नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक मध्यान्ह साढे १२ बजे संसद् भवन नयाँ बानेश्वरको लोत्से हलमा बस्ने बताइएको छ। प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताए । संघीय संसद्का दुवै सदनमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण संसद्ले धन्यवाद प्रस्ताव समेत पारित भएन।
कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई छानबिनको दायरामा ल्याउनुपर्ने र त्यसकालागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले छानबिन समिति गठन गर्न आवश्यक नभएको भन्दै अडान लिँदै आएका छन्।