‘ कम्युनिस्ट अन्तर्राष्ट्रिय संगठन निर्माण गरेर एकताबध्द भएर अगाडि बढौ ‘

२०८० बैशाख २२ गते, शुक्रबार


काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , कम्युनिस्ट अन्तर्राष्ट्रिय संगठन निर्माण गरेर एकताबध्द भएर अगाडि बढ्न आग्रह गरेको छ । मार्क्सको २०५औ जन्म दिवसको अवसरमा सो संगठनका अध्यक्ष हस्तबहादुर केसीली आज एक बिज्ञप्ती जारी गर्दै सो आग्रह गरेका हुन् ।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ –’ वैज्ञानिक साम्यवादका संस्थापक अर्थात् विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त मार्क्सवादका प्रवर्तक , विश्वकै पहिलो कम्युनिस्ट पार्टी ” कम्युनिस्ट लिगका संस्थापक , पहिलो कम्युनिस्ट अन्तर्राष्ट्रियका संस्थापक दार्शनिक कार्ल मार्क्सको आज २०५ आौं जन्म जयन्ती । आजकै दिन अर्थात् सन १८१८ मे ५ का दिन जर्मनीको प्रसिया प्रान्त अन्तर्गत ट्रियर शहरमा उहाँको जन्म भएको थियोे । विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले यस ऐतिहासिक दिनमा मार्क्सप्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दै सम्मान व्यक्त गर्दछ ।
मार्क्स र एंगेल्सद्वारा कम्युनिस्ट लिगको तर्फबाट सन १८४८ फेब्रुअरी २१ दिन लण्डनबाट कम्युनिस्ट घोषणापत्र प्रकाशित भयो र त्यस कदमले संसारलाई नयाँ युगमा प्रवेश गराएको थियो , जुन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा युगान्तकारी ऐतिहासिक परिघटना थियो ।
आज माक्र्सवादले दोस्रो चरणमा लेनिनवाद र तेस्रो र नयाँ तथा उच्च चरणमा माओवादको विकास भइरहेको अवस्थामा आज एकातिर दक्षिणपन्थी संशोधनवादी हावी भइरहेको र विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको र अर्कोतिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन पहिलो अन्तर्राष्ट्रिय , दोस्रो अन्तर्राष्ट्रिय , तेस्रो अन्तर क्रान्तिकारी आन्दोलन ( रिम) को विघटन पश्चात् अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन कम्युनिस्ट अन्तर्राष्ट्रिय बिहिन अवस्थामा रहेकोले मार्क्सवाद – लेनिनवाद – माओवादको रक्षा , विकास र प्रयोगको निम्ति विश्वभर क्रियाशील क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले एउटा नयाँ कम्युनिस्ट अन्तर्राष्ट्रिय संगठन निर्माण गरेर एकताबध्द भएर अगाडि बढ्न अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र हार्दिक आग्रह र अनुरोध गर्दछ । र , यस कदममा हाम्रो ऐक्यबद्धता रहीरहने र सबै प्रकारका सरसहयोग गरिरहने प्रतिबधाता जाहेर गर्दछ ।’

प्रतिक्रियाहरु

[anycomment]