एमाओवादी नेतृत्वको मोर्चाद्धारा आन्दोलनको घोषणा

२०७१ पुष ८ गते, मंगलवार

काठमाडौं । संविधानसभा भित्र र बाहिर रहेका ३० दलले पहिचानसहितको संविधान जारी गर्नका लागि दबाब दिन भन्दै आमहड्ताल सहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।संविधानसभाभित्रका १९ र बाहिरका ११ दलको सोमबार बेलुका एकीकृत नेकपा माओवादीको संसदीय दलको कार्यालयमा बसेको बैठकले आमहड्तालसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
३० दलले यही पुस १९ गते देशका सबै जिल्ला सदरमुकाममा जनप्रदर्शनसहित सभा गर्ने, २५ गतेदेखि २९ गतेसम्म विभिन्न क्षेत्रमा आम हड्ताल गर्ने र माघ ५ गते नेपाल बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएपनि सहमतिका लागि वार्तालाई पनि जारी राख्ने ३० दलको भनाइ छ । ३० दलको बैठकले आन्दोलनलाई प्रभावकारी बनाउन संयन्त्र बनाउने निर्णय समेत गरेको छ ।
३० दलका नेताले नेपाली कांग्रेस र नेकपा एमाले दुई तिहाइ बहुमतबाट संविधान बनाउने खेलमा लागेकाले बाध्य भएर आन्दोलनका कार्यक्रम घोषणा गरेको बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]