गणतन्त्रको नाममा लुटतन्त्र !

२०८१ जेष्ठ २२ गते, मंगलवार


काठमाडौँ । । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विवेक सीले दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको र गणतन्त्रको नाममा लुटतन्त्र मौलाएको ठोकुवा गरेका छन। सोमबार नेपाल कम्युनिष्ट पार्टी कालिकोटको रास्कोट नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता विवेक सीले नेपाल कम्युनिष्ट पार्टीको मिसन संसदवाद नभएर समाजवाद भएको बताउदै भने -‘नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण असफल भयो, गणतन्त्रको नाममा लुटतन्त्र आयो, यसले नेपालको राजनीतिक संकटको निकास दिन सक्दैन त्यसका लागि नेपालमा नेपाली विशेषताको समाजवाद एक मात्र विकल्प हो ।’
नेता विवेकले पार्टीको मिसन ८४ भनेको समाजवादी व्यवस्था स्थापनाका लागि भएको बताए । उनले नेकपा चुनावमा गएर संसदवादमा जान लागेको भन्ने भ्रममा नपर्न आग्रह गर्दै नेकपाले कुनैपनि बाटोबाट समाजवाद स्थापना गर्ने विश्वास दिलाए ।
नेता विवेकले २०५७ साल पुस २७ गते थोल्म हत्याकाण्डमा आफू गम्भीर घाइते मृत्युबाट बचेको स्मरण गर्दै आफूले नाफाको जीवन पाएको र अझै पनि सहिदहरुले देखाएको बाटोमा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा रास्कोट नगर कमिटी इन्चार्ज समग्र सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य भूकम्प सी, सहिद परिवार, बेपत्ता परिवार लगायतको उपस्थिति रहेको थियो । नेकपा नगरकमिटी सचिव निर्देशन सीको अध्यक्षतामा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]