बीआरआईमा अनुदान मात्रै स्वीकार्य !
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले चीनको बिकास परियोजना बीआरआई अन्तर्गतको अनुदान मात्र स्विकार गर्ने पूर्ववत् अडानमा फेरबदल नभएको प्रस्ट पारेको छ। सो पार्टीको सोमबार बसेको कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री चीन जाँदा भएको दुई पक्षीय समझदारी बारेमा छलफल भएको र पार्टीले अनुदान स्वीकार गर्ने तर ऋण स्वीकार नगर्ने कार्यसम्पादन समितिले यसअघि नै गरेको निर्णयअनुसार समझदारी भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले भने-‘प्रधानमन्त्री फर्केपछि अनुदान नै लिने हो, ऋण होइन भन्नुभएको छ । कांग्रेसको भनाइ अनुसार नै सरकारले चीन आफ्ना धारणा प्रस्तुत छ । फ्रेमवर्क समझदारी भएको छ । हाम्रो राष्ट्रिय अनुकूलताका विषयवस्तुहरु मात्रै समावेश गर्ने गरेर अघि बढ्यो । ग्रान्ट फाइन्नासिङ नभएर एड फाइन्नासिङ आयो भनेर सार्वजनिक रुपमा जुन चर्चा भएको छ,’ महतले भने,‘ एड फाइन्नासिङ ग्रान्ट स्वभाविक रुपमा पर्ने भइहाल्यो ।’
महतले परियोजनाहरुमा सम्झौता गर्दा अनुदानका आधारबाट अघि बढ्ने बताए । उनले शर्त सहितका ऋण लिँदा परियोजना सकिएपछि पनि ऋण तिर्न नसकिने अवस्था हुने बताउदै भने- ‘पोखरा विमानस्थलको पनि अत्यन्त नराम्रो हाम्रो अनुभव छ । प्रतिफल नआउने सुनिश्चित भइसक्यो । खराब ऋणमा पर्यो ,अहिले हामी ऋण लिन सक्ने अवस्थामा छैनौं ।’