नेकपा गुल्मीद्वारा ज्येष्ठ कम्युनिस्ट सदस्यलाई सम्मान

२०८० बैशाख ५ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले ज्येष्ठ कम्युनिस्ट सदस्यलाई सम्मान गरेको छ । नेकपाको ७५ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमवार सम्मान गरेको हो । सम्मानित हुनेमा मदानेस्थित ९१ बर्षीय ज्येष्ठ कम्युनिस्ट सदस्य एवं पार्टीका जिल्ला सल्लाहकार कर्णबहादुर केसी र सत्यवती गाउँपालिका अस्लेवाचौर निवासी ६५ बर्षीय पुरुषोत्तम अधिकारी रहेका छन् । गुल्मीको मदानेस्थित अधिकारी निवासमा आयोजित कार्यक्रममा बोल्दै नेकपा जिल्ला इन्चार्ज सुमन सीले पञ्चायत विरोधी आन्दोलन, महान जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिसम्म कम्युनिस्ट आन्दोलनलाई अगाडी बढाउन योगदान गर्ने नयाँ पुस्तालाई क्रान्तिमा जोड्न प्रेरित गर्ने र सम्पूर्ण जीवन पार्टी र क्रान्तिमा समर्पित गर्ने अग्रजहरु कम्युनिस्ट आन्दोलनको पुँजी भएको बताएका छन् । उनले कम्युनिस्ट आन्दोलनमा समर्पित अग्रजहरुको पार्टीले सम्मान र संरक्षण गर्ने बताए ।
कार्यक्रममा नेकपा गुल्मीका सचिवालय सदस्य भीषण सीले कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान गर्ने अग्रजहरुलाई पार्टीले सदैव सम्मान गर्ने बताए । सचिवालय सदस्य प्रकाश सी र अर्जुन सीले कम्युनिस्ट आन्दोलनमा जीवन विताएका अग्रजहरुलाई सम्मान गरेर पार्टीले नयाँ संस्कृतिको थालनी गरेको बताए ।
पार्टीको केन्द्रीय कार्यक्रम र जिल्ला पार्टीको निर्णय अनुसार केसी र अधिकारीलाई नेकपाले सम्मान गरेको हो । उहाँहरुलाई सम्मान पत्र, खादा, दोषल्ला र नगदले सम्मान गरिएको नेकपाले बताएको छ । सत्यवती गाउँपालिकामा आयोजित कार्यक्रमको अध्यक्षता गाउँपालिका सेक्रेटरी एवं युवा संगठन नेपाल जिल्ला सदस्य गम्मर सी र सञ्चालन युवा संगठन नेपाल जिल्ला सदस्य रुक सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज लक्ष्मी पूजा

२०८२ कार्तिक ४ गते, सोमबार

कबीर बाबा मन्दिरका पुजारीको हत्या

२०८२ कार्तिक ३ गते, आईतवार

आज काग तिहार

२०८२ कार्तिक ३ गते, आईतवार