नेकपद्वारा रुकुमको सानीभेरी गाउँपालिकालाई राहत हस्तान्तरण

२०८० कार्तिक २७ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी रुकुमको सानीभेरी गाउँपालिकाका भुकम्प प्रभावित नागरिकलाई राहत हस्तान्तरण गरेका छन । रुकुमको सानीभेरीमा गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्ट,उपाध्यक्ष कमला रोक्का लगायत सहभागी पालिका प्रतिनिधिहरुलाई पार्टी द्वारा संकलित राहत हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण पछि बोल्दै महासचिव विप्लव सी ले भुकम्पले सिङो देश अफ्ट्यारोमा परेको भन्दै यो जटिल परिस्थितिमा सबै एकजुट हुन आग्रह गरे । हस्तान्तरण पछि पालिका अध्यक्ष बिष्टले यो जटिल परिस्थितिमा गाउँपालिकालाई सहयोग गरेकोमा पार्टी महासचिव र केन्द्रीय समितिलाई धन्यवाद व्यक्त गरेका थिए । नेकपाले रुकुममा झण्डै २० लाख बराबरको राहत सामग्री हस्तान्तरण गरेको केन्द्रीय सदस्य सवीन सीले बताए ।
झण्डै एक करोड बराबरको राहत सामग्री लिएर कन्टेनर सहित गत शुक्रबार साझ भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी जाजरकोट,रुकुम हुदै आईतवार राती सल्यान पुगेका छन ।
सोमबार सल्यानको दार्मामा भुकम्प प्रभावित बस्ती अवलोकन र राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको पार्टी पिविएम असल सीले बताए । – प्रकाश डुम्रे

प्रतिक्रियाहरु

[anycomment]