सिरियामा गृहयुद्ध अन्त्यका लागि प्रस्ताव सिरियामा गृहयुद्ध अन्त्यका लागि प्रस्ताव
दमास्कसः सिरियामा जारी गृहयुद्ध अन्त्यका लागि रुस र अरब लिगले सरकार र विपक्षीबीच प्रत्यक्ष वार्ता गर्न प्रस्ताव अघि सारेका छन् । संक्रमणकालीन सरकार बनाएर गृहयुद्ध अन्त्यका लागि आफूहरूले सरकार र विपक्षीबीच प्रत्यक्ष वार्ता चाहेको रुसका विदेशमन्त्री र्सगेइ लेभरोभले बताए । सिरियालाई हिंसाबाट मुक्त गराउँदै क्षति कम गर्नपनि दुवै पक्ष वार्ताको टेवुलमा बसेर समाधानका उपाय खोज्नु पर्ने उनीहरूको भनाइ छ । रुसका विदेशमन्त्री लेभरोभले संर्घष्ाले समाधान भन्दा झन समस्या थप्ने भन्दै वार्ता मार्फ् नै समस्या सुल्झाउनु पर्नेमा जोड दिएका छन् । द्वन्द अन्त्यका लागि वार्ता हुने भनिए पनि दर्ुइ पक्षबीचको दुरी बढिरहेका कारण सहमति बन्न सकेको छैन । रुसका विदेश मन्त्रीसहित अरब लिगका विदेश मन्त्रीहरूको इजिप्टमा भएको दर्ुइदिने बैठकले सिरियाका विपक्षी गठबन्धनलाई वार्तामा बसाल्ने विषयमा छलफल भएपछि यस्तो आग्रह गरिएको अन्तर्रर्ााट्रय सञ्चार माध्यमले जनाएका छन् ।
अरब लिगका महासचिव नविल इलारेबीले सहमतिको वातावरण बनिनसकेको तर संक्रमणकालिन सरकार गठन गरेर नजाने हो भने हिंसा अझै बढन सक्ने बताएका छन् । लामो समयदेखिको गृहयुद्धले गर्दा सिरिया दर्ुघटनातर्फउन्मूख रहेको भन्दै अन्तर्रर्ााट्रय समुदायले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रपति बसर अल असादको राजीनामा माग गर्दै सन् २०११ को मार्चमहिनादेखि चलेको युद्धका कारण ७० हजार जना मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । पश्चिमा देशले उक्साएको भरमा विपक्षीले आन्दोलन चर्काएको भन्दै राष्ट्रपति असदले विपक्षीसित आफू नझुक्ने बताउँदै आएका छन् । विपक्षी गठबन्धन पनि जुनसुकै तरिकाबाट भए पनि राष्ट्रपतिलाई पदच्युत गराएरै छाड्ने मनस्थितीमा रहेका कारण उनीहरू पनि तत्काल वार्तामा बस्ने सम्भावना कम रहेको बताइएको छ ।
दुवै पक्षले युद्व जित्न चाहेको र केही कुरा गुमाएर सहमतिमा आउने चाहना नराखेकोले साँच्चैको वार्ता र सहमति हुन नसक्ने विशेषज्ञहरूको भनाइ छ । – एजेन्सी