काठमाडौँमा ‘कोट म्यारिज’, चीन लगेर नेपाली युवती बिक्री

२०८१ जेष्ठ ८ गते, मंगलवार


काठमाडौँ । एक नेपाली युवतीलाई चिनियाँ नागरिकसँग विवाहको प्रलोभन देखाएर चीन पुर्‍याइ बेचविखन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले मानव बेचविखनमा संलग्न भएको आरोपमा नुवकोटको किस्पाङ गाउँपालिका–१ घर भएकी ४३ वर्षीया मनमाया घलेलाई पक्राउ गरेको हो। ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई चिनियाँ नागरिकसँग विवाह गरेमा पाँच वर्षपछि ग्रीनकार्ड बनाउन मिल्छ भनी प्रलोभनमा पारेर मानव बेचविखन गरेको अनुसन्धानबाट खुलेको जानकरी दिए।
‘पक्राउ परेकी घलेले चिनियाँ नागरिकसँगको मिलेमतोमा पीडित महिलालाई जिल्ला अदालत काठमाडौँ लगेर ललाई फकाई ‘कोर्ट म्यारिज’ गरिदिएको अनुसन्धानमा खुल्न आएको छ,’ उनले भने। ती युवतीलाई विवाह गरी चीनमा पुर्‍याएपश्चात यौन शोषण गरी विभिन्न व्यक्तिसँग जवरजस्ती यौन सम्बन्ध राख्न बाध्य बनाएको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी महिलाले चिनियाँ नागरिकसँग पाँच लाख लिएर ती युवतीलाई बेचेको अनुसन्धानका क्रममा खुलेको मिश्रले जानकारी दिए। काठमाडौँको ठमेलबाट पक्राउ परेकी घलेलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। -रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गुडिरहेको यात्रुवाहक बसमा आगलागी !

२०८२ कार्तिक ६ गते, बुधबार

आज म्ह: पूजा

२०८२ कार्तिक ६ गते, बुधबार

विपिनको शवयात्रा सुरु

२०८२ कार्तिक ५ गते, मंगलवार

जुवा खेल्ने प्रहरीको फन्दामा

२०८२ कार्तिक ५ गते, मंगलवार