भारतीय विदेश सचिव नेपाल आउँदै
 
                
काठमाडौँ । परराष्ट्र मन्त्रालयले भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री भोली नेपाल भ्रमणमा आउने बताएको छ । मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा मिस्रीले नेपालको दुईदिने औपचारिक भ्रमण गर्न लागेका हुन्। दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई अगाडि बढाउने तथा सम्बन्ध थप सुदृढीकरण गर्नेलगायत विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

 
                 
                             
                             
                         
                         
                        