‘नेपालका क्रान्तिकारी कम्युनिस्टले माओबाट धेरै कुराको शिक्षा लिनुपर्छ ‘
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सी ले नेपालका क्रान्तिकारी कम्युनिस्टहरुले माओबाट धेरै कुराको शिक्षा लिनुपर्ने बताएका छन। नेकपा जाजरकोटद्वारा मंगलबार आयोजित
चिनियाँ जनक्रान्तिका महान नेता माओको १३१औं जन्म दिवस तःता २ महिने ‘सङ्गठन सुदृढ तथा विस्तार एवं राज्य षड्यन्त्रको भण्डाफोर’ अभियानको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।
नेता रामलाल सीले कार्यक्रमलाई सम्बोधन गर्दै माओले बिश्व कम्युनिस्ट आन्दोलनमा खेलेको भूमिका एवं संश्लेशण गरेको विचार र नीति–सिद्धान्त महत्वपूर्ण भएको उल्लेख गर्दै नेपालका क्रान्तिकारी कम्युनिस्टहरुले माओबाट धेरै कुराको शिक्षा लिनुपर्ने बताए । उनले २ महिने संगठन सम्बन्धि अभियानको महत्व र खेल्नुपर्ने भूमिकाबारे समेत स्पष्ट पार्दै आफ्नो नेतृत्वमा रहेको मोर्चाको अभियान टिम भूकम्प पीडित जनताको अस्थायी आवास निर्माण अभियानमा १ हप्ताजति जाजरकोटमा खट्ने पनि जानकारी दिए ।
उक्त कार्यक्रममा जाजरकोट जिल्ला इन्चार्ज बिराजन सी, जिल्ला सचीव. धन्जित सी, डोल्पा जिल्ला सचीव गौचन सी, श्रमिक समुदाय मोर्चा केन्द्रीय सचिवालय सदस्य एवं सेती–महाकाली इन्चार्ज मधुसूदन सी, मोर्चा केन्द्रीय सदस्य लोकेन्द्र सी लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कुशे गाउँपालिका–४ की शर्मिला रोकाया नेकपामा प्रवेश गरेकी छन । उनलाई प्रमुख अतिथि रामलाल सीले अविर लगाएर स्वागत गरेका थिए ।