काठमाडौं महानगरका प्रमुख बालेन शाहविरुद्द सर्वोच्चमा निवेदन दर्ता

२०८० असार १० गते, आईतवार

काठमाडौं । अधिवक्ता वर्षाकुमारी झाले काठमाडौं महानगरका प्रमुख बालेन शाहले अदालतको अवहेलना गरेको गरेको भन्दै भन्दै सर्वोच्च अदालतमा निवेदन दिएकी छन् । झाको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । यदी ढुंगानाको इजालसले उचित ठानेमा मात्रै बालेनविरुद्दको निवेदनले मुद्दाको रुप लिनेछ ।
मेयर शाहले भारतीय आदिपुरुषको विषयवस्तुमा नेपालबारे गलत तथ्य प्रस्तुत गरिएको भन्दे काठमाडौं महानगरभित्र चल्न नदिने निर्णय गरेका थिए । तर उच्च अदालतले बालेनको निर्णयविरुद्द अन्तरिम आदेश जारी गरेको थियो ।
त्यसपछि प्रमुख बालेन शाहले उच्च अदालतको आदेश नमान्ने अभिव्यक्ति दिएका थिए । साथै उनले अदालत नै भारतको इसारामा चल्ने गरेको भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]