कम्युनिस्टहरूमा विश्वदृष्टिकोणको रुपान्तरणको समस्या
कम्युनिस्टहरूका निम्ति विश्वदृष्टिकोणमा रुपान्तरणको समस्या ज्यादै महत्वपूर्ण प्रश्न हो । विश्वलाई हेर्ने दुई भिन्न विश्वदृष्टिकोण छन् । (एउटा हो आध्यात्मवादी – आदर्शवादी) विश्वदृष्टिकोण । यस विश्वदृष्टिकोणले चेतना पहिलो हो र चेतनाबाट पदार्थको जन्म भएको भन्ने मान्दछ । यस विश्व ब्रह्माण्डको उत्पत्ति कुनै अदृश्य शक्ति (काल्पनिक ईश्वर) बाट भएको हो भन्ने मान्दछ । अर्थात् विश्व ब्रह्माण्डको सृष्टि ईश्वरले गरेको हो भन्ने मान्दछ । यो तर्क र पद्धति अवैज्ञानिक छ । यस दृष्टिकोणले विश्वलाई जान्न सकिन्छ, बुझ्न सकिन्न र बदल्न पनि सकिँदैन भन्ने मान्दछ । विश्व अज्ञेय छ भन्ने मान्दछ । यो दृष्टिकोण दर्शनशास्त्रको फाँटमा आध्यात्मवादी (आदर्शवादी) विश्वदृष्टिकोण हो । अर्को हो पदार्थ पहिलो हो र पदार्थकै विशिष्ट उपज चेतना हो र विश्व ब्रह्माण्डको सृष्टिकर्ता अरु कोही नभएर स्वनिर्मित हो भन्ने मान्दछ । र विश्वलाई जान्छ सकिन्छ, बुझ्न सकिन्छ र यसलाई बदल्न सकिन्छ भन्ने मान्दछ । यो तर्ककलाई वैज्ञानिक तर्क मानिन्छ । र यसले विश्व ज्ञेय छ भन्ने मान्दछ । यो दृष्टिकोण दर्शनशास्त्रको फाँटमा भौतिकवादी विश्वदृष्टिकोण हो ।
विश्वदृष्टिकोण भनेको यो त्यो सिद्धान्त हो, विचारहरु र आस्थाको योग हो, जसले कुन व्यक्ति, सामाजिक समूह, वर्ग वा समग्ररुपमा सामाजिक क्रियाकलापको दिशा र यथार्थप्रतिको धारणा निर्धारण गर्दछ । विश्वदृष्टिकोणको प्रश्न आधारभूत दर्शनका प्रश्नहरुसित अभिन्न रुपले जोडिएका हुन्छन् । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद कम्युनिस्टहरूको विश्वदृष्टिकोण हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई स्टालिनले ‘माक्र्सवादी–लेनिनवादी पार्टीको विश्वदृष्टिकोण’ को रुपमा परिभाषित गर्नु भएको छ । संसारमा धेरै प्रकारका दर्शनहरु छन् । माक्र्सवादी दर्शन मात्र कम्युनिस्टहरूको दर्शन हो । माक्र्सवादी दर्शन मात्र विश्व सर्वहारा वर्गको दर्शन हो ।
कार्ल माक्र्स (सन् १८१८–१८८३ ) र फ्रेडिक एंगेल्स (सन् १८२०–१८९५) माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका प्रवर्तक हुनु हुन्छ । माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यश दर्शनको सिद्धान्त भौतिकवाद हो । माक्र्सवादी दर्शनले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ । यसले चेतनालाई वस्तु जगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ । यो दर्शनको पद्धति द्वन्द्ववाद हो । प्रत्येक दर्शन वर्ग दर्शन रहने कुरा माक्र्सवादी दर्शनको सम्बन्धमा पनि लागू रहन्छ । माक्र्सवादी दर्शन एउटा वर्ग दर्शन हो । सर्वहारा वर्गको दर्शन हो । तर यो अन्य दर्शनहरु झै अल्पसंख्यकहरुको, शोषकहरुको दर्शन नभएर बहुसंख्यकहरुको, सर्वहाराहरुको दर्शन हो ।
माक्र्सवादी दर्शनको उत्पत्ति ऐतिहासिक आवश्यकताको कारणबाट भएको थियोे । विश्व राजनीतिक रङ्गमञ्चमा एक स्वाधीन शक्तिको रुपमा देखा परेपछि सर्वहारावर्गको लागि एक साँच्चिकै वैज्ञानिक दर्शनको खाँचो पर्न गयो । त्यो एक प्रकारको ऐतिहासिक आवश्यकता थियोे, जसको परिपूर्ति माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनले ग¥यो । त्यस दर्शनमा सर्वहारा वर्गले संसारलाई ठीक शीत बुझ्ने र त्यसलाई बदल्ने एक अचुक बौद्धिक अस्त्र भेटाएको छ । यसको महत्वलाई लेनिनले यसरी दर्साउनु भएको छ– “माक्र्सको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानवजातिलाई र खास रुपले मजदुरवर्गलाई ज्ञानका शक्तिशाली औजारहरु प्रदान गरेको छ ।” – लेनिन, संकलित रचनाहरु, भाग १९, पृष्ठ २५ ।
जो संसलाई फेर्न चाहन्छ, विद्यमान यथार्थतालाई फेरेर नयाँ यथार्थताको निर्माण गर्न चाहन्छ, उनीहरूले संसारलाई बुझ्नु पर्दछ, त्यसलाई फेर्ने तरिका जान्नु पर्दछ । यही सामथ्र्य माक्र्सवादी दर्शनले उनीहरूलाई दिन्छ । सर्वहाराहरुको लागि दर्शनको कत्रो महत्व रहेको हुन्छ भन्ने कुरालाई माक्र्सले यसरी बताउनु भएको छ– “जसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।” – माक्र्स–एंगेल्स, संकलित रचनाहरु, भाग ३, पृष्ठ १८७ ।
त्यसैगरी माक्र्सवादको दार्शनिक पक्षको महत्वलाई माओ त्सेतुङले यसरी दर्शाउनु भएको छ– “माक्र्सवाद ज्ञानका अनेक शाखाहरुबाट बनेको छ, माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात् वर्गसंघर्षको सिद्धान्त तर जगचाहिँ माक्र्सवादी दर्शन हो । यदि यसलाई मनन् गरिँदैन भने हाम्रो एउटा साझा भाषा वा साझा तरिका हुने छैन, हामी चीजहरुलाई स्पष्ट नपारिकन यताउताको कुरा तर्क मात्र गरिरहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन् गरिसकेपछि थुप्रै दुःखकष्टहरुबाट जोगिने छन् र धेरै गलतीहरु हट्नेछन् ।”
माक्र्सवादले सर्वहारा वर्गलाई विश्वदृष्टिकोण पैदा गर्दछ । माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन सर्वहारा वर्ग र त्यस वर्गको पार्टी कम्युनिस्ट पार्टीका नेताहरुमा यसको ग्रहण अध्ययन र आत्मसातिकरणले विश्वदृष्टिकोण पैदा गर्दछ । संसार बदल्ने सैद्धान्तिक हतियार अर्थात् विश्वदृष्टिकोण पैदा गर्दछ । आज माक्र्सवादले पहिलो चरणमा माक्र्सवादको विकास गरेको छ । माक्र्सवादले गुणात्मक रुपमा दोस्रो चरणमा लेनिनवादमा विकास गरेको छ भने र माक्र्सवाद–लेनिनवादले गुणात्मक रुपले तेस्रो नयाँ चरणमा माओवादमा विकास गरिसकेको छ ।
यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अभेद्य इकाईका रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ । माओवादलाई आजको विश्वको माक्र्सवाद–लेनिनवादको रुपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्तैन । आजको विश्वको माक्र्सवाद–लेनिनवाद भएकोले नै संसारमा सबै खाले प्रतिक्रियावादीहरु, संशोधनवादीहरुले माओवाद एवम् माओवादीहरुमाथि भीषण हमला गरिरहेका छन् ।
जसरी माक्र्सवाद–लेनिनवादको स्थापना कम्युनिस्ट क्रान्तिकारीहरुद्वारा सबै खाले प्रतिक्रियावाद, संशोधनवाद र अवसरवादका विरुद्धको संघर्षका क्रममा भएको हो, त्यसरी नै आज माओवादको स्थापना पनि निर्मम वर्गसंघर्षका बीचबाट भएको हो । यसरी आज माक्र्सवाद–लेनिनवाद–माओवाद विश्वसर्वहारा वर्गको मुक्तिको सिद्धान्त बनेको छ । विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनका नेताहरुमा विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसकेकै कारण विश्व कम्युनिस्ट आन्दोलनमा नै ठूला–ठूला प्रतिक्रान्तिका परिघटनाहरु घटित हुन पुगे । यही विश्वदृष्टिकोणको समस्याले गर्दा नै सोभियत संघ, चीन, पूर्वी युरोप र पूर्वी एशियामा प्रतिक्रान्ति भयो । यही समस्याका कारणले गर्दा नै फिलिपिन्स, टर्की, चिली, इन्डोनेसिया, निकारागुवा, पेरु र नेपालमा विजयको सन्निकट पुगेका क्रान्तिहरु असफल भएका हुन् ।
नेपालमा जुन महान् जनयुद्धको विरासतलाई समेत निस्तेज पार्दै जुन भीषण प्रतिक्रान्ति भयो, त्यसको मुख्य कारण महान् दस वर्षेे जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’, बावुरा भट्टराईमा पैदा भएको चरम अवसरवाद र सैद्धान्तिक विचलन हो । जसले नेपाली माओवादी आन्दोलन नै विसर्जन हुन पुग्यो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा प्रुँधो, लासालहरु, ब्लांकीहरु शुरुमा कम्युनिस्ट क्रान्तिकारी नै थिए । पछि उनीहरू चरम् अवसरवादी र अराजकतावादी भएका थिए । यस्तो हुनुमा विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसक्नु नै थियो । बर्नस्टिन पनि शुरुमा बहुतै कम्युनिस्ट क्रान्तिकारी थिए । विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसके कैकारण उनी माक्र्सवाद विरोधी मात्र भएनन्, उनी शास्त्रीय संशोधनवादका पिता सावित भए ।
जर्मन कम्युनिस्ट पार्टीका नेता कार्ल काउत्स्की पहिले रुसका लेनिनभन्दा पनि खाटी क्रान्तिकारी भए । पछि उनी पनि संशोधनवादी भए र लेनिनले ‘गद्धार काउत्स्की’ नामक पुस्तक समेत लेख्नु प¥यो । काउत्स्की पनि विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसकेर नै गद्दार काउत्स्की बन्न पुगेका थिए । निकिता ख्रुस्चोव पनि पहिले कम्युनिस्ट क्रान्तिकारी नै थिए । सोभियत कम्युनिस्ट पार्टी (बोल्सेविक) का महासचिव समेत थिए । पछि अर्थात् सन् १९५६ मा उनले सोभियत समाजवादमा पुँजीवाद घुसाए र सो रुसमा पुँजीवादको पुनस्र्थापना भयो । चीनका ल्यु शाओ चि र दङ श्याओ पिङ पनि चीनका धुरन्धर क्रान्तिकारी कम्युनिस्ट नेता नै थिए । ल्यु श्याओ चिले त ‘असल कम्युनिस्ट कसरी बन्ने’ नामक पुस्तकसम्म लेखेका थिए ।
सन् १९५६ मा चिनियाँ कम्युनिस्ट पार्टी भित्र संशोधनवाद घुसाउने पहिलो व्यक्तिमा उनै ल्यू श्याओ चि र दङ शाओपिङले चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ समाजवादभित्र पुँजीवादको पुनस्र्थापना गरेका थिए र संशोधनवादी गद्दार बनेका थिए । उनीहरू पनि विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसक्नु नै प्रमुख कारण थियो । विश्व कम्युनिस्ट आन्दोलनभित्र जन्मिएका सबै खाले संशोधनवादीहरु विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसकेकै कारण संशोधनवादीहरुको लाइनमा लामबद्ध हुन पुगेका छन् । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले हेगेलको आदर्शवादको बोक्राले छोपेको द्वन्द्ववादलाई ती आदर्शवादी बोक्राहरुलाई फ्याँकेर वास्तविक द्वन्द्ववादको संयोजन गरेका थिए । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले अधिभूतवादका बोक्राहरुले बेरिएको भौतिकवादलाई ती अधिभूतवादका बोक्राहरुलाई फ्याँकेर वास्तविक भौतिकवादको संयोजन गरेका थिए । माक्र्स र एंगेल्स सच्चा क्रान्तिकारी, निःस्वार्थी भए कै कारण माक्र्सवाद जस्तो क्रान्तिकारी र वैज्ञानिक विचार प्रतिपादन गर्न समर्थ हुनु भयो । वास्तविक रुपमा विश्वदृष्टिकोणमा रुपान्तरण हुन समर्थ भए कै कारण माक्र्स र एंगेल्स जीवनभर क्रान्तिकारी र माक्र्सवादको संरक्षक बन्न समर्थ रहनु भयो ।
एक कालखण्डमा क्रान्तिकारी हुनु र अर्को कालखण्डमा संशोधनवादी एवम् गैरक्रान्तिकारी मात्र होइन, प्रतिक्रान्तिकारीको नाइके हुनुको प्रमुख कारण माक्र्सवादका आधारभूत सिद्धान्तहरुको गहिरो (गहन) अध्ययन नहुनु, कम्युनिस्ट पार्टी भित्र व्यवस्थित र योजनाबद्ध एवम् वैज्ञानिक स्कुलिङ नचलाइनु, स्कुलिङमा भाग नलिनु, माक्र्सवाद अर्थात् आजको माक्र्सवाद–लेनिनवाद–माओवादको टपर्टुइयाँ अध्ययनका आधारमा नेता बन्नु, नेता बनाइनु, नेतृत्व गर्न पुग्नु नै संशोधनवादी बन्नुका प्रमुख आधार हुन । यस प्रकारका व्यक्ति एक पटक क्रान्तिकारी नेता भएको भए पनि, क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्व गरेको भए पनि, वर्गसंघर्षको नेतृत्व गरेको भए पनि पछिल्लो अवधिमा अलिकति अप्ठ्यारो पर्ने बित्तिकै, अवसर पाउने बित्तिकै चरम् अवसरवादी बन्ने र संशोधनवादी गद्दार बन्ने प्रमुख आधार बन्न पुग्छन् । यस प्रकारका व्यक्तिहरुले क्रान्तिप्रति गद्दारी गर्दछन्, । जनताप्रति गद्दारी गर्दछन् र समग्रमा देश र जनताप्रति गद्दारी गरेर प्रतिक्रियावादी समेत बन्न पुग्दछन् । विश्व कम्युनिस्ट आन्दोलनमा यस प्रकारका सैयौ उदाहरण र प्रमाणहरु छन् ।
दोस्रो कुरा माक्र्सवादको गहिरो अध्ययन गर्दैमा, मालेमावादको गहिरो अध्ययन गर्दैमा कोही पनि सदा क्रान्तिकारी भइरन्छ भन्ने कुनै माक्र्सवादी द्वन्द्ववादी तर्क हुन सक्तैन । उसले माक्र्सवाद अर्थात् मालेमावादलाई आत्मसातिकरण गर्न सक्नुपर्छ । माक्र्सवादलाई जीवन व्यवहारमा लागू गर्न सक्नु पर्छ । पार्टी भित्र अन्तर्संघर्षमा पनि पोख्त हुुुुनु र वर्गसंघर्षमा सक्रिय र आत्मबलिदानीका उच्च भावनाका साथ भाग लिनु हो । मालेमावादको अध्ययन गर्दैमा सच्चा क्रान्तिकारी कम्युनिस्ट भइन्छ भन्ने कुरा साँचो होइन, माक्र्सवादी सच्च्याई पनि होइन । कम्युनिस्ट क्रान्तिकारीहरु र क्रान्तिकारी कम्युनिस्ट पार्टी भित्र विश्वदृष्टिकोणमा रुपान्तरण हुनका लागि परिवारलाई पार्टीकरण गर्ने, परिवार भित्र कम्युनिस्ट आचरण र व्यवहारलाई लागू गरिनु अनिवार्य हुन्छ । परिवार भित्र जीवन साथी र जीवन संगिनी बीच, छोराछोरी र बाबु आमाका बीचमा पार्टी नीति र कम्युनिस्ट पार्टीको सिद्धान्तका बारेमा स्कुलिङ गर्ने, गराउने, घर परिवार भित्र जनवादी संस्कृतिको विकास गरिनु पर्दछ । अर्थात् परिवार भित्र कम्युनिस्ट संस्कृतिको विकास गरिनु पर्दछ । यसको अभावमा कम्युनिस्ट परिवार वास्तविक रुपमा कम्युनिस्ट संस्कृतिमा, कम्युनिस्ट संस्कारमा ढाल्न सकिँदैन । कम्युनिस्ट संस्कृति भनेको वैज्ञानिक र व्यवहारिक संस्कृति हो ।
परिवार भित्र प्रतिक्रान्तिका बीजहरु रहने भएकाले त्यहाँ साँस्कृतिक क्रान्ति परिवारबाटै चलाउन अनिवार्य हुन्छ । साँस्कृतिक क्रान्तिको अभावमा त्यो परिवार वास्तविक रुपमा क्रान्तिकारी बन्न सक्तैन । परिवार भित्र नै कम्युनिस्ट स्कुलिङ चलाउने हो भने त्यो परिवारमा कम्युनिस्ट संस्कृतिको विकास हुन जान्छ । पार्टी भित्र पनि एकातिर माक्र्सवादको स्वअध्ययन गर्ने वातावरणको सृजना गर्ने र स्वच्छ तथा वैज्ञानिक वातावरण मिलाउन जरुरी हुन्छ । स्वअध्ययन ज्ञान आर्जनको महत्त्वपूर्ण साधन हो । पार्टी भित्र पार्टीका नेता, कार्यकर्ताहरुलाई माक्र्सवादी ज्ञान सिद्धान्तद्वारा लैस गर्न र अब्बल दर्जाका क्रान्तिकारी नेता, कार्यकर्ता निर्माण गर्नका निम्ति पार्टी स्कुलको व्यवस्था गरिएको पर्दछ । कार्यकर्ता भनेका पार्टीका सम्पत्ति हुने भएकाले उनीहरूको पहिलो सर्त भनेको माक्र्सवादी ज्ञान सिद्धान्तले लैस बनाउनुु हो ।
लेनिन र माओले सञ्चालन गरेका पार्टी स्कुलिङहरु विश्व कम्युनिस्ट आन्दोलनमा नै अति उदाहरणीय र प्रेरणादायी बनेको इतिहास छ । साँच्चिकै वैज्ञानिक र योजनाबद्ध एवम् व्यवस्थित पार्टी स्कुलिङ सञ्चालन गरेकै गरेका कारण रुस र चीनमा महान् क्रान्तिहरु पनि सम्पन्न हुन पुगे । जुन–जुन देशहरुले पार्टी स्कुलिङको व्यवस्था गर्न सकेनन् या चाहेनन्, ती देशहरूले क्रान्ति सम्पन्न गर्न पनि सकेनन् । अब्बल दर्जाका क्रान्तिकारी कार्यकर्ताविना कुनै पनि कम्युनिस्ट पार्टी आफ्नो लक्ष्यमा पुग्ने कुरै भएन । आमपार्टी पंक्ति भित्र विश्वदृष्टिकोणमा रुपान्तरण गर्ने महान् उद्देश्यका साथ कमरेड माओले चीनमा महान् दश वर्षे सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गर्नु भयो र यस महान् दश वर्षेे सर्वहारा साँस्कृतिक क्रान्ति भनेको सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त हो । कमरेड माओ आफ्नो जीवनमा महान् दस वर्षे चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति सफल हुनु भएको थियो । तर, सन् १९७६ सेप्टेम्बर ९ दिन माओको निधन भयो । त्यसको ठीक एक महिना पछि चीमा संशोधनवादी देङ गुटले प्रतिक्रान्ति ग¥यो । नेपालमा नेपाल कम्युनिस्ट पार्टी निर्माण गरिएको ७० वर्ष पूरा भइसकेको छ । तर, महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने काम बाँकी नै छ ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को पहलमा महान् दस वर्षेे जनयुद्धको पहल गरियो । क्रान्ति विजयको सन्निकट अवस्थामा पुगेको बेला जनयुद्धको नेतृत्व गर्दै आएका प्रचण्ड र बाबुराम भट्टराईमा गम्भीर प्रकारको वैचारिक विचलन आए पछि महान् नेपाली क्रान्तिले गम्भीर प्रकारको धक्का खायो । महान् नेपाली नयाँ जनवादी क्रान्तिले यसरी धक्का खानुमा माथि पनि उल्लेख गरिएको छ कि जनयुद्धको नेतृत्व गर्दै आएको मुख्य नेतृत्वमा विश्वदृष्टिकोणमा रुपान्तरण हुन सक्नु हो । यस कमीले गर्दा त्यस नेतृत्वमा छिटो विचलन आयो ।
अर्को पक्ष्य आमपार्टी भित्र विभिन्न तह गत पाठ्यक्रम तर्जुमा गरेर नियमित र वैज्ञानिक र व्यवहारिक रुपमा माक्र्सवादी स्कुलिङ सञ्चालन नगरिनु र आफ्ना नेता, कार्यकर्ताहरुलाई माक्र्सवादी ज्ञान सिद्धान्तले लैस नगर्नु र नगराउनु प्रमुख कारण रहेका छन् । नेतृत्वले विचारविनाका हजारौं लम्पट कार्यकर्ताहरु तयार पार्ने र ती कार्यकर्ताहरुलाई वरिपरि लगाएर हिँड्ने गरेकै कारण महान् नेपाली नयाँ जनवादी क्रान्तिमाथि छिटो प्रतिक्रान्ति भयो र महान् नेपाली नयाँ जनवादी क्रान्तिले गम्भीर प्रकारको धक्का खान पुग्यो । नेताहरुमा विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसके पछि कार्यकर्ताहरुमा विश्वदृष्टिकोणमा रुपान्तरण हुने कुरै भएन । कार्यकर्ताहरुमा विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसक्नुले गर्दा महान् दस वर्षेे जनयुद्धले गम्भीर प्रमुखको धक्का खानुपर्ने भयो । महान् नेपाली नयाँ जनवादी क्रान्तिको यो कठिन यात्रामा ज्यादै दुखद परिघटना हो । यसले महान् नेपाली नयाँ जनवादी क्रान्तिको यात्रामा र सिंगो नेपाली कम्युनिस्ट आन्दोलनमा नै गम्भीर प्रकारको समस्या हो । यसो हुनुमा यो आम पार्टी पंक्ति भित्र विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसक्नु नै जिम्मेवार रहेको छ ।
यसबाट शिक्षा लिन जरुरी छ । हाम्रो देशमा महान् नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने काम बाँकी नै छ । आज दक्षिणपन्थी संशोधनवाद महान् नेपाली क्रान्तिको मुख्य बाधकको रुपमा खडा हुन पुगेको छ । यो महान् नेपाली नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने जिम्मेवारी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको काँधमा आइपुगेको छ । मूलतः नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को काँधमा आइपुगेको छ । यसको निम्ति देशभर छरिएका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई एकीकृत गरेर विशाल क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्नु यसको पहिलो कर्तव्य बन्न गएको छ । यसभन्दा पहिले महान् नेपाली नयाँ जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार सम्हालिरहेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) विचार, सिद्धान्त, कार्यक्रम, आचरण, जीवनशैली, कार्यशैली विश्वदृष्टिकोण आदि विषयमा एकताबद्ध हुन जरुरी छ । आन्तरिक काम नै पहिलो हो । बाह्य काम दोस्रो हो । यहाँनेर स्पष्ट पार्न विषय के हो भने यहाँ पनि नेतृत्वतहदेखि कार्यकर्तासम्म अर्थात् आम पार्टी पंक्ति भित्र विश्वदृष्टिकोणमा रुपान्तरण हुन आवश्यक मात्र होइन, अनिवार्य सर्त बन्न पुगेको छ । यसको प्राप्तिका निम्ति आमपार्टी पंक्ति भित्र पार्टी स्कुलिङको कामलाई घनिभूत रुपमा सञ्चालन गर्न आवश्यक छ । स्कुलिङविनाका क्रान्तिकारी कम्युनिस्ट पार्टी भनिएका कम्युनिस्ट पार्टीहरुले घोषित लक्ष्य हासिल गर्न नसकेका र प्राप्त उपलब्धिहरुलाई जोगाउन र संरक्षण गर्न नसकेका प्रशस्तै उदाहरणहरु हाम्रो बग्रेल्ती छन् ।
विश्व कम्युनिस्ट आन्दोलनलाई फर्केर हेर्ने हो भने के पाइन्छ भने रुस, चीन जस्ता समाजवादी मुलुकहरुमा प्रतिक्रान्ति हुनुमा आमपार्टी पंक्ति भित्र पार्टी स्कुलिङको अभाव र मुख्य नेतृत्वतहमा विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसक्नु नै हो । यसरी विश्व कम्युनिस्ट आन्दोलनबाट आजका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु तथा आमनेता, कार्यकर्ताहरु समेतले शिक्षाका रुपमा ग्रहण गर्न जरुरी छ । विश्वदृष्टिकोणमा रुपान्तरणको महत्व नबुझ्ने र यसलाई व्यवहारमा लागू गर्न नसक्ने कम्युनिस्ट पार्टीहरुले न त घोषित लक्ष्य नै हासिल गर्न सकेको इतिहास छ, नत प्राप्त उपलब्धिहरुलाई जोगाउन र संरक्षण गर्न सकेको इतिहास छ । यसबाट सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र ती पार्टीहरुका समग्र नेता तथा कार्यकर्ताहरुले शिक्षा लिन जरुरी छ ।
कम्युनिस्ट पार्टीहरुमा जुन विश्वदृष्टिकोणका समस्याहरु समाधान गर्ने एक मात्र पार्टी स्कुलिङ हो भने आम पार्टी पंक्ति भित्र वैचारिक सुदृढीकरण अभियान सञ्चालन अर्को विधि हो । पार्टी पंक्ति भित्र वैचारिक छलफल, बहस सञ्चालन गर्ने विधि पनि ज्यादै महत्वपूर्ण काम हो । अन्तर पार्टी संघर्ष, अन्तः संघर्ष र दुई लाईन संघर्षलाई माक्र्सवादी विधि र पद्धतिद्वारा हल गर्ने आँट गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले मात्र पार्टीलाई एकताबद्ध राखिराख्न र आफ्नो घोषित लक्ष्य हासिल गर्न सक्छन् र प्राप्त उपलब्धिहरुलाई जोगाई राख्न र संरक्षण गर्न सक्छन् । विश्व कम्युनिस्ट आन्दोलन सकारात्मक पक्ष हो । यस शिक्षालाई सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र आम नेता तथा कार्यकर्ताहरुले यस प्रकारका शिक्षाहरुले जीवन व्यवहारमा लागू गर्नु मुख्य कर्तव्य हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी र ती पार्टीका क्याडरहरुले यो शिक्षालाई कुनै पनि हालतमा भुल्नु हुँदैन । कम्युनिस्ट पार्टीको नेतृत्व क्रान्तिकारी मापदण्डअनुसार माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा रहेर विश्वदृष्टिकोणमा रुपान्तरण हुन नसक्ता विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनले समेत गम्भीर प्रकारको क्षति व्यहोर्नुपरेको छ । यो वस्तवादी यथार्थतालाई आजका विश्वभरका माओवादी क्रान्तिकारीले कदापि भुल्नु हुँदैन ।
(लेखक ः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)