भ्रष्टाचारमापनि नेताहरु नै अगाडि

२०७० असार २५ गते, मंगलवार

काठमाडौं , २५ असार। ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर २०१३’ मा नेपालमा सबैभन्दा बढी भ्रष्ट राजनीतिक दलहरू भएको उल्लेख गरिएको छ ।भ्रस्टाचार गर्नेमा राजनीतिक दलपछि निजामती कर्मचारीहरू भ्रष्ट भएको प्रतिबेदनमा उल्लेख छ ।
सर्वेक्षणमा सहभागी ७० प्रतिशतले राजनीतिक दलहरूलाई भ्रष्ट भएको उत्तरदाता थिए । यो अघिल्लो सर्वेक्षणको तुलनामा १७ प्रतिशत बढी हो । सर्वेक्षणमा ५८ नगरपालिकाका ५३ प्रतिशत पुरुष तथा ४७ प्रतिशत महिला गरी एक हजारलाई सहभागी गराइएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।
निजामती कर्मचारीहरू ६६, प्रहरी ५८, संसद-व्यवस्थापिका र न्यायपालिका समान ५१/५१ र व्यापार-निजी क्षेत्रलाई ३० प्रतिशतले भ्रष्ट भनेका छन् । यसैगरी सैनिक २७, शैक्षिक क्षेत्र २१, गैर-सरकारी संस्था २०, चिकित्सा तथा स्वास्थ्य सेवा १७ र धार्मिक संघसंस्थालाई भ्रष्ट भन्ने उत्तरदाता १६ प्रतिशत छन् । ग्लोबल करप्सन व्यारोमिटरमा सञ्चारमाध्यम १४ प्रतिशत भ्रष्ट देखिएका छन् । जुनअघिलो सर्वेक्षणको तुलनामा चार प्रतिशत बढी हो । २०११ मा गरिएको सर्वेक्षणको तुलनामा सबै क्षेत्रमा भ्रष्टाचार बढेको देखिएको छ । राजनीतिक दलहरू र स्थायी सरकार भनिने निजामती कर्मचारीहरू सबैभन्दा बढी भ्रष्ट हुँदा देशको सम्पूर्ण प्रणाली ध्वस्त हुने ट्रान्सपरेन्सी नेपालका अध्यक्ष केसीले बताए ।
सर्वेक्षणमा सहभागीमध्ये सबैभन्दा बढी अर्थात ४० प्रतिशतले भूमिसम्बन्धी सेवाका लागि घूस दिएको बताएका छन् । त्यस्तै न्याय सेवामा ३७, प्रहरीमा ३०, दर्ता र अनुमतिका लागि २६ तथा कर तिर्दा ८ प्रतिशत घूस दिएको जवाफ दिएका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनले नेपालसहित विश्वका १०७ वटा देशमा विभिन्न १३ वटा प्रश्नमा अध्ययन गरेको थियो ।
तपाईंको सम्पर्कमा आएका व्यक्तिलाई कुनै प्रकारका घुस दिनुपरेको छ ? भनी सोधिएको प्रश्नमा सबैभन्दा बढी भूमिसम्बन्धी सेवामा घुस दिएको प्रतिवेदनले जनाएको छ ।४० प्रतिशतले भूमिसम्वन्धी सेवा लिनका लागि घुस दिनुपरेको बताएका हुन् । न्याय प्रणालीमा ३७, प्रहरीमा ३०, दर्ता र अनुमति सेवामा २६, करमा ८, उपभोग्य सेवामा ६ र चिकित्सा तथा स्वास्थ्य सेवामा ३ र शैक्षिक प्रणालीमा ३ प्रतिशतले घुस दिनुपरेको जवाफ दिएका थिए

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु