दलालहरुले देशलाई यूक्रेन र श्रीलंका बनाउन खोजे !

२०७९ श्रावण १३ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सुर्खेत- दैलेख ईन्चार्ज एटम विसिले दलालहरुले देशलाई यूक्रेन, श्रीलंका बनाउन खोजेको ठोकुवा गर्दै मुलुकको राष्ट्रियता संकटमा परेको उल्लेख गर्दै देशलाई बचाउन राष्ट्रिय स्वाधिनताको आन्दोलन गर्नु पर्ने बताएका छन। नेकपा दैलेखको चौथो पुर्ण बैठकलाई सम्बोधन गर्दै नेता विसिले सो कुरा बताएका हुन् ।
राष्ट्रघाति एमसिसि सम्झौत, एसपिपि सम्झौता खारेजी गर्न र भ्रष्टाचार, महँगी, विरुद्ध आफुहरु निरन्तर संघर्ष गरिरहेको कुरा गर्दै यो व्यवस्थाको अन्त्य गरेर बैज्ञानिक समाजवादी व्यवस्था आएपछि मुलुकका सबै समस्या समाधान हुुने कुरा वताए ।
जिल्ला सेक्रेटरी कलम विकको अध्यक्षतामा बसेको बैठकमा युवा संगठन नेपालका केन्द्रीय सदस्य कमरेड गोविन्द आथिति रहेका थिए । बैठकले आगामी असोजमा काठमाडौंमा सम्पन्न हुने ऐतिहासिक नवौँ माहाधिबेसनलाई भव्य रुपमा सम्पन्न गर्नको लागि बार्ड,गाउँ,नगरका भेला सम्मेलनका गर्नुका साथै आगामी भदौ १८ गते तेस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ। एमसिसि,एसपिपि, राष्ट्रघाति नागरिकता विधेयक, भ्रष्टाचार र महँगी बिरुद्ध संघर्ष गर्ने, नवौँ माहाधिबेसनको प्रचारप्रसारका कामहरु तिव्र बनाउने निर्णयहरु गरिएको जानकारी जिल्ला सेक्रेटेरी कलम विकले गरिएको जानकारी जिल्ला सेक्रेटेरी कलम विकले दिए ।

प्रतिक्रियाहरु

[anycomment]