अखिल (क्रान्तिकारी) भक्तपुरको अध्यक्षमा यशाेदा सी
 
                
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) भक्तपुरको १८ औँ जिल्ला सम्मेलनले यशाेदा सी को अध्यक्षतामा ३९ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा महेन्द्र सी,सचिवमा प्रकाश सी, सह सचिवमा बिनिता सी र कोषाध्यक्षमा सुदिप सीलगायत रहेआ छन।
उक्त सम्मेलनमा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले सम्मेलनबाट निर्वाचित हुने नेतृत्व शैक्षिक दलाल तथा भ्रष्टहरु विरुद्ध मसाल झोस्न तयार हुनुपर्ने बताए । विद्यार्थीहरुको भविष्यमाथि दलाल भ्रष्टहरुले गम्भीर खेलवाड गरिरहेकोले त्यसका विरुद्ध निर्मम हुनुपर्ने भन्दै राष्ट्र निर्माणमा युवा विद्यार्थीले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने समय आएको बताए । फागुन ६ गतेदेखि ९ गतेसम्म संगठनको राष्ट्रिय सम्मेलन हुने भएकोले उक्त सम्मेलनमा नेपालको शैक्षिक अवस्था र अबको शिक्षा प्रणाली, युवा विद्यार्थीको भविष्य, दायित्वबारे बृहत् छलफल गरिने हुँदा सबै युवा विद्यार्थीहरु सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन अपिल गरे ।
यस्तै कार्यक्रमका विशिस्ट अतिथि नेकपाका केन्द्रीय सदस्य सुमन सीले दलाल पुजीवादी संसदीय व्यवस्था अहिले मुख्य बाधक रहेकाले यसलाई भट्काएर वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए ।
संगठनका महासचिव ललित सीले पनि निर्वाचित समितिलाई बधाई दिदै राष्ट्र र जनताको पक्षमा सदैव आन्दाेलित हुन आग्रह गरे ।
संगठनका बागमती कमाण्ड इन्चार्ज मदन सीले अहिलेको शिक्षा सहि नभएकाले वैज्ञानिक समाजवादी शिक्षा ल्याउन सबै लाग्नुपर्ने बताए । देश सबै हिसाबले खराब भएकाले सहि नेतृत्वको आवश्यक रहेको भन्दै वैज्ञानिक समाजवादबाट मात्र सबै संकटको हल हुने बताए ।
संगठनका केन्द्रिय सदस्य निगम सीको अध्यक्षता, संगठनका अध्यक्ष प्रकाश सीको प्रमुख आतिथ्यता नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सुमन सी र नेकपा केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज विजय सीको विशिष्ट आतिथ्यता, अखिल (क्रान्तिकारी) महासचिव ललित सी, बागमती कमान्ड इन्चार्ज मदन सी, संगठनका सचिवालय सदस्य डिवि सी, केन्द्रीय सदस्यहरु प्रकाश सी, सी, प्रजित सी, बाल्केश सी, चिरायु सीको आतिथ्यतामा सम्पन्न भएको थियो ।

 
                 
                             
                             
                         
                         
                        