वर्तमान संकटको समाधान वैज्ञानिक समाजवाद !

२०८० बैशाख ७ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिती सदस्य शिलुले अहिले जनतामाथि लादिएका सबै संकटको समाधान वैज्ञानिक समाजवादी सत्ताले मात्र दिने र यसको निम्ती आफ्नो पार्टी निरन्तर लडिरहेको बताएकी छन । नेपाल कम्युनिस्ट पार्टी झापाद्वारा बुधबार आयोजित बृहत् विरोध प्रदर्शन तथा जनसभालाई सम्बोधन गर्दै नेत्री शिलुले सो कुरा बताएकी हुन्।
उनले अहिले देशलाई संकटबाट पार लगाउने शक्ति आफ्नो पार्टीमात्र भएको र देशको सम्पूर्ण जिम्मा लिन आंफुहरु तयार रहेको ठोकुवा गरिन । नेत्री शिलुले झापा बिद्रोहका शहिद, जनयुद्ध र एकिक्रित जनक्रान्तिका शहिदहरुलाई स्मरण गर्दै झापाली जनताले जहिले पनि अग्रगमनलाई साथ दिएको बताइन। उनले अहिले विभिन्न तत्वले भ्रमित गर्न प्रयत्न गरिरहेको प्रति सचेत रहंदै नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा संचालित संघर्षमा जुट्न अपिल गरिन् ।
जनसभामा नेकपाका मेची ब्युरो इन्चार्ज सुमनसिंह सी लगायतले संबोधन गरेका थिए । उक्त कार्यक्रमको कममा ५० जना बढी युवाहरु विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रबेश गरेका थिए ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टीले जनताको समस्या र संकटलाई मध्यनजर गर्दै संघर्षका कार्यक्रमहरु सार्वजानिक गरेको छ । बैंक, लघुबित्त, मिटरब्याजी, भ्रस्टाचारी, कमिशनखोरीका बिरुद्ध निर्ममतापुर्वक संघर्ष गर्ने बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार