सडक दुर्घटनाका पीडित परिवारहरुलाई उचित क्षतिपूर्ति र घाइतेको शिघ्र उपचार गर

२०८१ कार्तिक २७ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश समितिका इन्चार्ज सुशिल सीले सडक दुर्घटनाका पीडित परिवारहरुलाई उचित क्षतिपूर्ति उपलव्ध गराउन र घाइतेको शिघ्र उपचारको व्यवस्थापनका निम्ति राज्यका सम्बन्धित निकायहरुलाई विशेष अपिल गरेका छन् । नेता सुशिल सीले सोमबार एक बिज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन्। उनले जाजरकोट,कालिकोट र सुर्खेत जिल्लामा हालै सडक दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति पार्टी निकै दुखी तथा मर्माहित भएको उल्लेख गर्दै तीन जिल्लामा भएको छुट्टा– छुट्टै सडक दुर्घटनाले निम्त्याएको मानवीय क्षतिप्रति पार्टी निकै दुखी तथा मर्माहित भएको जनाएका हुन् ।
उक्त बिज्ञप्तिमा कार्तिक २६ गते जाजरकोट जिल्ला भेरी नगरपालिकाबाट नेपालगन्ज जाँदै गर्दा कुदुमा फोर्स गाडी दुर्घटनामा १७ जना गम्भीर घाइते, कार्तिक २५ गते कालिकोट जिल्ला पलाता गाउँपालिका खिनबाट थिर्पु आउदै गरेको डबल क्याप गाडी दुर्घटना भएर ७ जनाको घटना स्थलमा मृत्यु र १२ जना गम्भीर घाइते र कार्तिक २३ गते सुर्खेत वीरेन्द्र नगरपालिका वडा १४ राता नाग्लामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको घटना स्थलमा मृत्यु र ३० जना घाइते भएको घटनाप्रति पार्टी निकै दुखी तथा मर्माहित भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेकपाले कालिकोटको दुर्घटनामा पार्टीका जिल्ला समिति सचिवालय सदस्य पदम बम (प्रशान्त सी) को मृत्यु भएकोमा पनि दु:ख व्यक्त गरेको छ ।
बिज्ञप्तिमार्फत पार्टीका जिल्ला सदस्य प्रशान्त सी लगायत दुर्घटनामा मृत्यु हुने सबै नागरिकप्रति नेकपाले हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
नेकपाले आफ्ना अभिभावक एवं सन्तान घुमाउदाको सर्वाधिक पीडाको क्षणमा रहनु भएका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै दुर्घटनाका घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]