संसदीय व्यवस्थाको बिकल्प वैज्ञानिक समाजवाद

२०८० माघ १३ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य सन्देश सीले नेपालमा संसदीय व्यवस्था रहेसम्म जनताको जीवनस्तर सुधार हुन नसक्ने भएकाले यसको विकल्प खोज्नु पर्ने बताएका छन । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कतिक महासंघको सामना परिवारले आज चितवनको माडीमा आयोजना गरेको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।
राष्य षड्यन्त्रको भण्डाफोर तथा जनजागरण अभियान अन्तर्गत केन्द्रिय सामना परिवारको टिमले प्रश्चिमचितवन जिल्ला माडीमाको बसन्तपुर स्थित दिवाकर चोकमा साँस्कृतिक कार्यक्रम संचालन गरेको हो। उक्त कार्यक्रममा सामना परिवार कलाकारहरुले विभिन्न प्रगतिशील र देशभक्तिपूर्ण गीत, संगीत तथा नृत्य प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रम नेकपाका पोलिट ब्युरो सदस्य एटम सी र सन्देशको उपस्थितिमा प्रश्चिम चितवन जिल्ला पार्टीलाई लघुविधुत पिडित महिलाहरुको सुमहले लघुविधुत संञ्चालकहरुले अत्यचार गरेकाले कारर्वाहिको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]