बलात्कारीलाई कडा कारवाही गर

२०८० श्रावण ७ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट महिला संगठन अनेमसंघ क्रान्तिकारीले बलात्कारीलाई कडा कारवाही गर्न माग गरेको छ। सो संगठनले तुलसीपुरमा भएका बलात्कार घटनाका दोषीलाई कडा कारवाहीको माग गरेको हो । आइतबार अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी पश्चिम दाङकी इन्चार्ज रेखा सी र अध्यक्ष कमला सीले प्रेस बिज्ञप्ति जारी गर्दै जघन्य अपराधका दोषीलाई कडा कारवाहीको माग गरेका हुन् । संगठनकि इन्चार्ज र अध्यक्षको संयुक्त हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ – ‘साउन २ गते तुलसीपुर उपमहानगरपालिका -११ बाघखोली बस्ने ११ बर्षिय बालिका घरमा अभिभावक नभएको अवस्थामा बलात्कृत भएको घटना र साउन ४ गते तुलसीपुर-५ स्थित बसपार्कमा खाना खुवाउन लैजाने भन्दै ७३ बर्षिय वृद्धामाथी बसभित्रै सामुहिक बलात्कार भएको जघन्य अपराधप्रती हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’
यस्तै बिज्ञप्तिमा उक्त जघन्य अपराधमा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरिएको छ भने राज्यलाइ पटकपटक महिलामाथी भइरहेका निर्मम अपराधिक घटनाप्रती गम्भीर बन्न र महिलामाथी हुने बलात्कार , हिंसा , लैंगिक विभेद लगाएतका अनेकौं हिंसा विरुद्ध कडा भन्दा कडा कानुन बनाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न , महिलाहरुलाइ सबै क्षेत्रमा समान अधिकारसहित समान प्रतिनिधित्वको सुनिश्चितता गर्न तथा समाजमा महिलाहरुमाथी घटिरहेका अपराध न्यूनीकरणका लागि बिधालय स्तरबाटै छात्राहरुको लागि प्रतिरक्षा तालिमको व्यवस्था गर्न जोडदार माग गरिएको छ ।
यता पछिल्लो समय दाङ लगाएत देशैभरी बलात्कारजन्य जघन्य अपराधका घटनाहरु दिनानुदिन बढिरहेका छन् । समाजमा महिलामाथि हुने हिंसाका घटनाले सिमा नाघेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२०८३ सालमा हुने सार्वजनिक बिदाको सूची

२०८२ फाल्गुन १९ गते, मंगलवार

आज तराईका जिल्लामा होली पर्व मनाइँदै

२०८२ फाल्गुन १९ गते, मंगलवार

आज खण्डग्रास चन्द्रग्रहण

२०८२ फाल्गुन १९ गते, मंगलवार