बाबुरामद्वारा बैठक बहिस्कार

काठमाडौं , ३१ असार, । एकीकृत नेकपा माओवादीका केन्द्रीय पदाधिकारीसहित विभिन्न विभाग र ब्यूरो इञ्जार्जहरुको सोमबार दिउँसो पेरिसडाँडामा सम्पन्न भएको वैठकमा डा. बाबुराम भट्टराईको भने उपस्थिति भएनन् ।बैठकमा मजदुर नेता शालिकराम जम्मकट्टेल, पुष्मविक्रम मल्ल, झक्कु सुवेदी, अन्तरराष्ट्रिय विभागका सदस्य युवराज चौलागाईलगायत करिब आधा दर्जन नेताहरुले डा. बाबुराम भट्टराइएको त्यागपत्रबारे कुरा राखेको बैठकका सहभागी एक नेताले बताए ।
भोलि मंगलबार पूर्वस्थायी समितिका नेतासहित राज्य इञ्जार्ज र ब्यूरो प्रमुखहहरुको बैठक बस्ने स्रोतले बताएको छ । साउन ४ गतेका लागि बोलाइएको विस्तारित बैठकको तयारीका क्रममा नेतृत्वले विभिन्न तहशमा बैठक आयोजना गरेर सुझाव संकलन जारी राखेको छ ।बाबुराम भट्टराईले गरेको पदत्यागको निर्णयलाई सदर गर्ने कि उनलाई पुनः जिम्मेवारीमा फर्काउने भन्नेबारे एमाओवादीभित्र तिब्र छलफल चलिरहेको छ । विभिन्न तहबाट सुझाव लिएपछि विस्तारित बैठकअगावै यो विषयलाई टुंगो लगाउने तयारीमा माओवादी नेतृत्वले गृहकार्य गरिरहेको छ ।