मङ्सिर ४ को चुनाब ससक्त ढङ्गले खारेज गर्न आह्वान

२०७९ कार्तिक २२ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको घोषित कार्यक्रम अन्तर्गत काठमाडौंको ठहिटीमा कोणसभा सम्पन्न भएको छ । मङ्सिर ४ गते हुन गईरहेको सङ्घ र प्रदेशको चुनाब पार्टीले खारेज गर्ने निर्णय बमोजिम आयोजना गरिएको उक्त कोणसभालाई पार्टीको केन्द्रिय प्रतिनिधि सदस्य तथा महानगर इन्चार्ज प्रताप सिले सम्बोधन गर्दै मङ्सिर ४ को चुनाब अर्धमुर्छित दलाल संसदीय ब्यबस्थालाई जीवनदान दिएर नब्यूताउन आग्रह गरेका छन । उनले एमसिसि- एसपिपि जस्ता रास्ट्रघाती सम्झौता गर्ने दलाल संसदीय ब्यबस्थालाई बैधानिक लाईसेन्स दिनुमात्रै भएको बताउदै महङ्गी ,भ्रष्टाचार ,बलात्कार अत्याचारले भरिएको यो दलाल संसदीय ब्यबस्थालाई फ्याकेर बैज्ञानिक समाजबादी शासन ब्यबस्था ल्याउन यो मङ्सिर ४ को चुनाब ससक्त ढङ्गले खारेज गर्न आह्वान गरॆका थिए ।

प्रतिक्रियाहरु

[anycomment]