लण्डनको मेयरमा मुस्लिम चुनिए

२०७३ बैशाख २५ गते, शनिबार

काठमाडौं,२५ बैशाख । बेलायती इतिहासमा पहिलोपटक मुसलमान मेयरमा चुनिएका छन् । प्रमुख प्रतिपक्षी लेबर पार्टीका नेता सदिक खान लण्डनको मेयर पदमा निर्वाचित भएका हुन् । कन्जरभेटिभ पार्टीका मेयर पदका प्रत्यासी ज्याक गोल्डस्मिथलाई हराउँदै खान विजयी बनेको समाचार संस्थाहरुले जनाएका छन् । यो जीतले लेबर पार्टीका नेता जेरेमी कार्बियनलाई आगामी निर्वाचनहरुमा सघाउने देखिएको छ । पछिल्लो समय देशभर भएका अरु निर्वाचनमा लेबरले निराशाजनक नतिजा ल्याएको थियो ।
विपक्षी कन्जरभेटिभ उम्मेदवारले भने खानको सम्बन्ध इस्लामीक उग्रवादीसँग रहेको आरोप लगाएका थिए । खानको विजयले अरु अल्पसंख्यकहरुलाई पनि उच्च ओहदामा पुग्न प्रेरणा दिने विश्वास राजनीतिक विश्लेषकहरुले गरेका छन् । लण्डनमा धान्न सक्ने मूल्यका आवास उपलब्ध गराउने र महंगी घटाउने जस्ता खानको चुनावी वाचा कार्यान्वयन गर्न भने निकै कठीन हुने विश्लेषण गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]