पनि सुरु भयो र वाटरलुको युद्धको बेला नेपोलियनले लेखेको एउटा गोप्य पत्र ईश्मणको हातमा प¥यो, जसले उनको राण्नीति इश्मणले बुझ्यो । युद्धमा पराजित हुँदै गएपछि सन् १८१५ जुन २२ का दिन नेपोलियनलाई गिरफ्तार गरेर सेन्टहेलेना द्विपमा बन्दी बनाइयो  बन्दी अवस्थामै ६ वर्षपछि ५ मे १८२१ मा क्यान्सर रोगबाट ५१ वर्षको उमेरमा नेपोलियनको मृत्यु भयो ।

आफ्नो सारा जीवन राष्ट्रको स्वाधीनताका खातिर युद्धमा बिताएका एक योद्धाको अपमानपूर्वक मृत्यु भए तापनि उनको प्रतिष्ठामा कहिल्यै कमी आएन । उनको पतनदेखि सन् १८४८ का बीचमा फ्रान्समा लुई अठारौँ, चाल्स दशौँ र लुई फिलिप सत्ता आए तापनि नेपोलियनकै लोकप्रियताका कारण उनका भतिजा लुई नेपोलियन सन् १८४८ देखि १८७० सम्म फ्रान्सको सत्तामारहे । सन् १८४८ मा राष्ट्रपतिमा निर्वाचित लुई नेपोलियन सिनेटको सर्वसम्मत निर्णयबाट सन् १८५२ मा नेपोलियन तृतीयको नामबाट फ्रान्सका सम्राट घोषित भए र नेपोलियनको उत्तराधिकारीको रुपमा शासन गरे ।

सन् १८२१ मा मरेका नेपोलियनको शवलाई उनी फ्रान्सका मात्रै नभएर सम्पूर्ण युरोप र विश्वको स्वतन्त्रताका नेता सम्मान गरी सन् १८४० मा राजकीय सम्मानका साथ फ्रान्समा ल्याएर पेरिसको होटल डेस् इञ्भ्यालिड्समा राखियो । नेपोलियनका घोरा विङ्ग अफ रोमको मृत्यु पनि क्षयरोगका कारण सन् १८३२ मा मावली देश अष्ट्रियामा भएको थियो, जसको लाश पछि सन् १९४ मा हिटलरको आदेशमा फ्रान्समै ल्याई नेपोलियनसँगै राखिएको थियो । यसरी युद्धबाटै विजेता योद्धाको जीवन समापन पनि युद्धकै बीचमा भएको थियो ।

४. नेपोलियनको पारिवारिक जीवन र प्रेम

माथि नै सुरुमा चर्चा गरियो कि नेपोलियनको प्रारम्भकि जीवन एक सामान्य जनताको सतरमा थियो । तर, पछि सत्ता र शक्तिमा आएपछि उनको जीवन एक सम्राटका रुपमा वैभवशाली र सम्पन्न भयो । तर, पनि उनको जीवन परम्परागत सामन्ती राजखानदानजस्तो भएन । सम्पुर्ण जीवन युद्धमा बितेकाले पारिवारिक सुखभोग पनि त्यति मिलेन । उनको श्रीमती र छोराले पनि संघर्षपूर्ण जीवन नै जिउनु प¥यो । नेपोलियनको पहिलो विवाह सन् १७९६ मार्च ९ मा एक विधवा महिला जोसेफिनसँग भएको थियो । उनी एक चरित्रहीन आइमाई थिइन् । सन् १७८९ मा फ्रान्समा राज्यक्रान्ति हुँदा सम्राट लुई सोह्रौँ र उनकी रानी एन्टोनिएटसहित उनका प्रमुख भारदार मारिँदा जोसेफिनका पनि व्युहार्नेसको पनि हत्या भएको थियो र स्वयम् उनी पनि जेल परेकी थिइन् । पछि चार महिना जेल बस्दा फ्रान्सका एक प्रभावशाली सेनापति तथा डाइरेक्टर पाउल बारासलाई प्रेममा पारी जेलमुक्त भएको थिइन् । उनका ब्युहार्नेसको तर्पmबाट एक छोरा एक छोरी पनि थिए, जसलाई पछि नेपोलियनले आफ्नो शासनकालमा राज्यका महत्वपूर्ण पदमा नियुक्त गरेका थिए । जोसेफिनको विषयमा बारासले भनेका छन्, “जोसेफिन आफ्नो स्वार्थपूर्तिको लागि आफ्ना पतिको शिर कटाउन पनि पछि नपर्ने स्त्री हो ।” अझ विवाहको प्रस्ताव राख्दा त उनलाई बारासले यस्तो जवाफ दिएका छन्, “कुनै पुरुषले कुनै वेश्यालाई आफ्नो प्रेमिका त बनाउन सक्छ तर पत्नी बनाउन सक्दैन ।” यस्तो खाले महिला जो आपूmभन्दा ९ वर्ष जेठी थिई, लाई पनि पारिवारिक असहमतिका बाबजुद नेपोलियनले विवाह गरेका थिए । नेपोलियनसँग विवाह गरेपछि पति जोसेफिन धेरै पुरुषहरुसँग लागिन् तर प्रेममा अन्धा भएका नेपोलियनले उनका हरेक धोकालाई पनि पचाएर स्वीकार गरे । अन्त्यमा नेपोलियन सम्राट भएपछि उनीबाट सन्तान नहुने भएकाले ४० वर्षको उमेरमा ठूलो धनराशी दिएर जोसेफिनलाई छोडेर अष्ट्रियाकी राजकुमार मारिया लुइसासँग विवाह गरे र एक छोरा पनि जन्माए । तर, पनि उनले जोसेफिनलाई माया गरिरहे र जीवनका हरक्षणमा उनलाई चिठ्ठी लेखिरहे । अन्त्यमा मर्ने बेला पनि जोसेफिन–जोसेफिन भन्दै मरे । उता जोसेफिनले पनि पहिले नेपोलियनलाई पटक्कै माया गर्दैनथिन् तर पछि महारानी भएपछि माया गर्न थालेकी थिइन र मर्ने बेला उनले पति किङ अफ रोम– केरो बोनापार्ट भन्दै मरेकी थिइन् भन्ने छ ।

खास माया जोसेफिनलाई गरे तापनि नेपोलियनका थुप्रै प्रेमिका थिए र केहीबाट त अवैधानिक सन्तान पनि भएका थिए भन्ने कुरा पनि उल्लेख भएका छन् । सायद त्यतिबेलाको युरोपेली समाज पनि अलि बढी नै खुला भएर पनि होला त्यहाँ यसलाई सामान्य रुपमा लिइएको छ । सधैँ युद्धमा होमिन पर्ने, घरपरिवारबाट टाढा रहिरहनुपर्ने बाध्यताले पनि त्यस्तो परिवेश जन्मायो होला । जेहोस् एउटा सामान्य परिवारबाट संघर्ष गरेर युरोपको शक्तिशाली सम्राट भएर पनि युद्धमै ज्यान गुमाउन पुगेको नेपोलियनको दुःखद् पारवारिक जीवन र सुखद् गौरवमय संघर्ष जनि रहेको छ । उनको यो जीवन विगत र वर्तमानमा समाजवादी– साम्यवादी कदम लिएर संघर्ष गरेका र गरिरहेका क्रान्तिकारीहरुको जीवनसँग मिल्दोजुल्दो छ र प्रेरणा दिनलायक छ । उनी जीवनको अन्तिम क्षणमा विस्तारामा पल्टिरहेको बेला आफ्नो सानो छोराको तस्विर हेरेर विरक्तिएको हाँसो हास्दै भन्थे, “फुच्चे केटा उफ कस्तो भाग्य तिम्रो ।” आफन्ता, सहयोगीलाई छोराको तस्विर आपूmसामु राख्न लगाउँदै भन्ने गर्थे, “यो तस्विर मेरोसामु राख, जसलाई म हरपल हेर्न चाहन्छु ।”

परिवार आफ्नो साथमा नरहेका इस्मरणको कैदमा बस्नुपरेको र आफ्ना, आफन्तहरुले साथ छोडेको र धोका दिएको वियोगान्त अवस्थाको अन्तिम उनको जीवन साँच्चिकै भावुकतापूर्ण नै छ ।

५. सारांश

सारमा भन्नुपर्दा नेपोलियनको जीवन स्वयम् एउटा वीरगाथा हो । उनको बारेमा पहिले नेपोलियनकै पक्षमा युद्ध लडेका र पछि उनकै विरुद्धमा युद्ध गरेका स्वीडेनका राजा कार्ल चौधौँ जिन बप्टिस्ट बर्नाडले भनेका छन्, “नेपोलियन मासिनले जित्न सक्ने मानिस छैनन् ।” यसबाट के पुष्टि हुन्छ भने उनी एउटा असाधारण योद्धा हुन् । उनको साहस र वीरतालाई सबैले कदर गर्नुपर्छ । यसका बाबजुद पनि उनका केही सीमा र कमजोरी थिए, जसलाई क्रमानुसार बुँदागत गर्न सकिन्छ ।

क-  नकारात्मक पक्ष

– युद्ध सरदारवादी मानसिकता थियो ।

– अरुलाई कम विश्वास गर्थे ।

– बढी महत्वकांक्षा थिए ।

– पुरानो धरातल बिर्सिएका थिए ।

– राजनीतिक सुधारभन्दा फौजी मानसिकता बढी थिए ।

– व्यक्तिवादी र परिवारवादी भएका थिए ।

– जनताको इच्छाभन्दा आफ्नो चाहना लाद्ने खालका थिए ।

– इस्मरणलाई कजमोर देख्ने अहंकारवादी थिए

ख) सकारात्मक पक्ष

– देशभक्त थिए

– लोकतन्त्रवादी थिए (यही लेशासनको तुलनामा)

–  मेहनती, दमदारी र युद्धनिश्चयी थिए ।

–  भौतिकवादी जिए (धर्मविरोधी)

ग) अध्ययनशील र संघर्षशील थिए ।

– सुधारवादी थिए (पश्चगामी थिएनन्)

–              आशावादी थिए ।

–   स्वाभिमानी थिए ।

उपरोक्त सकारात्मक तथा नकारात्मक पक्षसहित नेपोलियन बोनापार्टबाट हामी क्रान्तिकारीहरुले सिक्नुपर्ने महत्वपूर्ण चारवटा पक्षहरु छन् । ती हुन्, मेहनत, निरन्तर संघर्ष, आत्मविश्वास र भविष्यप्रतिको आशा । तत्कालीन युरोपियन समाज र राजनीति जहाँ इसाइ धर्मको अतिविश्वासमा अँध्यारो सुरुङमा रुमल्लिएको थियो कि बीच एउटा समयमा जनताको छोराले जुन सहस र सोच प्रदर्शन ग¥यो, यो सामान्य खालको थिएन । क्रान्तिलाई सधैँ असम्भव देख्ने र सुदूरपश्चिमको विषय बनाउने मानसिकतालाई उनको चर्चित भनाई “असम्भव भन्ने शब्द मूर्खहरुको शब्दकोषमा मात्र हुन्छ” ले प्रशस्त जवाफ दिएको छ । यसलाई हाम्रै जीवनमा आत्मसमत गरौँ, विजय सम्भव छ ।

– कैलानी कारागार, धनगढीबाट

प्रतिक्रियाहरु

[anycomment]