एमसीसीविरुद्व बृहत आन्दोलनको आवश्यकता

२०७८ फाल्गुन २ गते, सोमबार
विष्णु पन्त

       

१. गम्भीर राष्ट्रघाती सन्धि सम्झौतामा कांग्रेसकै नेतृत्व किन ? ः नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको नेपाली कांग्रेसको विषयमा गरिएको एउटा संश्लेषण अत्यन्त सही छ । विप्लवको प्रश्न छ ः गम्भीर राष्ट्रघाती सन्धि सम्झौतालाई संसदबाट अनुमोदन गराउने विषयलाई नेपाली कांग्रेसकै नेतृत्व किन ? विप्लवको सुझाब छ ः नेपाली कांग्रेसले आफ्नो इतिहासको समिक्षा गर्नुपर्दछ । एमसीसी पनि जबरजस्ती संसदबाट पारित गर्ने दुस्साहस देउवा सरकारले गर्नु हुँदैन । यदि पारित गरियो भने एमसीसी विरोधी राष्ट्रवादी गठबन्धन बनाएर आन्दोलनमा जाने शाहस गर्नुपर्दछ । संसदमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी यदि वास्तवमै राष्ट्रियताको पक्षमा उभिन खोजेको हो भने नयाँ राष्ट्रवादी गठबन्धनका लागि तयार हुनुपर्दछ । यदि बृहत राष्ट्रवादी गठबन्धन बनाउन सकिएमा हुनसक्छ एमसीसीको पक्षमा मतदान गर्ने सांसदहरुलाई देश निकाला गर्न सकियोस् । सबैलाई थाहा छ, नेपाली कांग्रेस एमसीसीको पक्षमा उभिएको छ तर त्यहाँभित्रको राष्ट्रवादी शक्तिले विद्रोह गर्नसक्ने वातावरण बनाइदिनुपर्छ । प्रकाण्डको संश्लेषण सही छ ः एमसीसी सम्झौता इतिहासकै सबैभन्दा ठूलो राष्ट्रघात बन्यो । किनकि एमसीसीको माध्यमबाट देशै रहने वा नरहने प्रश्न उब्जियो । देशलाई चीनविरुद्धको अमेरिकी युद्धको तयारी गर्ने हतियार भण्डारको भूमि बनाउने षड्यन्त्रलाई टुलुटुलु हेरेर बस्नु महाभूल हुनेछ । चीन र अमेरिकाबीचको युद्धभूमि नेपाललाई बनाउने षड्यन्त्र हामीलाई स्वीकार्य छैन । समय यस्तो आएको छ कि सबै राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिनु अपरिहार्य बनेको छ ।

२. एमसीसीमा दलाल र भ्रष्टहरुले ¥याल काडेका छन् – केही प्रवृत्तिहरु पैसाका लागि जे पनि गर्न तयार हुन्छन् । उनीहरु पैसाका लागि आफैँलाई पनि बेच्न तयार हुन्छन् । हामीलाई थाहा छ, एमसीसीको पैसामा दलाल र भ्रष्टचारीहरुले ¥याल काडेका छन् । देशको सारा सम्पत्ति ब्रह्मलुट गरे, देशलाई संसारकै कंगाल र भिकारी बनाए अनि बदलामा आपूm अरबपति र खरबपति भए तर, अझै पनि उनीहरुलाई पुगेन । एमसीसी सम्झौता भनेको घुमाई फिराई देश बेच्नु जस्तै हो । जनताको यत्रो विरोधका बीच पनि एमसीसीको पक्षमा बहस किन ? यसको स्पष्ट कारण हो ः भ्रष्ट र दलालहरुले फेरि पनि एमसीसीको पैसामा ¥याल काडेका छन् । धेरै दलालहरुले एमसीसीबाट पैसा खाइसकेका छन् । विभिन्न बहाना र शीर्षकमा त्यो रकम खाइरहेका छन् ।

३. पक्ष र विपक्षमा राष्ट्रिय विभाजन ः एमसीसीको पक्ष र विपक्षमा जनमत दुई धारमा विभाजित बनेको छ । जनमतलाई बुझ्ने हो भने एमसीसीको विपक्षमा जनता उभिएका छन् । थुप्रै भ्रम र कुप्रचारको कारण जनमतमा एकरुपता आउन बाँकी छ । जनताले बुझ्दै छन् र जनआक्रोशको तह बढ्दै छ । यदि नेताहरु र दलहरुले हिम्मत गर्ने हो भने एक दिन एमसीसी पक्षधरहरु देशबाट भाग्नु पर्ने हुनेछ । राष्ट्रिय स्वाधिनता जोगाउने यो एउटा सुनौलो अवसर हो र धु्रवीकरणलाई संगठित गराउने साहस नेताहरुले गर्नुपर्छ । संकीर्णताहरु बोकेर अनि सिद्धान्तहरु बोकेर मात्र केही हुनेवाला छैन । खुला वा चौडा छाती बनाएर एमसीसीको विपक्षमा नयाँ जनआन्दोलननको घोषणा गरौं त, अनि के हुन्छ हेरौंला ।

४. नया“ संयुक्त जनआन्दोलनको तयारी गरौं – अब संसदभित्र र बाहिर सबैतिर नयाँ धुव्रीकरण तयारी गरौं । के संसदभित्र प्रचण्ड, माधव नेपाल, चित्रबहादुर केसी, नारायणमान विजुच्छे र भीम रावलहरुको संयुक्त मोर्चा बन्न सक्छ ? के संसद बाहिर विप्लव, किरण, सिपी मैनालीलगायत राष्ट्रवादी शक्तिहरुको संयुक्त मोर्चा बन्न सक्छ ? के पूर्वराजावादीहरु, राष्ट्रवादीहरु र नागरिक समाजहरु यो मोर्चामा आउन सक्छन् ? चित्रबहादुर केसीको एउटा संश्लेषण सही छ ः एमसीसी त यो संसदबाट पारित गरिहाल्न सक्छन् तर, त्यसपछि राष्ट्रिय आन्दोलनको उठान गर्न जरुरी छ । यदि विश्वासिलो र भरपर्दो गठबन्धन बनाउन सकेमा जनताले स्वतस्पूmर्त रुपमा अनुमोदन गर्ने संसदलाई लखेट्न सुरु गर्नेछन् । के यसका लागि दलहरु तयार छन् ? के संसदभित्रका दलहरुले यो हिम्मत गर्न सक्छन् ? के प्रचण्ड र मधव नेपालले यो हिम्मत गर्न सक्छन् त ? सबैलाई थाहा छ, प्रचण्डको दोहोरो चरित्र र भूमिकाको इतिहास पटक–पटक उदांगिएको छ । अब आफ्नो स्पष्ट र सबैले देख्ने वास्तविक भूमिकाको आवश्यकता छ । विप्लव र किरणहरु त सडकमा तयार नै छन् तर उनीहरुले संकीर्णताहरु त्यागेर सबै राष्ट्रवादी शक्ति र समूहहरु ल्याउनु पर्छ र संयुक्त मोर्चा बनाउनु पर्छ । संकीर्णताहरु मात्र बोक्ने हो भने आन्दोलनको विकास हुँदैन, विनाश मात्रै हुन्छ । इतिहासमा अवसरहरु सधैँभरि आउँदैनन् । पहिला देशलाई बचाऔं अनि अरु अभ्यास गरौंला । देश बचाएर अनि बहसहरु गरौंला ।

५. इतिहासकै सबैभन्दा ठूलो विभाजन – जनमत यति ठूलो विभाजन इतिहासमा कहिल्यै भएको थिएन । कांग्रेसका सदस्यहरु पनि एमसीसी विरोधी आन्दोलनमा आउने छन् । उनीहरुले अभियान चलाइरहेका छन् । एमाले जनमतकै कारण डराएर संसदमा मौन बसेको हो । एमसीसीमा मतदान नगर्न ठूलो दबाब छ । जनताले नेतृत्व खोजी रहेका छन् र संयुक्त जनआन्दोलनको आवश्यकताको महसुस गरेका छन् । त्यसकारण यदि नयाँ जनआन्दोलनको तयारीमा जाने हो भने देशमा ठूलो उथलपुथल हुने सम्भावना छ । नागरिक समूह र राष्ट्रवादी नागरिक मिलेर बृहत् संयुक्त जनआन्दोलनको घोषणा वा तयारी गर्नु आजको वस्तुगत आवश्यकता हो । राष्ट्र बेच्ने अपराध क्षम्य हुँदैन, यो पुष्टि गर्नुपर्दछ । राष्ट्रघातीहरुलाई पुरस्कृत गराउने, चुनावमा जिताउने र सत्तामा राखी राख्ने भूल नगरौं । अब यो सही समय आएको छ । सही समयमा सही निर्णय गरौं । विप्लवले भनेजस्तै सधैं क्रान्तिकारी, प्रगतिशील, राष्ट्रवादी र सच्चा लोकतन्त्रवादी शक्तिहरु मिलेर बृहत जनआन्दोलनको तयारी गरौं । राष्ट्रघातीहरुको भागाभाग सुरु भइहाल्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु