साफ यु–२० च्याम्पियनसिप: भारत र बंगलादेश भिड्दै

२०८१ भाद्र १० गते, सोमबार

काठमाडौँ । साफ यु–२० च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज भारत र बंगलादेश भिड्दै छन् । खेल दिउसो ३ बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ । आजको विजेता टोलीले फाइनलमा नेपालसँग खेल्नेछ । हिजो भएका पहिलो सेमिफाइनल खेलमा भुटानलाई टाइब्रेकरमा ४–१ ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा नेपालका लागि राम थापा, अविनाश स्याङ्तान, सिमान्त थापा र जियारथ श्रृखले गोल गरेका थिए । भुटानका लागि जेत्सुन दोर्जीले मात्रै गोल गरे ।
यसअघि खेलको ५६औँ मिनेटमा भुटानका जेत्सुनले सुरुवाती गोल गरेका थिए । तर ७८औँ मिनेटमा नेपालका निराजन धामीले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो । प्रतियोगिताको फाइनल खेल बुधबार दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु