१२९ सवारी चालकमाथि मापसे कारवाही !

२०७९ असार २६ गते, आईतवार


काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक प्रहरीले २ हजार ४८ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उपत्यकाका विभिन्न स्थानमा शनिबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १७१ जना, मदिरा पिएर सवारी साधन चलाउने १२९ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०४ जना, तिब्र गतीमा सवारी साधन चलाउने ९४ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ६३ जना रहेका छन् । लेन उल्लंघन गर्ने ५४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४२ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २१ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज र भोलि वर्षाको सम्भावना

२०८२ चैत्र १३ गते, शुक्रबार

आज रामनवमी

२०८२ चैत्र १३ गते, शुक्रबार

आज चैते दसैँ

२०८२ चैत्र १२ गते, बिहीबार

आज चट्याङसहित वर्षाको सम्भावना

२०८२ चैत्र १२ गते, बिहीबार