सी स्मृति दिवस सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले मृतक आफन्तजनलाई सम्झिने पुरानो नेपाली परम्परालाई तोडदै सी संस्कृति अवलम्बन गरिरहेको छ ।
पार्टीको सोही नीतिअनुसार असोज २५ गते देशव्यापीरुपमा सी स्मृति दिवस मनाएको छ। पार्टीको नवौं महाधिवेशनबाट पुरानो परम्परागत जातिको विकल्पमा नयाँ जाति सी जाति अथवा कम्युनिस्ट , साम्यवादी जाति बनाएको थियो । पार्टीको सोही नीति अनुसार असोज २५ गते
नेपाल कम्युनिस्ट पार्टी उपत्यका व्युरोले जनयुद्ध, एकीकृत जनक्रान्तिका सहिद तथा आफ्न्तजनहरुको सम्झनामा शान्तिबाटिकामा दीव प्रज्वलन गरेको थियो । उक्त दीप प्रज्वलन कार्यक्रममा नेकपा उपत्यका व्युरो इन्चार्ज कृति सीले पहिलो मैनबत्तिले दियो बालेर उद्घाटन गरेका थिए । कार्यक्रममा पोलिटव्युरो सदस्य माइला सी, केन्द्रीय सदस्य विपिन सी, विजय सी, आरोह सी लगायत प्रतिनिधि समिति सदस्य, जिल्ला इन्र्चाज सेक्रेटरी तथा जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई नेकपा केन्द्रीय सदस्य भृकुटी सीले संचालन गरेकी थिइन् ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी, उपत्यका व्युरोले सी स्मृति दिवसको अवसरमा बृक्षारोपण गरेको छ । दिवंगत आफन्तहरुको सम्झनामा नेकपा उपत्यका व्युरोले काठमाडौंको बानेश्वर बहुमुखि क्याम्पस, शान्तिनरमा बृक्षारोपण गरेर सी स्मृति दिवस मनाएको हो । क्याम्पस हाताभित्र १० वटा फलफूलका विरुवाहरु रोपेर नेकपाले सी स्मृति दिवस मनाएको हो । बृक्षारोपण कार्यक्रममा नेकपा केन्द्रीय सदस्य भृकुटी सीको प्रमुख आतिथ्यता रहेको थियो । उनले बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाले सुरु गरेको सी संस्कृतिलाई विस्तार गर्दै जनस्तरमा लौजानुपर्ने बताइन् ।
नेकपाले रुदाक्ष, एबोकार्डो, सुन्तला, कागती, अम्बा लगायतका विरुवाहरु रोपेको थियो । बृक्षारोपण कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सी, जनगणतान्त्रिक सम्पर्क मञ्चका संयोजक रत्न सी, नेकपा काठमाडौं जिल्ला नम्बर १ का सेक्रेटरी दिपक सी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन अखिल क्रान्तिकारी उपत्यका व्युरो इन्चार्ज लोकेन्द्र सीले संचालन गरेका थिए ।
यता, नेपाल कम्युनिस्ट पार्टी, काठमाडौं जिल्ला नम्बर तीनले बृक्षारोपण गरेर सी स्मृति दिवस मनाएको छ । दिवंगत आफन्तहरुको सम्झनामा नेकपा काठमाडौं जिल्ला नम्बर तीनले त्रिभूवन पार्कमा बृक्षारोपण गरेर सी स्मृति दिवस मनाएको हो । पार्क हाताभित्र १० वटा फलफूलका विरुवाहरु रोपेर नेकपाले सी स्मृति दिवस मनाएको हो । बृक्षारोपण कार्यक्रममा जिल्जा इन्चार्ज डिआर सीीको प्रमुख आतिथ्यता रहेको थियो । उनले बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला नम्बर तीन इन्चार्ज डिआर सीले सी सहिद पार्कमा बृक्षारोपण गरेर सहिदलाई सम्झिदै सी स्मृति दिवस मनाएको बताए ।
नेकपाले रुदाक्ष, एबोकार्डो, सुन्तला, कागती, अम्बा लगायतका विरुवाहरु रोपेको थियो । जिल्ला सेक्रेटरी दिव्य सीले कार्यक्रम संचालन गरेका थिए ।
यसैगरी, सी संस्कृति अनुसार नेकपा पश्चिम दाङले तुलसीपुरमा मृत आफन्तजन प्रथम स्मृति दिवसको व्यानरसहित मृत आफन्तजनका फोटाहरुमा माला , टीका अर्पण गर्दै मृतक आफन्तजनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सीको अध्यक्षतामा भएको स्मृती दिवस कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रममा नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम् पार्टीका राप्ती ब्युरो कार्यालय सचिव विकास सी , गणतान्त्रिक खेककुद महासंघ लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओली , नेकपा बबई गाउँकमिटिका इन्चार्ज उज्वल सी , अनेमसङ्घ क्रान्तिकारी पश्चिम दाङ जिल्ला अध्यक्ष प्रकृति सी , सहिद परिवार भिमकली ओली लगायतको आतिथ्य रहेको थियो ।
नेकपा बबई गाउँकमिटीका इन्चार्ज उज्वल सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओली , गणतान्त्रिक खेलकुद महासंघका लुम्बिनी प्रदेशका इन्चार्ज रुद्र सी , नेकपाका राप्ती ब्युरो कार्यालय सचिव विकास सी , नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण नेकपा तुलसीपुरका इन्चार्ज भुवन सीले गरेका थिए ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी ति कञ्चनपुरले अस्पतालमा फलफुल वितरण गरेर सी स्मृति दिवस मनाएको छ । दिवंगत आफन्तहरुको सम्झनामा नेकपाले जिल्लाको महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गरेर सी स्मृति दिवस मनाएको हो ।
साथै नेकपा कञ्चनपुरले कार्यक्रमको आयोजना गरी जनता र पार्टी नेताकार्यकर्ता बीच पुर्खाहरुको सम्झनामा स्मरण सहितको शुभकामना आदानप्रदान गरेका हुन । कार्यक्रममा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य विराट सी ले सि संस्कृतिको विचारलाई सबै जनता सामु लैजानु पर्ने बताए । उनले विगतको विभेदित कुसंस्कारलाई त्याग्दै प्रगतिशील विचार सहितको सी संस्कृति सबैले अबलम्बन गर्न आग्रह गरे । अहिलेको आधुनिक समाजमा अन्धविश्वासमा विश्वास नगरी विज्ञान सम्वत चल्नुपर्ने उनको भनाइ छ ।
फलफुल वितरण तथा स्मृति दिवस कार्यक्रममा नेकपा केन्द्रीय सदस्य विराट सी, नेकपा कञ्चनपुर जिल्ला सचिवहरु दिवार सी, प्रकाश सी , मजदुर संगठन केन्द्रीय सदस्य कमल सी,युवा संगठन जिल्ला अध्यक्ष भरत सी, अखिल क्रान्तिकारी जिल्ला संयोजक अनील सी लगायत पार्टीका कार्यकर्ता सहभागी थिए ।
नेपाल कम्युनिस्ट पार्टीको ९औं महाधिवेशनबाट असोज २५ गते सी संस्कृतिको रुपमा सी स्मृति दिवस मनाउने निर्णय गरेको थियो । सी संस्कृति अनुसार मृत्यु संस्कार ५ दिनसम्म विविध कार्यक्रम गरि शोक मनाउने , विवाहलाई पुरानो संस्कारभन्दा नयाँ जनवादी शैलिमा गर्ने , परिवारमा बच्चा जन्मदा जीवन कोष खडा गर्ने , मृत्युमा अक्षयकोष स्थापना गर्नेलगायत छन ।