पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला

२०८१ माघ १२ गते, शनिबार

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्यटकीय सेवा बिस्तारसँगै पर्यटकहरुको सुरक्षा प्रमुख सरोकारको विषय भएको बताएका छन । ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल सुन्दर मात्र नभइ सुरक्षित रहेको महशुस पर्यटकहरुलाई दिलाउनसके मात्रै नेपालमा पर्यटकको संख्या बढ्ने बताए । उनले पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला भएको र पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्रै सम्भव नरहेको भन्दै यसमा सरोकारवाला सबै निकायहरुको समानजनक भुमिका अनिवार्य रहेको बताए ।
प्रहरी महानिरीक्षक कुँवरले पर्यटकीय दृष्टिकोणबाट नेपाल आकर्षणको केन्द्र रहेको उल्लेख गर्दै पर्यटकीय प्रहरीको क्षमता वृद्धि गर्न जरुरी रहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जनवरीमा ८० हजार पर्यटक भित्रिए

२०८१ माघ २१ गते, सोमबार

ओझेलमा भक्तपुरका चारधाम

२०८१ माघ १५ गते, मंगलवार

बाँकेमा बीस प्रजातिका चरा भेटिए

२०८१ माघ १० गते, बिहीबार