माक्र्सवाद : सर्वहारा श्रमजीवि वर्गको मुक्तिको सिद्धान्त

२०८२ माघ १९ गते, सोमबार

हस्तबहादुर के.सी.

विषय प्रवेश

                माक्र्सवाद सर्वहारा श्रमजीवि वर्गको मुक्तिको सिद्धान्त हो । कार्ल माक्र्स (सन् १८१८ – १८८३) र फ्रेडरिक एंगेल्स (सन् १८२० – १८९५) द्वारा सन् १८४८ मा कम्युनिष्ट घोषणा पत्र मार्फत माक्र्सवादको प्रतिपादन गरिएको हो । माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त र सर्वहारा श्रमजीवि वर्गको उसको विश्व दृष्टिकोण हो । माक्र्सवादको दर्शन द्वन्द्वात्मक भौतिकवाद हो । माक्र्सवादी दर्शन सर्वहारावर्गको विश्व दृष्टिकोण हो । अतः यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ । माक्र्सवादी दर्शनका दुई भाग छन् द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद । यस दर्शनको जन्म दर्शनशास्त्रको इतिहासको लामो विकास प्रक्रियाको बीचबाट भएको हो ।

                आज मार्कवाद माक्र्सवादको गुणात्मक विकासको दोश्रो चरण लेनिनवादमा र माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेश्रो र नयाँ चरणमा माओवादको विकास सकेको छ । यसरी आज माक्र्सवाद–लेनिनवाद–माओवाद सर्वहारावर्गको मुक्तिको पथप्रदर्शक र मार्गदर्शक सिद्धान्त बन्न पुगेको छ । आज माक्र्सवाद–लेनिनवाद–माओवादलाई आत्मसात नगरिकन, ग्रहण नगरिकन कोही पनि क्रान्तिकारी कम्युनिष्ट बन्न सक्तैन । यस लेखमा माक्र्सवाद लेनिनवाद–माओवादा सन्दर्भमा संक्षिप्त रुपमा प्रकाश पार्ने प्रयत्न गरिएको छ । मालेमावाद मानवजातिको ज्ञानको विशाल भण्डार भएकोले यस सानो लेखमा विषद रुपमा व्याख्या गर्न सम्भव छैन ।               

१.            माक्र्सवाद के हो ?

माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । कार्ल माक्र्स र उनका अनन्य मित्र तथा सहयोगी फ्रेडरिक एंगेल्सद्वारा माक्र्सवादको सृजना गरिएको हो । माक्र्सवाद सर्वहारा श्रमजीवा वर्गको मुक्तिको सिद्धान्त हो । माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो । माक्र्सवाद पूँजीवादको प्रारम्भिक अवस्थामा विकसीत भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्ग संघर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । अतः प्रकृति, समाज, चिन्तन, राज्यव्यवस्था आदि बारेमा कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले महान खोज र प्रयोगद्वारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार र सिद्धान्त एवं व्यवहारको संयुक्त योगलाई माक्र्सवाद भनिन्छ ।

माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । माक्र्सवादको दर्शनको सिद्धान्त भौतिकवाद हो । यसले पदार्थ, प्रकृतिलाई पहिलो र सामाजिक चेतनालाई दोश्रो स्थानमा राख्दछ । माक्र्सवादले चेतनालाई वस्तुगत जगतको आत्मिक प्रतिविम्ब मान्दछ र विश्वलाई बोधगम्यं बताउँछ । यस दर्शनको पद्धति द्वन्द्ववाद हो ।

माक्र्सवादका तीन संघटक अंगः

दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद माक्र्सवादका तीन संघटक अंग हुन् । कार्ल माक्र्स (५ मई १८१८–१४ मार्च १८८३) र फ्रेडरिक एंगेल्स र २८ नोबेम्बर १८२०–६, अगष्ट, १८९५) दुवैको संयुक्त प्रयासबाट माक्र्सवादको जन्म भएको हो । भी.आई. लेनिनले– “माक्र्सवाद माक्र्सका विचारहरू र उनको शिक्षाको व्यवस्थित श्रृंखला हो” भन्नु भएको छ । ष्टालिनले, माक्र्सवाद प्रकृति र समाजको विकासलाई सञ्चालन गर्ने विज्ञान हो, माक्र्सवाद सारा जडसूत्रवादको शत्रु हो ।” भन्नु भएको छ । माओत्सेतुङले “माक्र्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छः माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात वर्गसंघर्षको सिद्धान्त, तर जग चाहिँ माक्र्सवादी दर्शन हो । यदि यसलाई मनन गरिदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुने छैनन् हामी चीजहरूलाई स्पष्ट नपारिकन यताउताको कुरा उठाई तर्क मात्र गरिरहेका हुन्छौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरिसकेपछि थुप्रै दुःख कष्टबाट जोगिने छ र धेरै गल्तीहरू हट्ने छन् ।” भन्नु भएको छ ।

लेनिनले माक्र्सवादका तीन स्रोतको उल्लेख गर्नु भएको छ र यसै आधारमा माक्र्सवादका तीन संघटक अंग पनि निर्मित भएका छन् । तदनुसार दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद माक्र्सवादका तीन संघटक अंग हुन् । माक्र्सवाद–लेनिनवाद–माओवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त हो । सर्वहारावर्गलाई मार्गदर्शन र पथप्रदर्शक गर्ने माक्र्सवाद–लेनिनवाद–माओवाद बाहेक अर्को क्रान्तिकारी सिद्धान्त छैन । आज संसारमा धेरै प्रकारका दर्शनहरू देखिए पनि मुख्यतः दुई प्रकारका दर्शनहरू छन् । जो चेतनालाई आदि तत्व मान्ने, जगतलाई त्यसको स्वतः स्वपूmर्थतामा मान्ने र संसार अवोधगम्य छ अर्थात् जान्नै नसकिने खालको छ भन्ने आध्यात्मवादी (आदर्शवादी) दर्शन र अर्को पदार्थलाई आदितत्वा मान्ने अर्थात् संसार बोधगम्य छ र संसारका सबै कुराहरू जान्न सकिन्छ बुझ्न सकिन्छ भन्ने दर्शन भौतिकवादी दर्शन हो । माक्र्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । माक्र्सवाद, जसले अहिले माक्र्सवादको गुणात्मक विकासको दोश्रो चरण लेनिनवाद र माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेश्रो र नयाँ चरण माओवादको जुन गुणात्मक र नयाँ चरणमा विकास भएको छ । यसरी आज माओमावाद द्वन्द्वात्मक तथ ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणा आधारित छ । द्वन्द्ववादको सारतत्व भनेको आलोचनात्मक र क्रान्तिकारी रहेको छ । माक्र्सवादी दर्शनका दुई भाग छन् द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद ।

माक्र्सवादको दार्शनिक आधार द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद भएकाले यसले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोश्रो स्थानमा राख्ने गर्दछ । माक्र्सवादी दर्शन भौतिकवादी भएकोले यसमा भौतिकवाद र द्वन्द्ववाद अभिन्न रुपले सम्बन्धित छन् । निश्चित सामाजिका र आर्थिक अवस्थाले नै यसलाई जन्माएको हो र यसको सुनिश्चित वैज्ञानिक तथा दार्शनिक पूर्वाधार पनि यही हो । वैज्ञानिक तथा दार्शनिक चिन्तनको सम्पूर्ण गतिविधिले माक्र्सवादी दर्शनको प्रादूर्भाव गरेको हो । जीवन र जगतको विकासको सामान्य चित्रको अध्ययन गर्नु भौतिकवादी द्वन्द्ववादको एउटा महत्वपूर्ण लक्ष्य हो । यस विषयमा फेडरिक एंगेल्सले अगाडि लेख्दछन्– “द्वन्द्ववाद भनेको प्रकृति, मानव समाज र चिन्तनको गतिसम्बन्धी सार्वभौम नियमहरूको अध्ययन गर्ने नियम हो । यो पूँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । अतः माक्र्सवाद एक व्यवहारिक विज्ञान समेत भएकाले माक्र्सवाद हाम्रो युगको सबभन्दा विज्ञानसँग सम्बन्धित दर्शन हो ।

माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पूँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा सम्यवाद यसका आधारभूत मान्यता हुन् । अर्थात् प्रकृति, समाज, राज्यव्यवस्था आदिका बारेमा कार्लमाक्र्स र फेडरिक एंगेल्सले महान् खोज र प्रयोगद्वारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले पूँजीपति वर्गको राज्यव्यवस्थालाई ध्वस्त पारी त्यस ठाउँमा सर्वहारा श्रमजीवी वर्गको राज्यव्यवस्था स्थापना गर्ने क्रान्तिकारी बाटो देखाउँदछ । माक्र्सवादका मौलिक विशेषताहरू द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसंघर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, सर्वहारा अधिनायकत्व, तल्लो वर्गको जनतामा राज्यको शक्ति निहित आदि कुरा हुन् ।

मार्कवादी दर्शन

कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स माक्र्सवादी दर्शनका संस्थापक हुनुहुन्छ । पूँजीवादी समाजमा पूँजीपति वर्ग र सर्वहारा वर्गबीचको वर्गसंघर्षको अवस्था, प्रकृति विज्ञानका नयाँ–नयाँ खोजहरू र जर्मन शास्त्रीय दर्शन, इंगल्याण्डको राजनीतिक र फ्रान्सको समाजवाद माक्र्सवादको जन्मका भौतिक तथा सैद्धान्तिक आधार बन्न पुग्दछन् । पूँजीवादी दर्शनमा काण्टदेखि लिएर हेगेल एवं फायरवाखसम्म आउँदा दर्शनमा जुन समस्या पैदा भएका थिए, माक्र्स र एंगेल्सले तिनको समाधान गर्नुभयो । माक्र्सवादी दर्शनको नाम द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । माक्र्सवाद सर्वहारा वर्गको समग्र विचारधारा हो ।

दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद तीन तत्व मिलेर माक्र्सवाद बन्दछ, वर्गसंघर्ष इतिहासमा बल प्रयोग भूमिका, सर्वहारावर्गको अधिनायकत्व, साम्यवाद माक्र्सवादको इतिहास मीमांसाका मूल विषय हुन् । दर्शनलाई विज्ञानको एउटा विशिष्ट विज्ञानको अर्थमा विश्व दृष्टिकोणका रुपमा परिभाषित गर्नु, दर्शन शास्त्रको वैज्ञानिक अध्यपनका लागि मौलिक प्रश्नको समस्या सही ढंगले हल गर्नु, द्वन्द्ववाद र भौतिकवादलाई एकै ठाउँमा मिलाई द्वन्द्वात्मक भौतिकवादी दर्शनको स्थापना गर्नु, समाजवादको विचारधारालाई केन्द्रविन्दुमा राखि भौतिकवादको सिद्धान्त र द्वन्द्ववादको पद्धति अवलम्बन गरी नयाँ दार्शनिक प्रणालीको निर्माण गर्नु माक्र्सवादी दर्शनका मूल विशेषता हुन् ।

हामीले बुझ्ने कुरा के हो भने माक्र्स– एंगेल्सको समकालीन सन्दर्भ र त्यस यता दर्शनमा निकै विकास हुँदै आएको छ । आजको अवधि साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको अवधि हो । यस अवधिमा दर्शनका विकासका मुल तीन धारा रहेका छन् । ती हुन् (१) साम्राज्यवादी युगको पूँजीवादी दर्शन, (२) संशोधनवादी दर्शन र (३) माक्र्सवादी–लेनिनवादी–माओवादी दर्शन ।

यही नै हो दर्शनको ऐतिहासिक विकास प्रक्रियाको अति संक्षिप्त टिप्पणी । दर्शनको इतिहासबारे एंगेल्सले भन्नु भएको छ– प्रत्येक युगको दर्शन वस्तुतः श्रमविभाजनको निश्चित क्षेत्र हो, अतः त्यसले पूर्ववर्ति दर्शनबाट प्राप्त केही निश्चित क्षेत्र हो, अतः त्यसले पूर्ववर्ति दर्शनबाट प्राप्त केही निश्चित चिन्तन सामाग्रीलाई पूर्व मान्यताका रुपमा ग्रहण गर्दछ र त्यही त्यसको प्रस्थानविन्दु पनि हो । त्यसैकारण आर्थिक दृष्टिले पिछडिएका देशले दर्शनमा नेतृत्व गर्न सक्छन्, जस्तै अठारौं शताब्दीमा इंगल्याण्डको दर्शनमाथि नै आफ्नो दर्शनलाई आधारित बनाउने फ्रान्स इंगल्याण्डको तुलनामा अगाडि बढ्यो अथवा जर्मनी यी दुवैको तुलनामा अगाडि उभियो ।

१.            माक्र्सवादी दर्शनको परिचयः

माक्र्सवादी दर्शन सर्वहारावर्गको विश्वदृष्टिकोण हो । यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ । माक्र्सवादी दर्शन एक वैज्ञानिक दर्शन हो । माक्र्सवादी दर्शन एक वर्ग दर्शन हो । सर्वहारा वर्गको दर्शन हो । यस दर्शनलाई ष्टालिनले माक्र्सवादी “लेनिनवादी पार्टीको विश्वदृष्टिकोण हो” को रुपमा परिभाषित गर्नु भएको छ ।

२.            माक्र्सवादी दर्शनका जन्मका पूर्वाधारहरूः

माक्र्सवादी दर्शनको जन्म दर्शनशास्त्रको इतिहासको लामो विकास प्रक्रियाका बीचबाट भएको हो । माक्र्सवादी दर्शनको जन्म ऐतिहासिक आवश्यकताको कारणबाट भएको थियो । विश्व राजनीतिक रंगमञ्चमा एक स्वाधिन शक्तिको रुपमा देखापरेपछि सर्वहारावर्गको लागि एक साँच्चिकै वैज्ञानिक दर्शनको खाँचो पर्न गयो । त्यो एक प्रकारको ऐतिहासिक आवश्यकता थियो । सो परिपूर्ति माक्र्सवादी दर्शन अब अर्थात् द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शनले ग¥यो ।

विश्वको क्रान्तिकारी रुपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी वहन गरेको सर्वहारा वर्गको प्रयासलाई माक्र्सवादी दर्शनले सैद्धान्तिक आधार प्रदान ग¥यो । माक्र्सवादी दर्शनमा सर्वहारा वर्गले संसारलाई ठिकसित बुझ्ने र त्यसलाई बदल्ने एक अचुक बौद्धिक अस्त्र भेटायो । लेनिनले माक्र्सवादी दर्शनको महत्वलाई यसरी दर्शाउनु भएको छ– माक्र्सको दर्शन एउटा यस्तो परिपूर्ण भौतिकवाद हो, जसले मानव जातिलाई र खासरुपले मजदुरवर्गलाई ज्ञानका शक्तिशाली औजारहरू प्रदान गरेको छ । यस दर्शनका बारेमा स्वयं माक्र्सले लेख्नु भएको छ– “जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेटाउछ, त्यसरी नै सर्वहारा वर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।

अतः जुन परिस्थिति र परिवेशमा माक्र्सवादी दर्शन जन्मियो त्यसका आवश्यक पूर्वाधारहरू निम्न रहेका छन् ।

१.            सामाजिक–आर्थिक पूर्वाधार

मानव समाजको विकासक्रमको प्रक्रिया अन्र्तगत उन्नाइसौं शताब्दिको मध्यतिरसम्म आइपुग्दा युरोपका कतिपय देशहरू इंगल्याण्ड, फ्रान्सलगायतका देशहरूमा सामन्तवादका विरुद्ध पूँजीवादी क्रान्ति सम्पन्न हुँदै गए । त्यसै अवधिमा उत्पादक शक्तिको तीव्र विकास भएर गयो र यसै प्रक्रियामा औद्योगिक क्रान्ति भयो । पूँजीपति वर्गको गर्भबाट औद्योगिक सर्वहारावर्गको जन्म भयो । त्यसपछि समाजमा पूँजीपति र सर्वहारावर्ग बीचमा संघर्ष चर्कदै जान, थाल्यो । अतः पूँजीपति वर्गका विरुद्धको संघर्षमा सर्वहारा वर्ग आफ्नो हकहित र अधिकारका लागि आन्दोलनको प्रक्रिया अगाडि बढाउन थाल्यो त्यसै क्रममा सन् १८११–१८१२ बेलायतका मजदुरहरूले स्वतः स्पूmर्त रुपले मेशिन तोड (लुडायक) आन्दोलन चलाएका थिए । फ्रान्सको लियो शहरका कपडा कारखानाका मजदुरहरूले सन् १८३१ मा संगठित रुपले विद्रोह गरेका थिए । इंगल्याण्डमा सम्पन्न चार्टिष्ट आन्दोलन (१८३८–१८४२) यस सन्दर्भमा विशेष उल्लेखनीय रहेको छ । वास्तवमा चार्टिष्ट आन्दोलन मजदूर वर्गको पहिलो संगठित आन्दोलन थियो । ठीक यही परिस्थितिमा मजदूर वर्गको मुक्ति, उद्देश्य र आन्दोलनको लागि सुसंगत, क्रान्तिकारी, विचारधाराको निर्माण एक ऐतिहासिक आवश्यकता बन्न गयो ।

२.            प्रकृति विज्ञानका पूर्वाधारः

सामान्यतः दासताको युगको अन्त्य र पूँजीवादको विकाससँगै विशेषतः युरोपको पुनर्जागरण कालयता प्रकृति विज्ञानका क्षेत्रमा प्रशस्त विकास हुँदै आयो । ज्योतिषशास्त्र, गणित, भौतिक शास्त्र यन्त्रशास्त्र, रसायन विज्ञान, जीवविज्ञानलगायत प्रकृति विज्ञानका विविध क्षेत्रमा नयाँ–नयाँ खोज हुँदै गए । प्रकृति विज्ञानको क्षेत्रमा सौर्यमण्डलको सिद्धान्त दशमलब अंक पद्धति, प्रारम्भिक वीजगणित जस्ता चीज अरबहरूबाट प्राप्त हुन थाल्यो । युरोपीय पुनर्जागरण कालयता प्रकृति विज्ञानको क्षेत्रमा नयाँ चरणको थालनी भएको थियो । यसै सन्दर्भमा कोपरनिकस ग्यालिलियो, न्यूटन जस्ता वैज्ञानिकहरूले खगोल विज्ञानको क्षेत्रमा महत्वपूर्ण भूमिका खेले । त्यस्तै अन्य क्षेत्रमा पनि नयाँ खोज हुँदै गए । प्रकृति विज्ञानको क्षेत्रमा विशेषगरी भौतिक विज्ञानमा मायर, जुल तथा कोल्डिङ्गको ऊर्जा संरक्षण तथा रुपान्तरणको सिद्धान्त जीव रसायनविज्ञानमा खान्न तथा इलेइडेनको जैविकोषिकाको सिद्धान्त र डार्विनको विकासवाद उल्लेखनीय रहेका छन् ।

अतः यी सबै नयाँ खोजको परिणाम प्रकृति विज्ञानमा यान्त्रिक तथा अधिमूतवादी चिन्तनका विरुद्ध द्वन्द्ववादको स्थापना, प्रकृति तथा प्रकृति विज्ञान द्वन्द्ववादी रहेको पुष्टि, प्रकृतिका प्रक्रियाहरूबारे परिकल्पनाका स्थानमा भौतिकवादी पुष्टि हुनु र यस स्थितिमा तथाकथित प्रकृति दर्शनको अन्त्य भइ प्रकृति विज्ञानका विविध शाखाहरूले स्वतन्त्र विज्ञान बन्नका लागि राम्रो आधार तयार भयो । र यो पनि माक्र्सवादको जन्मको लागि महत्वपूर्ण आधार बन्न पुग्यो ।

३.            सैद्धान्तिक पूर्वाधार

माक्र्सवादका सैद्धान्तिक पूर्वाधारहरू तीनवटा रहेका छन् । जर्मन दर्शन शास्त्र, अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवाद क.           उन्नाइसौं शताब्दिमा जर्मनीमा हेगेल र फायरवाखमा आएर दर्शनले एउटा उत्कर्ष प्राप्त गरेको थियो । हेगेलले द्वन्द्ववादको चरम रुपमा विकास गरेका थिए । तर हेगेलको द्वन्द्ववाद अगाडि विकासीत हुन सक्दैन थियो, किनकी उनको द्वन्द्ववादको चरम सीमा निरपेक्ष विचार थियो । एंगेल्सले यसलाई हेगेलीय प्रणालीको एक भयंकर र अन्तिम भू–भ्रणपात बताउनु भएको थियो । हेगेलको यो निरपेक्ष विचार उनको आदर्शनवादकै अभिव्यक्ति थियो । यसैगरी त्योबेला आदर्शवादका विरुद्ध फायरवाखको भौतिकवाद थियो । तर, त्यो यान्त्रिक र साथै नैतिकताको मामिलामा आदर्शवादी थियो ।

दर्शनका क्षेत्रमा भएको सबभन्दा पहिलो विकास शास्त्रीय जर्मन दर्शनका रुपमा हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवाद थियो । हेगेल द्वन्द्ववादी थिए, तर, भौतिकवादी थिएनन्, आदर्शवादी थिए । फायरवाख भौतिकवादी थिए तर, द्वन्द्ववादी थिएनन् । अतः तत्कालीन समयमा देखापरेका यी दुवै दर्शनका मूल्यवान तथा सुसंगत विचारहरूलाई आत्मसात गरेर माक्र्स–एंगेल्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको विकास गरे ।

ख.          त्यसै क्रममा इंगल्याण्डमा राजनीतिक अर्थशास्त्रको नयाँ ढंगले विकास हुँदै गएको थियो । यस कार्यमा आदम स्मिथ र डेविट रिकार्डोले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनीहरूले भनेका थिए– सबै सम्पति र मूल्यको मूल श्रोत श्रम हो । यो एउटा महत्वपूर्ण प्रस्थापना थियो । मजदूरले आफ्नो श्रमबाट जुन मूल्यको सृष्टि गर्दछ, त्यो उसले पुरै प्राप्त नगरि किन पूँजीपति वर्गलाई दिनुपर्दछ भन्ने प्रश्न खडा गरी दिएका थिए, तर यो अन्तरविरोधको समाधान कसरी हुन सक्छ ? उनीहरूले यो प्रश्नको जवाफ खोज्न सकिरहेका थिएनन् । तब स्मिथ र रिकार्डोले अगाडि सारेका मूल्यका श्रमसिद्धान्तका आधारमा माक्र्सले अतिरिक्त मूल्यको सिद्धान्तको रुपमा नयाँ सिद्धान्तलाई विकसित गरे ।

ग.           त्यसै क्रममा नै फ्रान्सेली समाजवादको धारा पनि कैयौं नयाँ विचार लिएर अगाडि बढ्यो । यस सन्दर्भमा फ्रान्सका सेन्ट साइमन तथा चाल्र्स फुटिए र इंगल्याण्डका रोवर्ट ओवेनहरू प्रमुख रहेका छन् । समाजमा बढ्दै गएको पूँजीवादी उत्पडिन पूँजीपति र मजदुर वर्गको बीचको अन्तरविरोध, फ्रान्सेली राज्य क्रान्तिका स्वतन्त्रता, समानता र भातृत्वका सपनाहरूको ध्वंस पूँजीपति वर्गको छलकपट, होडवाजी, भ्रष्टाचार र चरम अनैतिकताका कारण तिनको पूँजीवादप्रतिको मोह समाप्त हुँदै गयो । तिनले दार्शनिक तर्क बुद्धिवादका आधारमा एक सुन्दर सामन्जस्यपूर्ण र शोषणविहिन समाज स्थापना गर्ने कुराको अर्थात् समाजवाद र साम्यवादको आदर्श प्रस्तुत गरे तर वास्तविक जीवनमा त्यस प्रकारको समाज कसरी स्थापना गर्न सकिन्छ भन्ने ठोस विचार उनीहरूले र रुपरेखा प्रस्तुत गर्न उनीहरूले सकेनन् । यो सबैको सही संश्लेषणा र विज्ञान सम्मत स्पष्टीकरण अनिवार्य बन्न गयो । त्यो काम माक्र्सवादले मात्र पूरा ग¥यो ।

प्रतिक्रियाहरु

[anycomment]