काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले सोमबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस मापन भएको र सबैभन्दा कम तापक्रम जुम्लामा माइनस २.९ डिग्री सेल्सियस मापन भएको जनाएको छ।
महाशाखाका अनुसार सोमबार देशका अधिकांश भूभागको मौसम मुख्यतया सफा छ । महाशाखाका अनुसार कोशी, मधेश, प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
