‘दलाल पुँजीवादी शासन व्यवस्था रहेसम्म देश र जनताको दुर्दशा भइ रहन्छ’

२०८१ कार्तिक २४ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले दलाल पुँजीवादी शासन व्यवस्था रहेसम्म देश र जनताको दुर्दशा भइ रहने ठोकुवा गरेका छन् । शुक्रबार राती प्राइम टेलिभिजनको जनता जान्न चाहन्छन कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले पछिल्लो दिनमा नेपालको राजनीतिमा जुन प्रपन्च गरिदैछ त्यो बिगतको जनताको त्याग , तपस्या , बलिदान र आन्दोलनको मुद्दा र जनताको परिवर्तनको चाहनाबिरुद्द भएको भन्दै नेकपाले संघर्ष गर्दै आएको र त्यसको पुष्टि हाल आएर भएको ठोकुवा गरे । उनले जवसम्म देशमा दलाल पुँजीवादी शासन व्यवस्था रहन्छ तबसम्म देश र जनताको दुर्दशा भइ रहने बताए। उनले दलाल पुँजीवादी शासन व्यवस्थाकै कारण महंगी बढिरहेको , भ्रष्टाचार र कमिशनको बेलगाम खेल चलिरहेको बताउदै दलाल पुँजीवादी शासन व्यवस्थाकै कारण राष्ट्रलाई सत्ता र कुर्सीका निम्ति दाउमा लगाउने खेल र विदेशीका सामु आत्मसमर्पण गर्ने होडबाजी चलिरहेको ठोकुवा गरे।


यसैगरी, प्रवक्ता प्रकाण्ड सीले जबसम्म जनताले आफ्नो शासन र देशको स्वाधिनता प्राप्त गर्न सक्दैनन् तबसम्म संघर्ष गरिरहनु पर्ने बताउदै यसका निम्ति नेपालका सबै क्रान्तिकारी , प्रगतिशील , सच्चालोकतन्त्रवादी र देशभक्त राजनीतिक दल र नेताको संयुक्त पहलमा आन्दोलन गर्नुको बिकल्प नरहेको बताए ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले नेकपा सहकारी पीडितका पक्षमा भएको बताउदै जुनसुकै हालतमा सहकारी पिडितलाई न्याय दिएर छोड्ने ठोकुवा समेत गरे। उनले भ्रष्टाचारी , कमिशनखोर , कालोबजारी लगायतलाई जनकारबाही गरेरै छाड्ने दृढता समेत व्यक्त गरे।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र असफल भएको ठोकुवा गर्दै नेपाली विशेषताको समाजवाद स्थापना गरेरै छाड्ने ठोकुवा समेत गरे। उनले नेपाली विशेषताको समाजवाद स्थापनाका लागि समाजवादी मोर्चालाई गति दिने बताउदै समाजवादी मोर्चामा देशका सबै कम्युनिष्ट पार्टीलाई गोलबद्ध गर्ने समेत बताए।

प्रतिक्रियाहरु

[anycomment]