आज मधेश प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले बलिदानी दिवस र मधेश आन्दोलन स्मृति दिवसको अवसरमा बिदा दिएको हो । मधेश आन्दोलनका क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा १६ वर्षीय रमेश महतोको मृत्यु भएकोले त्यस दिनको स्मृतिस्वरुप मधेशमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने गरिएको हो ।