सत्ता गठबन्धनद्वारा राष्ट्रियसभा निर्वाचनमा भागबण्डा
२०८० पुष २२ गते, आईतवार
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि चार दलबीच सिट बाँडफाँटबारे सहमति भएको छ। बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी सहमती भएको सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री प्रचण्ड , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेताहरू सहभागी रहेका उनले बताए।
सिट बाँटफाँडमा सहमति भएसँगै दलहरुले आन्तरिक छलफल गरेर उम्मेदवारको नाम टुङ्गो लगाउने तयारी गरेका छन्।