असार १ देखि भदौ मसान्तसम्म सडक खन्न तथा भत्काउन रोक

२०७९ जेष्ठ २५ गते, बुधबार


काठमाडौं । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि भदौ मसान्तसम्म सडकमा खन्ने र भत्काउने काम गर्न रोक लगाउने जनाएको छ । वर्षा याममा सडक खन्दा थप बिग्रिने भन्दै सडक विभागले असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नदिने निर्णय गरेको हो । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भन्दै सो कार्यालयले सबै सडक डिभिजन कार्यालयहरूलाई निर्णय लागू गराउन भनेको हो ।
कसैले जबर्जस्ती सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने पनि सो कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज र भोलि वर्षाको सम्भावना

२०८२ चैत्र १३ गते, शुक्रबार

आज रामनवमी

२०८२ चैत्र १३ गते, शुक्रबार

आज चैते दसैँ

२०८२ चैत्र १२ गते, बिहीबार

आज चट्याङसहित वर्षाको सम्भावना

२०८२ चैत्र १२ गते, बिहीबार