एनपीएलमा बेटिङ खेलाएको आरोपमा ४ जना पक्राउ
२०८१ मंसिर १८ गते, मंगलवार
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । सीआईबीका एआईजी दीपक थापाका अनुसार सोमबार दुई जना र मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको छ । एआईजी थापाले भने – ‘हिजो पक्राउ परेका दुई जना भारतीय हुन् । आज पक्राउ परेका दुई जनालाई कार्यालयमा ल्याइँदैछ । उनीहरुको हकमा बुझ्न बाँकी । ‘
सीआईबीले एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ ।