भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार


काठमाडौँ । नुवाकोटमा पनि प्रसिद्ध भैरवी रथजात्रा सुरु भएको छ । भैरवीको पूजारी धामी र धमिनीसहित शुक्रबारदेखि जात्रा सुरु भएका हो ।
नुवाकोटको गुह्येपाटी र भैरवी मन्दिर अगाडि विधिपूर्वक मध्यरातमा इन्द्रध्वज ठड्याइन्छ । १५ दिनसम्म मनाइने यो जात्रामा धामी, धमिनी, गणेश, कुमारलाई मुकुट र गहना लगाइ दिएर तलेजु भवानीमा लगी वज्रयानी गुरुजुले पूजा गरेपछि भैरवीको खट जात्रा र गणनृत्य पनि नचाउने गरिन्छ। मध्य रातमा देवीघाटमा जीवित देवताका रूपमा मानिँदै आएका धामीलाई राँगा, बोका र माछाको बलि दिइने गरिन्छ ।
देवीघाटको जालपादेवीको मन्दिरबाट फर्किएका धामी र भैरवीको रथ नुवाकोटको भैरवी मन्दिरमा आएपछि सिन्दुर हालेर सिन्दुर जात्रा गरिन्छ । नुवाकोटमा भैरवी र जालपादेवीलाई दिदी बहिनीका रूपमा लिने गरेको पाइन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्नपूर्ण म्याराथन जेठ २० गते

२०८३ जेष्ठ ७ गते, बिहीबार

पर्यटक आगमनमा ७.३ प्रतिशतले गिरावट

२०८३ बैशाख २१ गते, सोमबार

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

२०८३ बैशाख २१ गते, सोमबार