‘नेपाली विशेषताको समाजवादले मात्र युवाहरुको समस्या हल गर्छ’

२०८० माघ २९ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको पोलिट व्युरो सदस्य एवं पुर्वी नारायणी व्युरो इन्चार्ज रक्तिम सीले नेपाली विशेषताको समाजवादले मात्र युवाहरुको समस्या हल गर्ने ठोकुवा गरेका छन । सो पार्टीनिकट युवा संगठन नेपाल रौतहटको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्। नेता रक्तिमले देश संकटमा परेको बेला देश बचाउने जिम्मा युवा संगठन नेपालको रहेकोले युवाहरुले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।
उक्त कार्यक्रममा नेकपा रौतहटका जिल्ला इन्चार्ज शिवशंकर सीले तराईमा व्याप्त मिटर व्याजको समस्याकाे हल गर्न युवाहरुको विशेष भुमिका हुने बताए ।
उक्त कार्यक्रमा युवा संगठन नेपाल पुर्वी नारायणी ब्युरो इन्चार्ज एवं युवा संगठन नेपाल पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य विवेक सी, पार्टी जिल्ला सेक्रेटरी जितेन्द्र सी, किसान महासंघका केन्द्रीय सदस्य लालबाबु शाह, उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य सुरेन्द्र शाहलगायतका अतिथिले नवनिर्वाचित टिमलाई बधाई एवं शुभकामना दिएका थिए ।
सो भेलाले सन्तोष शाहको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसमा सचिव जनक धारी, कोषाध्यक्षमा सुनैना, सदस्यहरुमा सन्तोष , साजन ,रविन, सन्तलाल, विष्णुलाल, सन्तुरामलगाएत रहेका छन् ।
सोही कार्यक्रममा अध्यक्ष सनम र सचिव धर्मेन्द्रको नेतृत्वमा ९ सदस्यीय श्रमिक समुदाय मोर्चाको जिल्ला भेला आयोजक कमिटी समेत निर्माण गरिएको थियो । सो कार्यक्रम सन्ध्या सीको अध्यक्षता एवं विराज सीको संचालनमा भएको थियो भने स्वागत मन्तव्य जितेन्द्र सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]