राज्यको पुनर्संरचना बारे

२०८२ पुष २४ गते, बिहीबार

बिनोद सी

नेपालको वस्तुगत र आत्म गत अवस्थाको बारेमा जान्न र बुझ्न आवश्यक छ । किनभने वस्तुगत र आत्मगत अवस्थाले नै राजनैतिक कार्यदिशा निर्माण गर्न सजिलो हुन्छ । राजनैतिक कार्यदिशा सहि भए पश्चात समाज र देशको रुपान्तर गरी गरिखाने अर्थात मिहनत कस वर्गको मुक्ति हुन सम्भव हुन्छ । कार्य दिशा पनि दुइ किसिमले निर्माण गरिन्छ कार्यनैतिक कार्य दिशा र रणनैतिक कार्य दिशा यी दुबै एक अर्कासँग सम्बन्धित हुन्छन संगै कार्यनैतिक कार्य दिशाले रणनीतिको सेवा गरेको हुन्छ भने रणनीतिले आमूल परिवर्तनलाई सम्बोधन गरेको हुन्छ तसर्थ कार्यनीति छिटो–छिटो परिवर्तन हुन्छ भने रणनीति लामो समय पछि परिवर्ति हुन्छ । त्यस्तै राजनीति र फौजी नीति दुबैको आ–आफ्नो कार्य नीति र रणनीति हुन्छ समग्रमा समाज, देशको अवस्था र व्यवस्था समेत बदल्न यी दुबैको महत्वपुर्ण योगदान हुन्छ । यसरी सामान्य रुपमा देशको अवस्था सामन्ति र अर्ध सामन्ति संगै अर्ध औपनिवेशिक रहेको थियो तर, अहिले यसमा केही परिवर्तन भएर दलाल नोकरशाही अवस्था थप भएको छ अककाशिक रुपमा बदलिए पनि पुरानोको अवशेष पनि रहेकै छ । अर्का तिर जातिय विभेदमा पनि कुनै फरक गरिएन या गर्न सकिएको छैन कुल मिलाएर राजा हटेको छ तर, तन्त्र ज्यँुका त्यँु छ अर्थात राज्यको पुरानो मशिनरीमा कुनै परिवर्तन देखिएन छिटपुट रुपमा राजतन्त्रको ठाउँ गणतन्त्र शाही सेनाको ठाउँ नेपाली सेना र राष्ट्रिय गान पनि रुपमा बद्लिएको छ ।

असमान सन्धि समझौतामा कुनै कुरा बदलिएको छ ? बरु त्यसपछि पनि भारत र अमेरिकासँग सम्झौता गरी देश बेचिएको छैन ? भारतीय सेना नेपाली भुमि कब्जा गरे पनि के कसैले भारतीय र अमेरिकी सेना नेपालबाट हट्नु पर्छ भनि कूटनैतिक प्रयास ग¥यो ? नेपाली नागरिक ट्रैक्टर ट्रक, मोटर सायकिल या अन्य याता यातको साधन भारतबाट ल्याउँदा डिलर मार्फत किन्न बिबस पारी तीनको तेरह वसुल्ने काम गरिएको छैन ? सीमामा भारतीय सुरक्षाकर्मीको दादा गिरी मेटियो ? नेपाली नागरिक दशगजा भित्रै नेपाली सुरक्षा निकाय या कर्मचारीबाट असह्य पीणा भोगि नै रहेका छन् । यी यावत कुराले के साबित गरेको छ भने वर्तमान गणतन्त्र र हिजोको राजतन्त्रको लूटमा के फरक नेपालको पुरानो मुर्तिहरु हिजै न बेचिएको भए अहिले यी संसदवादीहरु बेच्दैन्थे भनि विश्वास गर्ने ठाउँ छ । यसको अर्थ यो कदापि होइन कि राजतन्त्रको ठाउँ गणतन्त्र बेठिक हिजोका निरंकुसताको मार खाने राजनीति गर्नेहरु आज स्वयमले पनि जनता माथि कर टैक्सको भारी बोकाइ दिए नेपालमा जन्मने बितिक्कै लाखौंको विदेशी ऋण बोक्न बिबस भएका छन् यो देशमा पर राष्ट्रमन्त्रालय छ कूटनैतिक नियोग बनेको छ, सम्पत्ति शुद्धिकरण, अख्तियार यी सबैको काम के हो ? जनता झुक्याउन बनेका यी संस्थाहरुमा राजनैतिक दलका मानिस दल मुखी बनेका छन् । देश भित्र विदेशी सेना मौजूद छ नेपाली भुमि बारम्बार हस्क्षेप भइ नै रहेको छ ।

उपरोक्त विश्लेषणले नयाँको माग गरे पनि वर्तमान सरकारको गलत क्रियाकलापले जनता आक्रोशित छन् यही बेला पद खोसिएका देशी–विदेशी शक्तिहरु चलमलाउनु नाजायज होइन गणतन्त्रवादीहरु अहिले पनि यही निरन्तरता खोजे भने माटोमा मिल्दैनन भनि एकीन गर्न गाह्रो देखिन्छ । हरेक पार्टी स्वयम ठिक रहेको अरु पार्टीले गर्दा काम गर्न सकिएन भनि आक्षेप लगाइ रहेका छन् परिणाममा कुनै परिवर्तन छैन गाउँलाई युवाविहीन बनाइएको छ दर्जनौं किसिमको कर टैक्स, ६५% किसान रहेको यो देशमा कृषिसम्बन्धी कुनै योजना छैन मल, बिउ, कुलो, पानीको व्यवस्था न्युन छ । व्यवसाय चौपट उद्योग समाप्त महंगी भ्रष्टता र तस्करी, घूसखोरी मौलाएको छ । शिक्षा स्वास्थ्य बेरोजगारी माफियाकरण गरिएको छ चारैतिर डिलरको नामले सिण्डीकेट खडा गरिएको छ । राजनैतिक दलका झोलेहरुको बिगबिगी चारै तिर देखिन्छ । फेरि पनि हिजोको अपेक्षा सडक सूचना सञ्चार बोल्ने लेख्ने, सभा संगठन गर्न पाउने हक कायम गरिएको छ ।

उपरोक्त वस्तुगत र आत्मगत अवस्थालाई केन्द्र बनाई नयाँ के हुने ? देश सञ्चालन गर्न राजनैतिक कार्य दिशा निर्माण गर्नु पर्दछ । वर्तमान सरकारहरुको संविधान नै एउटा कार्य दिशा हो तर, यसले जनतालाई छुन सकेन बरु घोषणा हँुदा अत्याधिकले विरोध जनाए पनि यसैलाई जनताको कार्यदिशा बनाइयो तर, परिणाम हिजो केही न हुनेहरु आज सुकिला मुकिला मात्रै होइन धनाड्य बने भ्रष्टाचार कमिशन र विदेश पठाइ नागरिकले तिरेको रकमबाट आफ्नो निजी स्वार्थ लिने दलाल पूँजीबादको जगेर्ना गरिरहेको देखिन्छ त्यस उसले जनताको हित हुने कार्य दिशा आजको माग हो कार्य दिशा या संविधान त्यस्तो हुनु पर्छ जुन विगतका धरोहर या इतिहासलाई सम्बोधन गरोस, देशबासीको आधारभूत समस्या सम्बोधन होस्, देशभक्तिको भावनालाई सम्बोधन गर्दै सार्वभौम नेपाल र जनतालाई हाम्रो देश हो भन्ने वातावरण तयार गरोस, कूटनैतिक परिपक्वताको उदाहरण बनोस । प्रतेक किसिमको विभेदको अन्त गर्दै समृद्धि विकास र नागरिकलाई शिक्षा स्वास्थ्य रोजगारको बन्दोबस्ती गरोस के यस खाले कार्य दिसा बनाउन र आचरणमा उनिन सकिन्छ ? सकिन्छ । तर, यहाँ त राणा कालदेखि विदेशीका तलुवा चाट्ने शासकहरु एक मात्र निजि फाइदाको लागी मन्त्री प्रधानमंत्री या कुर्सीको लागी देशको भुगोल राजनीति प्राकृतिक संसाधन सम्झौताको नामले बुझाउंदै आएको इतिहास छ । जसलाई जुन अवस्था र ब्यवस्था आएपनि यसैलाई निरन्तर्ता दिइ नै रहेका छन् राजतन्त्रकाल होस् या प्रजातन्त्र चाहे अहिलेको गणतन्त्र ब्यक्ति फेरिदै आए पनि तन्त्रमा कुनै गुणात्मक फेर बदल भएन । जे जति काम भए विदेशीको लागी मात्रै देशका नागरिक कहिल्यै खुशहाल हुन सकेनन ।

यसको अर्थ केही नै भएन भन्ने भनाइ पनि होइन केही मात्रात्मक रुपमा परिवर्तनले जहिले पनि नयाँ–नयाँ ठाउँमा अगाडि बढेकै छ । यो क्रम पनि निरन्तरता मै छ ।

अहिले देश संकटको भुमरीमा छ यसलाई देशी–विदेशी शक्तिहरु विगत झैं कहिले राजतन्त्र, कहिले प्रजातन्त्र फेरि राजतन्त्र त फेरि गणतन्त्र अनि फेरि राजतन्त्र चारित्रिक रुपमा जति बदनाम रहे पनि ज्ञानेन्द्रलाई हिन्दु सम्राटको नामले नेपाल भित्र्याउन खोजेका छन् जबकि यिनी यो देशमा मुर्ती, लागू औषध दिन दहाडै मानव हत्याको श्रृंखला जारी राख्दै आफ्नै वंश बिनास गराउन पछि परेनन । हिजो राजा बिरेन्द्र हिन्दु सम्राट बनाइएका थिए तर, अपसोच तिनको हत्या हँुदा यी विदेशी धर्म माफियाहरु एक शब्द पनि बोलेनन किन ? यिनको लागी धर्म भजाइ खाने साधन हो न कि धर्मलाई मान्छन बरु धर्म भिरु जनतालाई गुमराह गर्दै आफ्नो स्वार्थ पुर्ती हेतु प्रयोग गर्दै आएका छन् । आज पुनः राजतन्त्रलाई दूधले नुहाइ दिएर हिन्दु राजा नेपालमा चाहिन्छ भनि जनतालाई भ्रमित गरिरहेका छन् ।

संसार देशको वर्तमान कहालिलाग्दो अवस्थालाई परिवर्तन गर्दै अगाडि लै जानु पर्दछ न कि पछाडि । हुनलाई जुन कुनै परिवर्तनमा बाधा अवरोध भएन भने र त्यससँग संघर्ष गरिएन भने परिवर्तन हुनै सक्दैन यथास्थितिमा देश चलाउन खोज्नु दलाल नोकर शाहलाई मलजल गरेको ठहर्छ तसर्थ सबै लोकतन्त्रवादीहरु, देशभक्त धर्ती पुत्रहरु, समाजवादीहरु

मध्यम वर्ग र वाम पन्थि तथा कम्युनिष्टहरु एक जुट हँुदै पश्चगमन र यथास्थितीबादको विरुद्ध देश रक्षाको लागी तथा देशमा अमन चैन र विकास समृद्धी संगै आधार भूत वर्ग, लिंग, क्षेत्र र ऐतिहासिक पहिचान कायम गर्न अघि बढ्नु पर्छ । तत्कालको लागी नेपाली विशेषता सहितको समाजवाद, गणतन्त्र या लोकतन्त्र कायम गरी नेपाली अर्थ व्यवस्थामा एकीकृत स्वामित्व प्रणाली अनुसार श्रम आधारित नेता, कार्यकर्ता, जनता, कर्मचारी सुरक्षा निकायको लागी योजना बनाई अगाडि जानु पर्दछ । यो एक किसिमको कार्य नैतिक निकास हो, यस भन्दा राम्रो निकास कसैले दिन्छ भने पनि छलफल गरी जानु हाम्रो मान्यता हो । रणनैतिक लक्ष्य समाजवाद जहाँ कुनै विभेद भ्रष्टाचार निरंकुशतालाई कुनै ठाउँ दिइँदैन आर्थिक रुपमा योग्यता अनुसारको काम र काम अनुसारको ज्याला दिइने संविधान प्रदत्त हुन्छ ।

राजनीतिलाई निःस्वार्थ सेवा भावको रुपमा लानुपर्ने हुन्छ बिना श्रम कमाएको सम्पत्ति माथी छानबीन गरी बिना श्रम ठहरे कानून अनुसार गर्नु पर्ने हुन्छ कार्य क्रमगत हिसाबले यही नै न्युनतम कार्यक्रम हो यसलाई कैयौं विद्वानहरु सुदुर भविष्यको विषय बनाउँंदै अहिले पनि अधिकतम कार्यक्रमको रुपमा बुझेका हुन्छन ।

देश माथि विदेसीहरु विभिन्न किसिमका हस्तक्षेप बढाउँदै लगेको देखिन्छ पुरानै तन्त्रमा नेपाली जनतालाई अल्झाइ रहने गरी कहिले धर्म जातिकाबीच त कहिले नाकाबन्दी कहिले धाकधम्कीबाट या देश भित्र कै मानिसलाई प्रयोग गरी आफ्नो स्वार्थ सजिलै गरी लिइ नै रहेको पाइन्छ । यो नेपाल मा विदेशी सेनाहरुलाई बस्न दिने छुट राजाहरु र पछि संसदवादीहरुले दिएकै छन् तसर्थ सामन्ती अवशेष, दलाल नोकरशाह र साम्राज्यवाद नै नेपाली जनताको प्रमुख शत्रु हुन । यिनका विरुद्ध संघर्ष नगरि सुखै छैन । तत्काल नेपाली विशेषताको समाजवादको लागी हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी (बिप्लव)ले सबैलाई छलफलको अह्वान गर्दछ । आउनुस छलफल गरौं रुख जता जान्छ उतै जाने बानी त्यागी देशको रक्षा जनताको ब्यवस्था र जनताको आधारभूत खाने, लाउने, बस्ने स्वास्थ्य, शिक्षा, रोजगार र मनोरंजनको लागी मन मस्तिष्कबाटै दलाल नोकरशाही बचेखुचेको सामन्ति प्रवृति र चिन्तनलाई चिहानमा पु¥याउन हातेमालो गरौं ।

प्रतिक्रियाहरु

[anycomment]