थप ५७ हिमाल आरोहणका लागि खुला गर्न सिफारिस

२०८१ श्रावण ३२ गते, शुक्रबार

काठमाडौँ । पर्यटन विभागले थप ५७ हिमाल आरोहणका लागि खुलाउन सरकारलाई सिफारिस गरेको बताएको छ। विभागका निर्देशक राकेश गुरुङले पूर्व ताप्लेजुङदेखि पश्चिम हुम्लासम्मका विभिन्न ५७ हिमाल आरोहणका लागि खुला गर्ने विषयमा सरकारलाई सिफारिस गरेको जानकारी दिए। उनले मन्त्रिपरिषदले स्वीकृति दिएपछि नयाँ हिमाल आरोहणको बाटो खुल्ने बताए।
निर्देशक गुरुङका अनुसार आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा समावेश कार्यक्रम अनुसार नेपाल-भारत तथा नेपाल-चीनसँग सिमाना जोडिएकासहित ५७ वटा हिमाल आरोहणका लागि खुला गर्न लागिएको हो। उनले खुला गर्न लागिएका ५७ हिमालमध्ये ४६ वटा हिमाल चीनसँग, दुई हिमाल भारतसँग सिमाना जोडिएका र नौ वटा हिमाल सीमाभित्रका रहेको जानकारी दिए।
आरोहणका लागि खुला गर्न लागिएका हिमालहरू पाँच हजार ८०७ देखि छ हजार ८६८ मिटर उचाइसम्मका छन्। हाल सरकारले आरोहणका लागि ४०१ वटा हिमाल आरोहणका लागि खुला गरेको छ। तर पनि सबैमा आरोहण हुन सकेको छैन। हाल पर्यटन विभाग र पर्वतारोहण संघले हिमालका लागि आरोहण अनुमति दिँदै आएका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गढीमाई मेलामा दर्शनार्थीको घुइँचो

२०८१ मंसिर २४ गते, सोमबार

पुरैनी तालमा कलहाँसको बथान

२०८१ मंसिर २४ गते, सोमबार

गढीमाईको विशेष पूजा हुँदै

२०८१ मंसिर २३ गते, आईतवार