धर्म के हो र यसलाई कसरी बुझ्ने ?

२०८२ फाल्गुन २५ गते, सोमबार

बिनोद सी

धर्म स्वभावसँग जोडिएको विषय हो स्वभाव भनेको व्यवहार हो जब तपाईं धर्मलाई ब्यवहारबाट अलग गरी निजी स्वार्थमा प्रयोग गर्नु हुन्छ भने त्यो धर्म भूmठको पुलिन्दा बन्न जान्न्छ दुनियाँमा जनसंख्या बृद्धि सँगै पुरै समाजलाई जोड्नु नै सनातनी मर्यादा हो भनेर यसको जन्म भएको हो अहिले धर्मलाई मानेकाहरु स्वयम यसको विपरीत दिशा समातेका छन् भने पूँजीबादले यसलाई आफ्नो स्वार्थमा प्रयोगगरी समाज फुटाएर सत्ता सञ्चालन गर्दै श्रमबाट उत्पादित माल माथी एकल स्वामित्व कायम गरेको छ । अर्का तिर धर्मलाई मान्न भनि प्रविधि समेतमा पकण बनाइ कलिला बालबालिका समेतको मनमस्तिष्कमा घुसाइ तिनलाई उल्लु बनाइ रहेको छ । अहिले हिजोको अवस्था छैन तसर्थ समाजलाई एक शुत्रमा जोड्न के गर्नु पर्ने हो सोचौं र नयाँ चेतसहित मानिसलाई जानौं कि कसो ? यो मेरो बिचार हो तपाईं पनि आफ्नो बिचार पस्किनुस् । अब पुरानो तरिकाले समाजलाई जोड्न सकिदैन नयाँ बारे छलफल बहस गरौं न कि बाँठो बनि पुरानैमा घोतिलौं । समाजमा समानता र असमानता दुबै छ अल्पसंख्यकले समाजमा रहेको असमानतालाई प्रमुख बनाइ रहेको छ तर, समानता नै बहुसंख्यकको हित गर्छ तसर्थ समानता के हो ? गाँस बाँस कपास स्वास्थ्य शिक्षा रोजगार त्यो समानता हो जो सबैलाई फाइदा आवश्यक छ तर असमानता कालोगोरो सानोठूलो धनीगरीव माथिल्लो जात तल्लो जात मेरो धर्म राम्रो तेरो धर्म खराब यी यस्ता बकवास हुन जुन समाजलाई भत्काइ रहेको छ यो समाजको थोरै मानिसको हित गरेको हुन्छ भने बहुसंख्यकलाई जीवन धान्न विवश पारेको छ ।

अचेल उत्पीडनमा रहेका महिला, मजदूर किसान र मध्यम वर्ग तथा नेपाली पूँजीपतिहरु समेत दिनहँु पूजा पाठ भक्ति र मीडियाको कुरा सुनी एकलेअर्को धर्मको विरोधमा समय बिताइ रहेको पाइन्छ तर कसैको भलो हुन सकेको छैन बरु मानव हत्यामा रमाउने सम्राज्यवाद एवं पूँजीवादले मौजमस्तीमा रमाएको देखिन्छ । यही सत्य कुरा हो तर यसको अर्थ धर्म निर्माण गर्नेहरु नै दोष भागी भन्न मिल्दैन ।

किन भने तत्कालीक परिस्थितिमा जनसंख्या वृद्धि र शासकहरुको बोलबाला रहेको अवस्थामा त्यसबेलाका ज्ञानीहरुले आफ्नो पेटको लागी नै यी सबै रचनाहरु गरिएको थियो त्यस रचनामा विज्ञान र कल्पना दुबै छ जस्तै कला साहित्य ग्रह उपग्रह चाँद सुरज स्वर नक्षत्र त विज्ञान सम्मतै छ तर पछि यस कुरालाई निजी हितमा प्रयोग भएको कारण विभेद निम्तियो पछि जातपात स्वर्ग नरक भाग्य तकदिर निर्माण भएको पाइन्छ र यसले मानिसको दिमागलाई पंगु बनाइ दिएको छ र सोच्ने तरिकालाई एकागी । यहीं पूँजीपति वर्गले बाहुनको टाउकोमा यी सबै यिनैले बनाएको भनेर बाहुन विरोधी मानसिक्ता जन्माइ दिएकोछ तत्कालीन अवस्थाका प्रगतिशीलहरु पनि बाहुनबादको विरोध गर्न न सक्नुको कारण सामन्तिहरु तिनको रक्षा गरेका थिए अहिले समय बदलिएको छ बदलिएको समयालाई न बुझि पुरानै रटानले बाहुनको मात्रै होइन तपाईंहरु सबैको आस्थाको अस्तित्वमा पनि खतरा देखिन्छ । त्यही भएर नयाँ आस्थाको निर्माण गरी अगाडि बढेमा शुद्ध मानवताको भुमिका पुरा गर्न सकिन्छ ।

मेरो बुझाइ त के हो भने धर्म मान्नेहरु यसमा विकास र समृद्धि गर्नु पर्छ न कि पुरानै रटानले समस्या हल हुन्छ । सर्वसम्मत कुरा त के हो भने जसको विकास हुँदैन उसको बिनास अवसम्भावी छ । त्यहि भएर होला हिजोका धर्म विस्तारै मानिसहरुमा अनास्था जन्माइ रहेको छ । तपाईं धर्म मानेको ढ्वाँग गर्नु भएको छ धार्मिक साहित्यमा के भूmठो बोल्न, ठग्न, एकले अर्कालाई झुक्याउन अथवा बोलाई अनुसार ब्यवहार न गर्न सिकाएको छ र ? कि जाँड रक्सी, ड्रग्सहरु सेवन गरी गलत काम गर्न भनेको छ । धर्मलाई त व्यापारको साधन मात्रै कहाँ हो र राजनैतिक कुर्सी पाउन या हत्याउन प्रयोग गरिरहन ठुलो हतियारको रुपमा प्रयोग गरिएको छ ।

यो त्यो हतियार बनाइएको छ कि अचेलका मानिसहरु आस्थाको रुपमा एकले अर्काको घाँटी रेटिरहेका छन् । माफ गर्नु होला जुन धर्मले समाजलाई मानसिक रुपले गुलाम बनाइ नजानिदो किसिमले आपूmलाई नै दुर्दिन भोग्न भाग्य तकदिरमा आश्रित बनायो त्यसैको दुहाइ दिन किमार्थ राम्रो होइन ।

धर्म अथवा आस्था नै राख्ने हो भने हामी मानव धर्म र संस्कृति नयाँ बनाइ जाँदा राम्रो हुने थियो किनकि जसको विकास हुँदैन उसको बिनास अवश्यंभावी हुन्छ हाम्रो शरीरको ब्लड जहिले पनि नयाँ–नयाँ हुँदै जान्छ पुरानो ब्लड समाप्त र नयाँको निर्माण नै प्रकृतिको नियम हो त्यसैले मानव कल्याण हेतू ब्लड डोनेसनको नियम बनाइयो तर त्यसलाई पनि ब्यापारमा बदलि दिएको देखिन्छ तसर्थ यो धरतीमा रहेका मानिसहरु शुद्ध मानिस बन्न नयाँ ढंगले सोचौं हामी प्रकृति प्रदत्त मानिस हौं स्वतन्त्र हुन हामी स्व अधिकार र कर्तव्यको पालना गरौं । हामी अरु प्राणी झैं स्वतन्त्र उड्न आवत जावत गर्न किन सकेका छैनौं ? कसले र किन छेकेको छ ? के कहिले सोच्नु भयो धर्मको नाममा मानिसहरु थुप्रै प्रसाद र पैसा चढाउँछन । प्रसाद त बाँडिन्छ हामी पाउँछौ तर पैसा किन बाँडिन्न ? किन सोच्नु हुन्न ?

अहिले पनि दान दक्षिणा लिने बाहुनहरु दुई खेमामा बाँडिएका छन् पहिलो कथा बाचकको काम गरी धनाड्य भए भने दोश्रो श्रम गर्ने बाहुनहरु इमान्दार रहेको कारण भुइ मान्छे भएका छन् । यो कुरा न बुझी बाहुन घर जन्मे कै नाताले विरोध गर्ने हो भने जातिवादी द्वन्द निम्त्याइ तपाईंले त्यही वर्ग दुश्मन पूँजीबाद कै सेवा गर्नु भएको छैन भनि एकीन गर्न गाह्रो छ । साजिस त झन के भइरहेको छ भने एउटा धर्म या जातिले अर्का धर्म र जातिलाई अप्रत्यक्ष रुपमा विरोधको नामले स्थापित गरेका छन् तपाईं कुनै कुराको बारम्बर विरोध गर्दा न जानिदो किसिमले प्रचार पनि गरिरहनु भएको छ र स्वयम उसैले निर्माण गरेको धर्म र संस्कृतिको रक्षा पनि । हेर्नुस्त तपाईं मंदिर प्रवेश या कथा बाचन या जनेउ धारण गरी बाहुन भन्दा कम छैन भन्ने नाममा त्यही धर्म शास्त्र र जातलाई टेवा दिनु भएको छैन ? तपाईं बाहुनको गोत्र रहेको भनेर तिनैले बनाइ दिएको जाति व्यवस्थालाई मदत पु¥याइ रहनु भएको छैन । त्यही भएर नेपाल कम्युनिष्ट पार्टीले आजैदेखि पुरानो संस्कृति र जात व्यवस्थालाई नयाँ बनाउन आवश्यक देखेर सी संस्कृतिको निर्माण गरेको छ । सी संस्कृति भनेको मानव मस्तिष्कमा भरिएका काल्पनिक कुराको विपरीत वैज्ञानिक अथवा सत्य कुरा समाजमा स्थापित गर्नु जन्मनु र मृत्यु प्राप्तलाई वैज्ञानिक दिसामा उनिनु बिबाह नयाँ कार्यमा पनि भोलिको उद्देश्यलाई केन्द्र बनाउनु सबै मानवलाई एउटै समुदाय हो भनेर विकल्प सहित प्रतिवाद गर्नु जसरी अध्यात्मको विरोधमा भौतिकवादको वकालत गरिन्छ । त्यस्तै पुरानो संस्कृतिको विरोध विकल्पबिहीन बनाइनुलाई किमार्थ सही भनिदैन ।

पूँजीवादले जाति व्यवस्था, राजनीति, अर्थ नीति र संस्कृति समेतमा हस्तक्षेप गरेको कारण नयाँ राज्य ब्यवस्था ल्याउन पूर्वदेखि नै न्यायको लागी छूत अछूत सानो ठुलो लुट्ने र लुटिने सँगै मेरो धर्म राम्रो तेरो नराम्रो यथार्थ के हो भने यी धर्महरुले दिएको सही सीखको संरक्षण र गलत कामको विरुद्ध आजैदेखि नयाँ विकल्पसहित निर्माण तिर लागौं समय परिस्थिति हाम्रै अनूकुल छ ।

प्रतिक्रियाहरु

[anycomment]