आज महाशिवरात्रि पर्व : पशुपतिनाथसहित देशैभरीका शिवालयमा दर्शनार्थी र साधुसन्तको घुइँचो

२०८२ फाल्गुन ३ गते, आईतवार


काठमाडौँ । आज महाशिवरात्रि पर्व , देशैभरीका शिवालयमा विधिपूर्वक पूजा-आराधना एवम् दर्शन गरी मनाइँदैछ । महाशिवरात्रिको अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थी र साधुसन्तको घुइँचो लागेको छ । यस वर्ष ८ लाख भन्दा बढी दर्शनार्थीले पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।
पशुपति क्षेत्र आसपासमा गाडीको आवागमनमा विशेष व्यवस्थापन गरिएको छ । कोषका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको हो । भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शङ्कास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको छ ।
पशुपति क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका तथा मन्दिर परिसर वरिपरि पैदलमार्गको व्यवस्था गरिनुका साथै आपत्कालीन अवस्थामा गाडीका लागि छुट्टै मार्ग निर्धारण गरिएको कोषले जनाएको हो । कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीले दर्शनार्थीको लागि चार वटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाइएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु