युवा संगठन नेपाल सुर्खेतद्वारा राष्ट्रिय स्वाधीनताका लागि हस्ताक्षर अभियान सुरु
२०८० असार २ गते, शनिबार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन नेपाल सुर्खेतले राष्ट्रिय स्वाधीनताका लागि हस्ताक्षर अभियान थालेको छ। सो पार्टीनिकट युवा संगठन नेपालको केन्द्रिय कमिटिको छैठौ पुर्ण वैठकको निर्णयलाई कार्यन्वयन गर्दै राष्ट्रिय स्वाधीनताका लागि हस्ताक्षर अभियान सुरु गरेको बताएको छ। उक्त हस्ताक्षर अभियान कार्यक्रमको कर्णाली मुक्ति मोर्चा नेपालका संयोजक विराट सीले हस्ताक्षर गरेर उद्घाटन गरेका हुन् । कार्यक्रम असार २ गतेदेखि ८ गते सम्म चल्ने बताइएको छ।