साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा ‘दर्शन’

२०७८ असार २० गते, आईतवार

हस्तबहादुर केसी

‘दर्शन आफ्नो समयको बौद्धिक सारतत्व’, संस्कृतिको जीवित आत्मा हो ।’

– कार्ल माक्र्स, कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स, संकलित रचना संग्रह, खण्ड १, पृष्ठ १०५ ।

दर्शनको मुख्य विशेषता समयसापेक्ष र वर्गपक्षधरता हो । त्यसो भएर नै सर्वहारावर्गका महान् नेता तथा माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले दर्शनशास्त्रलार्ई आफ्नो समयको ‘बौद्धिक सारतत्व’, संस्कृतिको जीवित आत्मा’ भन्नुभएको थियोे । साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको दर्शन मूलतः संशोधनवादी दर्शन र त्यसका विविध धाराहरुको विकास भएको दर्शन हो । यो आलेख यसै विषयमा केन्द्रीकृत भएर लेख्ने प्रयत्न गरिनेछ । त्यसभन्दा पहिले दर्शन युगसापेक्ष भएकोले यहाँ थोरै दासयुगकालिन, सामन्तवादीकालिन र पुँजीवादीकालिन दर्शनका बारेमा चर्चा गर्ने प्रयत्न गरिनेछ । दर्शनको जन्म उत्पादनको निम्ति संघर्ष, वैज्ञानिक प्रयोग र वर्गसंघर्षका बीचबाट भएको हो, थियो । दासमालिक समाजको विकासप्रक्रियाका बीचबाट अर्थात् आदिम साम्यवादी युगको अन्त्य र दास युगको जन्मपश्चात् दर्शनको पनि जन्म भएको हो । किनकि दासयुगिन समाज पहिलो वर्गीय समाज थियोे । यसरी मानव समाजमा वर्गको जन्मसँगै दर्शनको पनि जन्म भएको हो । प्राचीन युनान, भारत,नेपाल र चीनमा दर्शन विकसित हुँदै आएको पाइन्छ । मानव समाजको ऐतिहासिक विकासको क्रमअन्तर्गत दास मालिक समाज (दास युगिन समाज), सामन्तवादी युग, पुँजीवादी युग हुँदै आज साम्राज्यवाद र सर्वहारा क्रान्तिकोसम्म विकास भइसकेको छ । दर्शन युगसापेक्ष हुनेभएकोले प्रत्येक विकासक्रमसंगै दर्शनको पनि विकास हुदै आएको छ ।

दासमालिक समाज (प्रारम्भिक कालमा दर्शन)

दसमालिक समाज (दासयुगिन समाज) को दर्शन सबैभन्दा पहिलेको दर्शन हो । यसै युगमा दर्शनको जन्म भएको हो । तत्कालीन समाज विकासको प्रक्रियामा दर्शन सबै देशहरूमा एक समान ढंगले अगाडि बढेको पाइँदैन । खासगरी प्रारम्भिक युगको दर्शनलार्ई प्राचीन दर्शन भनिन्छ । प्राचीन दर्शन प्राचीन युनान तथा रोम, नेपाल तथा भारत र चीनमा विकसित भएको पाइन्छ ।

प्राचीन युनानी दर्शनमा मूलतः संवत ः स्पूmर्त भौतिकवाद र द्वन्द्ववादको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । त्यस समयका दार्शनिकहरुमा हेरेक्लाईटस र डेमोक्राइटस प्रमुख रहेका थिए । द्वन्द्ववादको विकासमा युनानी दार्शनिक अरस्तुको महत्वपूर्ण भूमिका रहेको थियोे । त्यस युगमा युनान तथा रोमन दर्शन, नेपाली दर्शन, भारतीय दर्शन र चीनको दर्शन रहेका छन् । यो छोटो आलेखमा यी सबै दर्शनका विषयमा विस्तृत रुपमा व्याख्या गर्न सम्भव छैन । पछि अनेत्रै व्याख्या गरिनेछ ।

सामन्तवादी युगको दर्शन

सामन्तवादी युगको दर्शनलार्ई मध्ययुगको दर्शन भनिन्छ । त्यस दर्शनको प्रारम्भ पश्चिममा रोमन साम्राज्यको पतन र भारती उपमहाद्वीपमा गुप्त साम्राज्यको थालनी देखि भएको पाइन्छ । त्यस युगको दर्शनलार्ई धर्म दर्शन पनि भनिन्छ । त्यस युगको दर्शनलार्ई युरोपको दर्शन, अरबी दर्शन, भारतीय दर्शन नेपाली दर्शन र चीनमा बौद्ध (कन्फ्युसियस) ताओवादी दर्शन गरी विभक्त गरिएको थियो ।

पु“जीवादी युगमा दर्शन

पुँजीवादी युगमा मानव समाजको विकास हुनेक्रममा नयाँ उत्पादक शक्तिको सशक्त रुपमा विकास भएको थियो । सामन्तवादका विरुद्ध जनसमुदायको तीब्र ओक्रोस बढ्नु, ज्ञान–विज्ञानका क्षेत्रमा हुनु, कोपरनिकस (सन् १४७४ – १५४३) द्वारा सूर्यलार्ई पृथ्वीको केन्द्र मान्दै पृथ्वीलार्ई गोल कताउँदै त्यसले सूर्यलार्ई केन्द्र मानेर घुम्छ भन्ने परिकल्पना प्रस्तुत हुनु र त्यसलार्ई ग्यालिलियो (१५६४ – १६४२) द्वारा पुष्टि गरिनु, बारुदको खोज, छापाका मेसिनको ज्ञान तथा कम्पासको आविष्कार हुनु कोलम्बसद्वारा सन १४९२ मा अमेरिका तथा वास्को द गामाद्वारा १४९८ मा भारतीय मार्गको खोज गरिनु, सामन्तवादका विरुद्ध युरोपका विभिन्न देशहरूमा विविध प्रकारका साँस्कृतिक आन्दोलन सम्पन्न हुनु, यसै प्रक्रियामा कैयौं दार्शनिकहरुद्वारा धर्ममाथि प्रहार गर्ने र तार्किक चिन्तनमाथि जोड दिने काम सम्पन्न हुदै गए । यी सबै कुराबाट भौतिकवादी दर्शनको विकासका लागि आवश्यक पूर्वाधार तयार हुदै गएको थियोे । पुँजीवादी समाजमा विकास भएको भएको दर्शनला मूलतः दुई भागमा विकसित भएको पाइन्छ । जस्तो (१) पुँजीवादी दर्शन र (२) सर्वहारावादी दर्शन । सर्वहारावादी दर्शन भनेको माक्र्सवादी दर्शन हो । माक्र्सवादी दर्शन सर्वहारावर्गको विश्वदृष्टिकोण हो । र साथै माक्र्सवादी दर्शन विश्व सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक अस्त्र र पथप्रदर्शन सिद्धान्त समेत हो ।

पु“जीवादी दर्शन

वास्तविक रुपमा पुँजीवादी युगको दर्शन आदर्शवाद र भौतिकवाद, अधिभूतवाद र द्वन्द्ववाद, अधिभूतवावादी भौतिकवाद र आदर्शवादी द्वन्द्ववादकाबीचको संघर्षको बीचबाट विकसित हुँदै आएको छ । पुँजीवादी युगको मुख्य दार्शनिक प्रवृत्ति यान्त्रिक भौतिकवाद हो । खासगरी सत्रौँ र अठारौं शताब्दीमा प्रकृतिविज्ञानमा भएको प्रगतिले भौतिकवादको विकासमा मद्दत पु¥याएको थियो । सत्रौँ शताब्दीमा इङ्गल्याण्डमा दार्शनिकहरु बेकन ती तीनैजना दार्शनिकहरुले भौतिक पदार्थलार्ई प्राथमिक र त्यसैबाट चेतनाको उत्पत्ति भएको कुरा मान्दथिए । (१५६१ – १६२६), हाब्स (१५८८ – १६७९) र लाक (१६३२ – १७०४) द्वारा भौतिकवादको राम्रो विकास भएको थियो । पुँजीवादी दर्शनको विकास प्रक्रियाअन्तर्गत उन्नाइसौं शताब्दीको जर्मन शास्त्रीय दर्शनअन्तर्गत मुख्यतः काण्ट (सन् १७२४ – १८०५), फिक्टे (१७६२ – १८१४), शेलिङ्ग (१७७५ – १८५४), हेगेल (१७७० – १८३१) र फायरवाख (१८०४ – १८७२) समेतका दार्शनिकहरु आएका थिए ।

माक्र्सवादी दर्शन

कार्ल माक्र्स (१८१८ – २८८३ ) र फ्रेडरिक एंगेल्स (१८२० – १८९५) माक्र्सवादी दर्शनका संस्थापक हुनुहुन्छ । खासगरी तत्कालीन पुँजीवादी समाजमा पुँजीपतिवर्ग र सर्वहारावर्गबीचको वर्गसंघर्षको अवस्था, प्रकृति विज्ञानका क्षेत्रमा भएका नयाँ–नयाँ खोजहरु र जर्मन शास्त्रीय दर्शन, इङ्गल्याण्डको राजनीतिक अर्थशास्त्र र फ्रान्सको समाजवाद माक्र्सवादका जन्मका भौतिक तथा सैद्धान्तिक बन्न पुगेका थिए । जुन पुँजीवादी दर्शनमा काण्टदेखि लिएर हेगेल एवं फायरवाखसम्म आइपुग्दा दर्शनमा जुन समस्याहरु पैदा भएका थिए, माक्र्स र एंगेल्सले तिनको दार्शनिक तथा वैज्ञानिक ढंगले समाधान गर्नुभएको थियो । माक्र्सवादी दर्शनको नाम द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो, दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद यी तीन तत्व मिलेर माक्र्सवाद बनेको छ । माक्र्सवाद सर्वहारावर्गको समग्र विचारधारा हो । वर्गसंघर्ष, इतिहासमा बल प्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व र वैज्ञानिक समाजवाद र साम्यवाद – यी तत्वहरु माक्र्सवादका ज्ञान–सिद्धान्तका मूल विषय हुन् । माक्र्सवादी दर्शनका निम्न मूलभूत विशेषताहरु रहेका छन्, जो यसप्रकार रहेका छन्– जस्तो कि दर्शनलार्ई विज्ञानको एउटा विशिष्ट विज्ञानको अर्थमा विश्वदृष्टिकोणका रुपमा परिभाषित गर्नु, दर्शनशास्त्रको वैज्ञानिक अध्ययनका लागि मौलिक प्रश्नको समस्या सही ढंगले हल गर्नु, द्वन्द्ववाद र भौतिकवादलार्ई एकै ठाउँमा मिलार्ई द्वन्द्वात्मक भौतिकवादी दर्शनको स्थापना गर्नु, वैज्ञानिक समाजवादको विचारधारालार्ई केन्द्रविन्दुमा राखी भौतिकवादको सिद्धान्त र द्वन्द्ववादको पद्धति अवलम्बन गरी नयाँ दार्शनिक प्रणालीको निर्माण गर्नु माक्र्सवादी दर्शनका मूलभूत विशेषता हुन् । यसलार्ई माक्र्स र एंगेल्सले दार्शनिक तथा वैज्ञानिक ढंगले निरुपण गर्नुभएको थियो ।

माक्र्सवादको प्रतिपादन भएयता दर्शनमा निकै विकास हुँदै आएको छ । माक्र्सवादले आज माक्र्सवादको विकासको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवाद र माक्र्सवाद – लेनिनवादको गुणात्मक विकासको तेस्रो चरणमा माओवादको विकास भएको छ । आजको अबधि भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग अबधि हो । यस अबधिमा दर्शनका विकासका मूलतः तीन धारा रहेका छन्, ती हुन्– साम्राज्यवादी युगको पुँजीवादी दर्शन, संशोधनवादी दर्शन र माक्र्सवादी दर्शन र माक्र्सवादी – लेनिनवादी – लेनिनवादी दर्शन । र, यहाँ साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको दर्शनबारे अब संक्षिप्त रुपमा तल चर्चा गर्ने प्रयत्न गरिएको छ–

साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको दर्शन

दार्शनिक फाँटमा साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको दर्शनको विशेषता भनेको संशोधनवादी दर्शनका विविध शाखाहरुसहितको विकास हो । साथै उत्तर आधुनिकतावाद र उत्तर माक्र्सवादको घोषणा गरिएको घोर माक्र्सवादी, विसर्जनवादी धाराको उल्लेख गरिएको अबधि पनि हो यो युग ।

पु“जीवादी दर्शनको विकास

जुन गतिमा माक्र्सवादको विकास हुँदै आयो, त्यसैगरी पुँजीवादी दर्शनको पनि विविध धारामा विकास हुँदै गएको छ । पुँजीवाद साम्राज्यवाद पतन हुन पुग्यो । पुँजीवादको साम्राज्यवादमा विकास भएसँगै पुँजीवादी दार्शनिक फाँटमा विविध प्रकारका धाराहरु विभिन्न रंगरोगन बोकेर आएको यस धाराले कुनै न कुनै रुपमा साम्राज्यवादको सेवा गर्दै आएका छन् । ती दार्शनिक धाराहरु यस प्रकार रहेका छन्–

क) संकल्पवाद

पुँजीवादी दार्शनिक फाँटमा संकल्पवादी दर्शनमा संकल्प अर्थात् कामनालार्ई प्रधानता दिइन्छ । यो दर्शनलार्ई जीवन दर्शन पनि भन्ने गरिन्छ । यसको चरम विकास गर्ने दार्शनिक फ्रेडरिक नित्से (१८४४ – १९००) हुन् । साम्राज्यवादको उदयको पृष्ठभूमि र प्रक्रियासँगै नित्सेको संकल्पवाद विकसित हुन पुगेको छ । तत्वदर्शनको क्षेत्रमा नित्सेले संकल्पलार्ई प्राथमिक स्थानमा राखेका छन् । उनको विचारमा सत्ताको कामना नै सबैभन्दा प्रधान चीज हो । ज्ञान दर्शनको क्षेत्रमा उनी अतर्कबुद्धिवादी रहेका छन् । नित्सेको आचार दर्शन जीवविज्ञानमा आधारित रहेको छ । नित्सेको शून्यवाद आचार दर्शनको क्षेत्रमा मात्र सीमित रहेको छैन । उनको यो शून्यवाद राजनीति, र इतिहासको दर्शनको क्षेत्रमा समेत अभिव्यक्त भएको छ । उनी पुँजीवादी उदारतावाद र माक्र्सवाद दुबैका घोर विरोधी थिए । दार्शनिक रुपमा नित्सेको संकल्पवाद साम्राज्यवादी दर्शनको अनुदारवादी धारा हो । यसले एकातिर फासीवादलार्ई सघाएको छ भने अर्कोतिर उत्तर आधुनिकतावादका लागि एउटा बलियो सैद्धान्तिक आधार प्रदान गरेको छ–

(ख) प्रत्यक्षवाद

प्रत्यक्षवाद ऊन्नाइसौँ शताब्दीको अन्त्यमा जन्मिएको दर्शन हो । यसले साम्राज्यवादी युगको उदारवादी धारालार्ई प्रश्रय दिने काम गरेको छ । यस दर्शनका संस्थापक फ्रान्सकम दार्शनिक कोम्टे (१७९८ – १८९५) हुन् । ल दर्शन र वैज्ञानिक समाजवादको क्षेत्रमा प्रत्यक्षवादले गम्भीर प्रकारको वैचारिक प्रदूषण फैलाउने काम गरेको छ । दार्शनिकहरुमा कोम्टे, जे. एस. मिल, एच . स्पेन्सर, अ. माख र एवनारियस यस दर्शनसित जोडिएका छन् । प्रत्यक्षवादले दर्शनशास्त्रको मौलिक प्रश्नमा तटस्थ रहेको दावी गर्दछ । ज्ञान – सिद्धान्तकन्ह क्षेत्रमा प्रत्यक्षवाद अज्ञेयवादी रहेको छ । प्रत्यक्षवाद समाजशास्त्रसँग जोडिएको छ । समाजशास्त्रमा प्रत्यक्षवाद वर्गसंघर्ष र ऐतिहासिक भौतिकवादको पूरा विरोधी रहेको छ । प्रत्यक्षवादले समाजशास्त्रलार्ई प्रदूषित तुल्याउँदै आएको छ । नवप्रत्यक्षवादले दर्शनलार्ई भाषाशास्त्रमा गिराउने काम गर्दछ । यसले दर्शनशास्त्रको मौलिक प्रश्नका साथै तत्वमीमांसालार्ई खारेज गर्ने काम गर्दछ । यो दर्शन पनि अज्ञेयवादमा आधारित रहेको छ । प्रत्यक्षवादीहरु र संशोधनवादीहरुका बीच घनिष्ठ साँठगाँठ चल्दै आएको छ । यी दुबै मिलेर सामान्यतः माक्र्सवाद र विशेषतः द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विरोध गर्दछन् । भौतिकवाद र आदर्शवादभन्दा माथि उठेको देखाउन चाहने यस प्रकारको दार्शनिक प्रवृत्तिलार्ई लेनिनले ‘व्यक्तिनिष्ट आदर्शवाद’ को संज्ञा दिनु भएको छ ।

ग) व्यवहारवाद

व्यवहारवाद उन्नाइसौं शताब्दीको अन्त्य र बीसौं शताब्दीको प्रारम्भमा अमेरिकामा जन्मिएको तथा विकसित भएको दार्शनिक धारा हो । यस दर्शनका मुख्य प्रणेता विलियम जेम्स ( सन १८४२ – १९१०) र जान डिवे हुन् । विलियम जेम्सले व्यवहारवादलार्ई निकै विकसित तुल्याएका छन् । व्यवहारवादले दर्शनशास्त्रको मौलिक प्रश्नमा तटस्थतावादको पक्षपोषण गर्दछ । सारतः यो आत्मनिष्ठ आदर्शवादी दार्शनिक धारा हो । यसले व्यवहार व अनुभवलार्ई नै प्राथमिक स्थानमा राख्दछ । व्यवहारवाद आदर्शवादी अनुभववाद कै विकसित रुप हो । प्रत्यक्षवाद जस्तै व्यवहारवाद पनि अज्ञेयवादी नै रहेको छ । व्यवहारवादलार्ई अतर्कबुद्धिवादसँग पनि जोड्ने गरिन्छ । व्यवहारवादले व्यवहारलार्ई सबैथोक मान्दै सिद्धान्तको विरोध गर्दछ । दर्शन मात्र होइन साहित्य, कला र सौन्दर्य चिन्तनको फाँटमा पनि व्यवहारवादले धेरै प्रभाव पारेको छ । माखपन्थ र व्यवहारवाद पनि प्रत्यक्षवाद वा आदर्शवादी अनुभववाद वा व्यक्तिनिष्ठ आदर्शवादका भिन्न रुप नै हुन् ।

घ) नवयथार्थवाद

नवयथार्थवाद सहज यथार्थवादको विकसित रुप हो । सहज यथार्थवाद भौतिकवादको नजिक रहेको छ । तर, नवयथार्थवाद भने आदर्शवादमा आधारित बन्न गएको छ । नवयथार्थवादी धाराको विकास गर्नेमा जंग्रेज दार्शनिक जे. एडवर्ड मूर ( सन १८७३ – १९५८) र बर्टेन्ड रसेल लगायतका दार्शनिकहरु रहेका छन् ।

ङ) अस्तित्ववाद

अस्तित्ववादी धारा बीसौं शताब्दीको एक महत्वपूर्ण दर्शन हो । यो दर्शनलार्ई ईश्वरवादी र निरीश्वरवादी दुई धारामा विभाजन गर्न सकिन्छ । ईश्वरवादी धारामा फ्रान्सका मार्सेल (१८८९ – १९७३), जर्मनीका यास्पर्स (१८८३ – १९६९) र रुसका वेर्द्यायेव (२८७४ – १९८४) पर्दछन् भने निरीश्वरवादी धारामा जर्मनीका हाडेगर (१८८९ – १९५६) र फ्रान्सका सार्त्र (१९०५ – १९८०) रहेका छन् । अस्तित्ववादले अस्तित्वलार्ई पहिलो र सारतत्वलार्ई दोस्रो स्थानमा राख्दछ । यो दर्शन आत्मनिष्ठ आदर्शवादी दर्शन हो । अस्तित्ववादले व्यक्तिगत स्वतन्त्रतामा जोड दिन्छ र यसलार्ई चयनको स्वतन्त्रता पनि भनिन्छ । अस्तित्ववादलार्ई निरासावादलार्ई निरासावाद र पलायनवादको दर्शन पनि भनिन्छ । अस्तित्ववाद दर्शनमा मात्र होइन, यो साहित्य, कला र सौन्दर्य चिन्तनको क्षेत्रमा पनि व्याप्त रहेको छ ।

च) नवथामसवाद

नवथामसवाद तेह्रौं शताब्दीका दार्शनिक थामस अक्विनासको सिद्धान्तको विकसित रुप हो । यस दर्शनका प्रमुख प्रवर्तक फ्रान्सका दार्शनिक ज्याक मारिटेन (१८८८ – १९६३) हुन् । यो क्याथोलिक चर्चको दार्शनिक सिद्धान्त र पुरोहितवादी विश्वदृष्टिकोणमा आधारित रहेको छ । यो दर्शन आस्थावादी रहेको छ । यसको सामाजिक आदर्श भनेको चर्च हो । यसले इतिहासको निर्माणमा अलौकिक शक्तिको भूमिकालार्ई मान्दछ । यसले विज्ञान र धर्ममा सामञ्जस्य कायम गर्ने प्रयास गरेको देखिन्छ ।

संशोधनवादी दर्शन

(१) पृष्ठभूमि माक्र्सवादको जन्मसँगै संशोधनवादको जन्म भएको पाइन्छ । अर्थात् पुँजीवादले साम्राज्यवादमा प्रवेश गरेपछि संशोधनवादको जन्म भएको हो । संशोधनवादमा केही हदसम्म अराजकतावाद र मुख्यतः अवसरवाद समिश्रित भएको पाइन्छ । माक्र्सवादका तीनवटै संघटक अंगहरु दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको तोडमोड तथा अपव्याख्या गर्नु संशोधनवाद हो । संशोधनवाद त्यो धारा हो, जसअनुसार माक्र्सवादी – लेनिनवादी – माओवादी सिद्धान्तलार्ई समर्थन गरेको बाहना गर्दछ । तर, मालेमावादका आधारभूत मान्यताहरुलार्ई प्रत्यक्ष वा परोक्ष रुपले तोडमोड गर्ने, तिनको खण्डन गर्ने र विरोध गर्ने तथा माक्र्सवादको रचनात्मक प्रयोगको नाममा माक्र्सवादी – लेनिनवादी – माओवादी मूल्य र मान्यताहरुलार्ई अस्वीकार गर्ने काम गर्दछ अर्थात् वर्गसंघर्ष, सशस्त्र संघर्ष तथा सर्वहारा अधिनायकत्वको परित्याग र माक्र्सवादका आधारभूत सैद्धान्तिक मान्यताहरुको तोडफोड तथा अपव्याख्या गर्नु संशोधनवाद हो । संशोधनवाद भनेको पुँजीवादी विचारधारा हो । यसको स्रोत निम्न पुँजीवाद हो । संशोधनवाद दक्षिणपन्थी, मध्यपन्थी र उग्रवामपन्थी धारामा विभाजित भएको पाइन्छ । माक्र्स र एंगेल्सले आफ्नो जीवनकालमा कम्युनिस्ट आन्दोलनमा घुसेका तमाम पुँजीवादी र निम्न पुँजीवादी विचारधाराका विरुद्ध कडा संघर्ष चलाउनु भएको थियोे, जसमा प्रुधो ( १८०९ – १८६५), बाकुनिन (१८१४ – १८७६), लासाल (१८२५ – १८६४) तथा ड्युहरिंग (१८३३ – १९२१) सहित तिनका पक्षधरहरुका विचार प्रमुख रहेका छन् । सन् १८९५ मा एंगेल्सको मृत्यु भयो । त्यसपश्चात् एडवर्ड बर्नस्टिन (१८५० – १९३४) ले संशोधनवादको स्थापना गरे । बर्नस्टिनलार्ई शास्त्रीय संशोधनवादका पिता भनिन्छ । यस विषयमा लेनिनले आफ्नो प्रसिद्ध पुस्तक ‘माक्र्सवाद र संशोधनवाद’ मा लेख्नुभएको छ, ‘भूतपूर्व कट्टर माक्र्सवादी बर्नस्टिनले अधिकतम अभिव्यक्तिका साथै खुला रुपमा यो प्रवृत्तिलार्ई आफ्नो नाम प्रदान गरे ।’ संशोधनजादको वर्गीय जरा निम्न पुँजीवाद हो र यसले पुँजीवादको सेवा गर्दछ ।

निकिता ख्रुश्चोवले आधुनिक संशोधनवादको स्थापना गरे । यसका विरुद्ध कमरेड माओले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र महान् बहस सञ्चालन गर्नु भयो । र, चीनमा दस वर्षसम्म महान् सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गर्नु भयो । रुस र चीनमा प्रतिक्रान्ति भयो । यसको असर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा ठूलो असर प¥यो । संशोधनवाद अन्तर्राष्ट्रिय परिघटना हुनुका कारण नेपाल पनि प्रभावित हुँदै आएको छ । नेपालमा बहुलवादी संशोधनवाद, जड्सूत्रीय संशोधनवाद तथा नवसंशोधनवाद प्रकट हुँदै मात्र आएको छैन, यसले नेपाली कम्युनिस्ट आन्दोलन भित्र बलियो रुपमा जरा गाड्दै आएको छ । दक्षिणपन्थी संशोधनवाद महान् नेपाली क्रान्तिका सामु प्रमुख बाधकका रुपमा खडा हुँदै आएको छ ।

संशोधनधनवादको दार्शनिक सिद्धान्त

दर्शनमा आदर्शवाद र भौतिकवादबीचका विभिन्न धाराहरु भए अझै संशोधनवादको दार्शनिक सिद्धान्तमा पनि पाइन्छ । संशोधनवादको दार्शनिक सिद्धान्त प्रत्यक्षवाद र अज्ञेयवादमा आधारित रहेको छ । यस विषयमा लेनिनले आफ्नो प्रसिद्ध पुस्तक ‘भौतिकवाद र अनुभवसिद्ध आलोचना’ स्पष्ट पार्नु भएको छसंशोधनवादको दार्शनिक सिद्धान्त मूलतः संशोधनवादी दर्शनसँग सम्बन्धित छ । ज्ञानसिद्धान्तका क्षेत्रमा संशोधनवाद मूलतः तीन रुपमा प्रकट भएको पाइन्छ, जस्तै– जडसूत्रवाद, अनुभववाद वा व्यवहारवाद र वितण्डावाद । द्वन्द्वात्मक भौतिकवाद यी तीनवटै गलत चिन्तनको विरोधी रहेको छ ।

संशोधनवादको दार्शनिक पद्धति

संशोधनवादीहरुको विश्वदृष्टिकोण अधिभूतवादी विश्वदृष्टिकोण हो । संशोधनवादी दर्शनको दार्शनिक पद्धतिको आधारभूमि अधिभूतवाद हो । दार्शनिक पद्धतिको क्षेत्रमा दक्षिणपन्थी संशोधनवादले क्रान्तिकारी द्वन्द्ववादको विरोधमा भँडुवा विकासवाद र शान्तिपूर्ण विकासको पक्षपोषण गर्दछ । क्रान्ति वा रुपान्तरणको सन्दर्भमा दक्षिणपन्थी अवसरवादले क्रमिक विकास तथा शान्तिपूर्ण विकास वा मात्रात्मक परिवर्तनमा मात्र जोड दिन्छ भने वामपन्थी अवसरवादले गुणात्मक विकास वा छलाङ्गको पक्षपोषण गर्दछ । दक्षिणपन्थी अवसरवादले क्रान्तिकारी परिस्थितिको निर्माण भइसक्दा पनि क्रान्ति सम्पन्न गर्न चाहँदैन भने वामपन्थी अवसरवादले क्रान्तिकारी परिस्थितिको अभावमा पनि क्रान्तिकारी सम्पन्न गर्ने कुरा गर्दछ । क्रान्तिका लागि यी दुबै दृष्टिकोणका विरुद्ध संघर्ष गर्न आवश्यक हुन्छ । मध्यपन्थी अवसरवाद क्रान्तिकारी तथा अवसरवादी धाराका बीच डोलायमान हुने गर्दछ र अन्ततः त्यसले दक्षिणपन्थी अवसरवादकै बाटो पकड्दछ । दार्शनिक पद्धतिको क्षेत्रमा संशोधनवादका मूलतः तीन प्रकारका विशेषता हुने गर्दछन्, ती हुन्– एकमनावाद, बहुलवाद, र सारसंग्रहवाद । भौतिकवादी द्वन्द्ववाद यी तीनवटै गलत चिन्तनको विरोधी रहेको छ ।

ऐतिहासिक भौतिकवाद

माक्र्सवादले इतिहासको भौतिकवादी अध्ययनका आधारमा वैज्ञानिक समाजवाद र साम्यवादको स्थापना हुने निष्कर्ष निकाल्ने काम गर्दछ । तर संशोधनवादले यस प्रकारको माक्र्सवादी मान्यताको विरोधमा रहेको छ । माक्र्सवाद सर्वहारावर्गको अधिनायकत्वको पक्षमा छ । तर, यसको विपरीत संशोधनवादले सर्वहारावर्गको अधिनायकत्वको विरोध र सबैका लागि लोकतन्त्रको कुरा गर्दछ ।

आधुनिक तथा नवसंशोधनवाद

माक्र्सवादको विकाससँगै संशोधनवादको पनि विकास हुँदै आएको छ । संशोधनवादले विभिन्न रुप र रंगले आफ्नो कलेभर फेर्दै आएको छ । संशोधनवादले ख्रुश्चोवमा पुगेर एउटा उत्कर्ष प्राप्त गर्न पुगेको हो । ख्रुश्चोवले सर्वहारावर्गको कम्युनिस्ट पार्टीलार्ई सम्पूर्ण जनताको पार्टी, सर्वहारावर्गको अधिनायकत्वमा आधारित राज्यलार्ई सम्पूर्ण जनताको राज्य र सशस्त्र संघर्षको सिद्धान्तलार्ई शान्तिपूर्ण संक्रमणको सिद्धान्तमा गिराउने काम गरे । माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले ख्रुश्चोवकोनव – संशोधनवादको डटेर विरोध गरेको थियो । दार्शनिक फाँटमा एडवर्ड बर्नर्सटिटटनबाट शुरु भएको संशोधनवादले मिलेराँ, काउत्स्की, ख्रुश्चोव, लिउ साँ ची आदि हुँदै युरो – कम्युनिज्ममा चरम रुप लिन पुग्यो । आधुनिक संशोधनवादले आफ्नो कलेवर फेर्दै गयो र त्यसले नवसंशोधनवादको रुप लिन पुग्यो । ठिक त्यसैबेला माओको नेतृत्वमा समाजजादी क्रान्तिमा संलग्न चीनमा संशोधनवादलार्ई नयाँ ढंगले परिभाषित गर्ने काम गरिएको थियो ।

(लेखक ः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन्)

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु