क्रान्तिका बाकी कार्यभार पुरा गरौं

अन्तत् कमरेड विप्लवले भने झै यो सत्ता र व्यवस्था पहिले नै असफल भैसकेको थियो । सामान्य जनताले देख्ने र बुझ्ने भाषाबाट व्यबहार मै पुस्टि भयो । अब , केपि अाेलिकाे प्रतिगामि र दक्षिणपन्थी यथास्थितिवादी कदमका बिरुद्ध ससक्त प्रतिबाद गराै।। शान्ति स्वाधीनता समानता र समृद्धिको लागि एकीकृत जनक्रान्ती हुँदै बैज्ञानिक समाजबादको मार्गमा अघि बढौ ।
हिजो प्रचण्ड, बाबुराम, बादल लगायतका नेताहरूको टाउकोको मुल्य तोक्नेहरूसँगको पार्टी एकता गरेर दलालहरूसँग मिलेर जनयुद्धका कुसल कमान्डर आफ्नै सहयोद्दा विप्लवलाई प्रतिबन्ध गर्नु नै तिम्रो दिन गन्तीसुरु भएको थियोे आज आएर केपिले देखाई दिए। अब काठमाडौ बसेर रुने होइन आट राख क्रान्तिगर्न जो यो संसद बिघठ्न मात्रै होइन ब्यबस्थानै परिवर्तन गर्न चाहन्छ जनता हामी उनै जनसमुदायको नेतृत्व गर्दै छौँ ।
त्यसैले सहि बिचार र नेतृत्व हुँदा नभएका चिजहरु प्राप्त गर्न सकिने बिचार गलत हुँदा प्राप्त उपलब्धिहरु क्षणभरमा गुमाउनुपर्ने कुरा जनयुद्धका १० बर्ष र शान्तिप्रक्रियाका केही बर्षको अनुभवबाट प्रत्येक्ष अनुभुती भएको छ।
दस बर्षको जनयुद्धमा प्राप्त उपलब्धि खोसिदा आन्दोलनमा रगत र पसिना बगाएर केही स्वतन्त्रता न्याय र समानाताको अनुभुती गरेका शाेशीत_ उत्पीडितहरु फेरि नारकिय जीवन बिताउन बाध्य भएका छ्न ।
यसैले गर्दा अबको आन्दोलन & क्रान्ति पुरानो राज्यबाट शाेशणदमनमा पारिएकाहरु ( महिला,दलित ,जनजाती आदिवासी ,किसान ) आन्दोलनमा आएको बिचलन,धोका र गद्द्दारिबाट पाठ सिक्दै सहि बिचार र सहि नेतृत्व निर्माण गर्न सदैब जनता होसियार छ्न हेक्का रहोस् प्रचण्ड ज्यू ।
देशको विद्यमान राजनीतिक सङ्कट प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम हो । संसदीय व्यवस्थाकै कारण पैदा भएको वर्तमान सङ्कटको समाधान साम्राज्यवादी तथा विस्तारवादी चलखेलमा गरिने अर्को संसदीय निर्वाचनले गर्न सक्दैन । यस सङ्कटको एकमात्र समाधान सङ्घीय जनगणतान्त्रिक सत्ता, व्यवस्था र सरकारको स्थापना हो । यसलाई आम जनताले मनन गर्नु जरुरी छ ।
विप्लवलाई प्रतिबन्ध लगाउदा विजय उत्सव मनाउनेहरुको हालत देखेर भन्न मन लाग्यो “तिमीहरूको बाटो पनि काडालाई सजिलै पन्छाईदिएर रातो कार्पेट बिछ्याएरै कहाँ बाट्कहागएर सकियो ।
नेकपाका महासचिव विप्लवले त्यसै भनेको हो र “हिजो ताती लाएर हिड्ने माओवादीहरु, खर्सुको बोटमुनी रात बिताउने माओवादीहरु एकजुट हुनुपर्छ” भनेर।
जनयुद्धमा जसको योगदान छैन उसैलाई काधमा बोकेको परिणाम आज प्रचण्डहरुले भोग्दै छन। महान सहिदहरु, बेपत्ता योद्धा, घाइते योद्धा एवम् तमाम उत्पीडित वर्ग, सहिद परिवार, बेपत्ता योद्धाका परिवारहरुको अपमान गरेर गद्धारी गरेको परिणाम भोग्दै छन प्रचण्डहरुले।
अझै केहि बिग्रेको छैन संसदीय ब्यबस्थाबाट बिद्रोह गरेर हिजोका माओवादीहरू आउनुस। हामीले परिकल्पना गरेको जनसत्ता निर्माण गरौं, जनसंबिधान घोषणा गरौं। क्रान्तिका बाकी कार्यभार पुरा गरौं।
क्रान्ति सम्भव छ मुक्ति सम्भव छ साथी ।।
फुटेर होइन जुटेर बडौ ,, एकीकृत जनक्रान्तीको महान यात्रामा ।।।