बाबुराम बरिष्ठ नेता बन्ने

काठमाडौं, १ साउन –एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बावुराम भट्टराईको पदत्यागलाई अस्विकार गर्दै वरिष्ठ नेता बनाएर जाने प्रस्ताव गरेका छन् ।मंगलबार भएको पदाधिकारी, विभिन्न विभाग र राज्य समिति ईन्चार्जसँगको छलफलमाम प्रचण्डले भट्टराईको पदत्याग अस्विकार गर्दै वरिष्ठ नेता बनाएर जाने प्रस्ताव गरेका हुन् ।प्रचण्डको प्रस्तावमा नेता बाबुराम भट्टराई पनि सकारात्मक भएको बताइएको छ । वरिष्ठ नेताको पद कार्यकारी नभएको र स्वीकार्न पार्टीमा दवाव आएकाले त्यसमा सोच्न सकिने भट्टराईले प्रतिक्रिया दिएका छन् । यसबारे छलफल भइरहेको भट्टराईको निजी सचिवालयले जनाएको छ ।