त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल घण्टामात्रै बन्द हुने

२०८१ मंसिर २८ गते, शुक्रबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पुस १७ देखि ८ घण्टामात्रै बन्द हुने भएको छ। उक्त विमानस्थलमा धावनमार्गसँग जोडिएका पूर्वाधार निर्माणका लागि कात्तिक २३ गतेदेखि राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुँदै आएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक प्रदीप अधिकारीले फेब्रुअरी १ (पुस १७) गतेदेखि विमानस्थलमा राति १० बजेदेखि सुरु हुने निर्माण कार्यलाई ११ बजे सारिएको र बिहान ८ बजेसम्म हुने निर्माण कार्यलाई एक घण्टा छोट्याएर ७ बजेमा झारिएको बताए। उनले भने- ‘अहिले भइरहेको पूर्वाधार विस्तारको प्रगति लक्ष्यभन्दा बढी देखिएकाले समय घटाइएको हो । ’
महानिर्देशक अधिकारीले बिहानको उडान समय ७ बजेमा ल्याइएकोमा पर्वतीय उडान लगायतका विदेशी उडान पनि हुने बताए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु